दलाल र घुस्याहरुले पीडा बोध गर्न सक्दैनन्

साउन १७ गते सिन्धुपाल्चोकको माङ्गखा जुरेबाट शुरु भएको प्राकृतिक विपत्तिले सयौको विभत्स प्राणा लियो, अरोबौको सम्पत्ति स्वाहका भयो, हजारौ विस्थापित भए भने हजारौ घाइते भएका छन् ।
प्राकृतिक प्रकोपको यस्तो कहालीलाग्दो अवस्थामा मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उचित ढंगले औषधोपचार, विस्थापितलाई पुनर्वासको व्यवस्था तत्काल गर्नुपर्ने हो । तर आफन्त गुमाएकाहरु, घाइतेहरु र विस्थापित भएकाहरु यहााका राजनैतिक पार्टीका नेता, सरकारका घुस्याहा मन्त्रीहरुलाई
सरापेर दिन बिताइरहेका छन् ।
हुन त दलका दलाल नेता र घुस्याहा सरकारले अरुमाथिको पीडाबोध गर्नै सक्दैनन् । हिजो पनि गरेका थिएनन् र आज गर्ने घृष्टता पनि देखाएका छैनन् । विपदको घडीमा राज्यले आफ्ना नागरिकको सुरक्षाका लागि हदैसम्मको तत्परता देखाउनुपर्ने हो । डिम्बना † पीडितहरुले विपदको यस्तो कहालीलाग्दो अवस्थामा पनि मुलुकमा सरकार भएको अनुभूति गर्न सकेका छै्रनन् । दलका घुस्याहा नेतालाई सामान्य रुघा खोकी लाग्दा करोडौ रुपैयाा राज्यकोषबाट दिएर विदेशमा औषधोपचार गर्न पठाउाछ तर घाइते, मृतकका परिवार र विस्थापित भएकाहरुलाई एउटा सिटामोल किनेर खाने पैसा समेत राज्यकोषबाट उपलब्ध
गराउदैन ।
देशमा यस्ता नालयक, निकम्बा र आपराधिक मानसिकता बोकेका दल र नागरिकप्रति राज्यको दायित्व के हो भन्ने सामान्य ज्ञान तथा जानकारी समेत नहुने सरकार हुनु भन्दा नभएकै वेश । आज पहिरो र बाढी पीडितका लागि जनस्तर, विभिन्न सामाजिक संघ संस्था र विदेशी दातृ निकाय, विदेशमा बस्ने नेपालीहरुकबाट अरबौ राहत संकलन भएको छ । प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषमा एकैदिन २० हरोड सम्म जम्मा भएको छ । तर सरकार पीडितहरुलाई ५ हजारदेखि ४० हजारसम्म दिएर झारा टारिरहेको छ । संकलन भएको नगद बाहेक राहत पीडितसम्म पुर्‍याउन आनाकानी गरिरहेको छ । दलका दलाल नेता र
सरकारको सोच नै गलत छ । राहतको रकम र संकलन भएको जिन्सी सामानमा समेत यतिबेला दलका दलाल र सरकारका तर्फबाट अनियमिपत्ता भइरहेको छ । नत्र किन संकलित रकम र सामान समयमै पीडित सम्म पुग्न सक्दैनन् । वदेशिक
रोजगारका गएका नेपाली छोरी चेलीले आफ्नो अस्मिता बेचेर पठाएको पैसा रस्वावादन गर्ने, कफनमा लाश आएका नेपाली युवाहरुको कमाइबाट राजधानीबाट घर ठड्याउने, महागा सवारी साधन प्रयोग गर्ने, सरकारका घुस्याहा र दलका दलालहरुबाट हालका बाढी पहिरो पीडितले ठूलो आश गर्नु बेकार छ । पीडितहरुको निरीक्षणा भन्दै हेलिकोप्टर चढेर घटना स्थल पुग्ने, थुनिएको सुनकोशी तालमा बोटिङ्गको रोमान्स गर्छन । राज्यकोषबाट
अरबौ लुटेका यिनले चढेको हेलिकोप्टर भाडाबाट कैयौको पुनस्र्थापना हुन्छ । यस्तो विवेक यिनमा भइदिए किन नेपाल जनताले दल र सरकारप्रति अविश्वास गर्नुपथ्र्यो ?

तपाईको प्रतिक्रिया