काठमाडौं/ केपी ओली नेतृत्वको
सरकार ढाल्नु अघि कांग्रेस र माओवादीबीच भएको सात बुादे सहमति यथावत नै रहे अबको ११ दिनपछि नेकपा माओवादी केन्ऽका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको ३९ औ प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
आइतवार प्रधानमन्त्री ओलीले संसदमा राजिनामाको घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा दिएपछि नयाा सरकार गठनको ढोका खुलेको हो । राष्ट्रपतिले सोमवार नै संसदमा रहेका दलहरुलाई राष्ट्रिय सहमति निर्माण गरेर सरकार गठन गर्न आह्वान गरेपछि नयाा सरकार गठनको दौडधुप चलेको छ ।
कांग्रेस र माओवादीबीच भएको सात बुादे सहमति अनुसार आगामी नौ महिना सरकारको नेतृत्व प्रचण्डले गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
दुवै दलले सहभागी हुने मन्त्रीहरुको छनोटको प्रक्रिया पनि अगाडि बढाएका छन् । सरकारमा कांग्रेस माओवादी, संघीय समाजवादी फोरम, राप्रपा लगायका दलहरु सहभागी हुने गरी प्रचण्ड र देउवाले छलफल अगाडि बढाएका छन् ।
