नेपाल भारतका सञ्चारकर्मी वीरपुरमा

भारतीय सीमा सुरक्षा बल एसएसवीले वीरपुरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रको सुरक्षा व्यवस्था सम्वेदनशील र चुनौतिपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
नेपाल–भारतका सञ्चारकर्मी र एसएसवीबीच मेडिया मेनेजमेन्ट प्रोगाममा कार्यक्रमकी प्रमुख अतिथि एवम् सुपौल जिल्ला लोकसेवाकी सांसद रन्जिता
रन्जितले सीमा क्षेत्र दुवै देशका
अपराधीहरुको अखडा बनेको भन्दै चिन्ता व्यक्त गरिन् ।
सांसद रन्जितले भनिन् बलात्कार, चोरी, डकैती, हत्या, लुटपाटमा संलग्न अपराधीहरु चाहे ती नेपालका हुन् चाहे, भारतका हुन् उनीहरुको आश्रय स्थल सीमा क्षेत्र नै हुने गरेको छ । गत बर्षमात्र पूर्णिया जिल्लामा भएका १५ वटा बलात्कार र २५ वटा अन्य आपराधिक घटना भएका थिए । पूर्णिया जिलमा भएका संवेदनशील घटनाका सम्बन्धमा भारतीय गृहमन्त्रीलाई समेत जानकारी गराइसकेको भन्दै उनले मानवता विरोधी त्यस्ता गतिविधिमा दुवै देशका सञ्चारकर्मीहरुले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने रन्जितले प्रष्ट पारिन् । उनको कथन थियो जम्बु कस्मिर पाकिस्तानको सीमा सुरक्षा नेपाल–भारत सीमा क्षेत्रको तुलनामा सहज छ । तर नेपाल भारत बीच खुला सीमाना, भेषभुषा, सास्कृति आदिको समानताले अपराधी र सर्वसाधारण छुट्याउन समस्या पर्ने गरेको छ । सांसद रन्जितले भनिन् नेपाल भारतको सीमा क्षेत्रमा अपहरण, चेलीबेटी बेचविखन, तस्करी लगायतका गम्भीर प्रकृतिका अपराध हुने गरेका छन् । यस्ता अपराधिक समाचारलाई सञ्चारकर्मीले प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्छ र म दुवै देशका सञ्चारकर्मीहरुलाई अनुरोध पनि गर्छु ।
वीरपुरस्थित एसएवीको १८ नं बाहिनीका बाहिनीपति डिएन बम्बोईले भने अपराधको जालो चिर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुन्छ । उनले थपे नेपाल भारत बीचको सम्बन्ध गाढा छ । रोटी वेटीको सम्बन्ध छ दुवै देश बीचमा । यस्तो सम्बन्ध भएको दुई देशबीचको सीमा संवेदनशीलता र चुनौतिपूर्ण छ । आफूहरुले सीमा क्षेत्रमा खटिएका नेपालका सशस्त्र प्रहरीहरुसाग समन्वय गरेर सीमा सुरक्षा, बोर्ड क्राइम, तस्करी रोक्ने गरेको प्रष्ट पारे । उनले भने काम गर्दा यदाकदा सामान्य गल्तिहरु हुन्छ, त्यसलाई सच्चाएर आफूहरु अगाडि बढ्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा सुनसरी, मोरङ्ग, सप्तरी र वीरपुरका सञ्चारकर्मीहरुसागै राजनैतिक दलका नेताहरु समेत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया