देशका राजनीतिक भडुवाहरु

मुलुक यतिबेला राजनैतिक भडुवाहरुको दुष्चक्रमा परेको छ । विगत दश बर्षयता देशले हरेक क्षेत्रमा राजनीतिक भडुवाहरुकै कारण आफ्नो साख गुमाउदै गएको छ ।
अब राजनीतिक दलका भडुवाहरुले यो मुलुक सञ्चालन गर्न सक्दैनन् भन्ने प्रमाणित भएको छ । राजनीतिक दलहरु मुलुकमा सुव्यवस्था कयम गर्न भन्दा पनि वेथिति बढाउनमा मग्न छन् । प्रा.डा. गोविन्द केसीको पछिल्लो आठौ आमरण अनसन राजनैतिक भडुवाहरुले सिर्जना गरेको वेथिति विरुद्धको संघर्ष हो ।
जनताको नजरमा विभिन्न जाल झेल गरेर भ्रम सिर्जना गरी शान्तिको दुरुपयोग गरेर व्यापार गर्न तल्लिन राजनीतिक दलहरुबाट न मुलुकले समृद्धि हाासिल गर्छ न आम नेपालीले सन्तोष गर्न सक्छन् । विद्यमान हरेक क्षेत्रका वेतिथिहरुलाई हाटाउने काम सकारको हो । तर वेथितिका विरुद्धमा आवाज उठाउनेहरुलाई सरकार, राजनैतिक दलहरु उल्टै गुण्डा लगाएर आवाज दबाउने कार्य गर्छ ।
प्राध्यापक ड. गोविन्द केसीको हकमा सरकारले यही रवैया अपनाएको छ । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै केसी अहिलेसम्म आठपठक आमरण अनसन बसिसकेका छन् र त्यो अभियान उनको निरन्तर जारी रहेको छ । विगतमा पटक पटक अनसनमा सरकारले उनका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएको थियो । केदरभक्त माथेमाको संयोजकत्वमा एक कार्यदल नै बनायो । माथेमाले दिएको प्रतिवेदनलाई लागू गर्न सरकार उदासिन देखियो । बारम्बार प्रा.डा. केसीले माथेमा प्रतिवेदनलाई लागू गर्न सरकार आए तर एमालेका अध्यक्ष ओलीको नेतृत्वमा रहेको निकम्बा, नालायक सरकारले उक्त प्रतिवेदन लागू गर्ने प्रतिबद्धता नै देखाएन ।
प्रा.डा. गोविन्द केसीले तीन करोड नेपालीको हितमा आमरण अनसन गर्दै आइरहेका छन् । तर सरकार मेडिकल माफियाहरुको प्रभावमा ती माग पूरा गर्ने तत्परता नै देखाउदैन । केसीले उठाएका माग सरकारले आफै स्वस्फूूर्त ढंगले पूरा गर्दै जानुपर्ने हो । आज गोविन्द केसीको जीवन नै संकटमा परिसकेको छ । पूर्वाधार विनाका नयाा मेडिकल कलेजलाई सम्बन्धन दिनु नहुने केसीको मागले मनमोहन अधिकारीको नाममा व्यापार गर्न लागेको एमाले नराम्रोसाग झस्किएको छ । एमालेका भडुवा नेताहरु कतिसम्म हाास्यास्पद तर्क दिन्छन् भने बीपीको नाममा मेडिकल कलेज खोल्न पाइन्छ भने मनमोहनका नाममा किन खोल्न पाइदैन भनेर आम सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेका छन् । बीपीको नाममा धरान, नारायणघाट लगायतका ठाउामा खोलिएका कलेज तथा अस्पतालले नाफा कमाउने उद्देश्यले खोलिएका होइनन् । कुनै पनि काागेसले त्यसरी खोलिएका हस्पिटलमा शेयर हालेका छैनन् । ती सामुदायिक अस्पताल र मेडिकल कलेज हुन् । तर मनमोहन अधिकारीको नाम बेचेर एमालेले व्यापार गर्न लागेको छ । मनमोहनका नाममा खोलिने भनिएको मेडिकल कलेज सामुदायिक होइन । उक्त हस्पिटल खोल्न एमलोका मन्त्री, सांसद, धनाढ्य, एमालेका कार्यकर्ता, एमालेका केन्द्रीय सदस्यहरुको लगानी छ । नेताको नाममा व्यापार गर्ने मनसायका साथ एमालेले मनमोहन कलेज खोल्न लागेको हो । त्यस्तो कलेजलाई सञ्चालन अनुमति दिनै हुादैन । सामुदायिक मेडिकल कलेज भइदिएको भए मनमोहन मेडिकल कलेजको डा. गाविन्द केसीसागै जनस्तरबाट यति ठूलो विरोध हुने थिएन ।

तपाईको प्रतिक्रिया