भारतीय मञ्चमा नेपाली ‘मालिनी’

काठमाडौं/ भारतको हरियाणा राज्यस्थित जिन्द जिल्लामा आयोजित इन्डो–नेपाल इन्टरनेसनल थिएटर फेस्टिभलमा नेपाली नाटक ’मालिनी’ मञ्चन भएको छ । फेस्टिभलको उद्घाटन नै यही नाटकको मञ्चनबाट गरिएको हो ।
भारतकै नोबेल पुरस्कार विजेता साहित्यकार रवीन्ऽनाथ टैगोरको बहुचर्चित नाटक ’मालिनी’लाई नेपालको थियटर भिलेजले नेपालीमा मञ्चन गरेको हो । फेस्टिभलमा
करिब एक हजार दर्शक उपस्थित थिए । नाटक हेरेपछि हरियाणा पब्लिक सर्भिस कमिसनकी सदस्य वन्दना शर्माले खुलेर तारिफ गरेकी थिइन् ।
वन्दनाले भनिन्, ’नेपाल र
भारतको सम्बन्ध भौगौलिक सिमानाले मात्र सुमधुर भएको होइन, हामी सामाजिक र साास्कृतिक रुपमा पनि निकै नजिक छौं । यस्ता दुईदेशीय सांस्कृतिक आदान–प्रदानले हामीबीच सद्भाव बढाउाछ ।’
उनी विदेशमन्त्री सुष्मा
स्वराजकी बहिनी हुन् । ‘मालिनी’लाई विमलले प्रयोगात्मक तथा समसामयिक उत्तरआधुनिक शैलीमा देखाउने प्रयास गरेका थिए । आयोजक पवनकुमारले यस्तै फरक र बौद्धिक नाटक आवश्यक रहेको र यसले हरियाणामा नाटकप्रति नयाा सोच विकास गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपालमा यो नाटक करिब ६ महिनाअघि थिएटर भिलेजमा मञ्चन गर्दा पनि उत्तिकै प्रशंसा पाएको थियो । रोजिता बुद्धाचार्यले मालिनीको भूमिका निर्वाह गरेकी छन्। हरियाणाको मञ्चनपछि उनी आकर्षणको केन्ऽमा परेकी हुन् । नाटकमा सुजन वली, दिलीप रानाभाट, संगीत सापकोटा र श्रवणकुमारको समेत अभिनय रहेको छ ।
’मालिनी’ भारतका गोवा र
राजस्थानमा पनि मञ्चन हुादैछ । गोवामा साउन ११ र राजस्थानमा साउन १५ मा मञ्चन हुने निर्देशक विमलले जानकारी दिए । राजस्थानको ख्यातिप्राप्त नाटककेन्ऽ जवाहर कला केन्ऽमा दुई शो हुनेछ । भारतमा ‘मालिनी’ देखाउनुको कारणबारे विमल यसो भन्छन, ’भारतीय नाटकलाई भिन्न शैलीमा देखाउादा कस्तो प्रतिक्रिया आउाछ भन्ने पनि उत्सुकता त छादैछ । त्योभन्दा बढी यसको कन्टेन्ट वर्तमानमा समाजमा विद्यमान सामाजिक,
राजनीतिक तथा धार्मिक द्वन्द्व र यसले निम्ताएको भयावह स्थितलाई नाटकले प्रहार गर्छ । त्यसैले पनि यस किसिमको नाटक नेपाल वा भारतमा मात्र होइन, पूरा विश्वमै आवश्यकता छ ।’
यो नाटक तीन वर्षअगाडि पाकिस्तानको करााचीमा सम्पन्न
इन्टरनेसनल थिएटर फेस्टिभलमा पनि मञ्चन भएको थियो । मालिनी एक
राजकुमारीको कथा हो, जो दरबारको भौतिक सुविधा त्यागेर सामाजिक तथा मानवीय सेवामा लाग्छिन् । यसको लागि उनले बौद्धमार्ग पछ्याउाछिन् । मालिनीलाई करुणाको प्रतीक मानिन्छ ।
विमलको समूह शो सकेर साउन १९ मा नेपाल फर्कनेछ ।

तपाईको प्रतिक्रिया