सूचनेको चित्त दुखाई
जस्को चित्त हुादैन उसैले चित्त दुखाएको देख्दा घण्टाघरलाई मात्र हैन सबैलाई आश्चर्य लाग्छ होला ? अब हेरौ न अस्तिका दिन सुचने माने सुभाषचन्द्र नेम्बाङ्गले पित्त फुट्ला जस्तो गरेर चित्त दुखाएछन् । कुरो के जाति परेछ भने पहिलेको जंगली अहिलेका शहरीया प्रचण्डाउले संसदमा प्रधानमन्तरीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएसी सुचनेलाई भाउन्न भएर आएछ । संविधानसभाबाट उत्कृष्ट संविधान बनायौ भनेर ठूल्ठूलो
स्वरमा खोक्दै आएका सुचनेले भन्या अविश्वास प्रस्ताव दर्ता गरेपछि कसरी मिलेर जान सकिन्छ ? सकिदै
सकिदैन । अर्को सरकार बन्ने प्रावधान नै संविधानमा छैन रे । त्यस्तो पनि कही हुन्छ ? उत्कृष्ट भन्या त सडिया संविधान पो बनाका रै’छन् । हुन त सुचनेले चित्त दुखाउनु एक हिसबाले मनासिवै हो । तिनै ओली बा’बाले जीवनभरि राज्यको ढुकुटीबाट खाने पिउने व्यवस्था गर्दिएका छन् । कमसेकम ओली खुस्किन लागेकोमा गोहीको आाशु त झार्नै पर्यो । कि कसो हौं ?
प्रस्ताव अस्वीकृत
नेप्लिज काग्रेसक पिलन्धरे नेता
रामचन्द्रे बाजेले तीन दलको वैठकमा एउटा प्रस्ताव तेस्र्याएका छन् । हुन त जस्को जति खोपडी हुन्छ, त्यसले त्यति नै काम गर्ने त हो । अब हेरौ न खप्रओ माने पर्धानमन्तरी खप्रओले पद छाडनै नमानेसी बाजेले अविश्वासको प्रस्ताव फिर्ता लिने, ओलीबाले राजीनामा दिने, आर्थिक विद्येयक प्रस्तुत गर्ने जस्ता चारवटा बुादा तेस्र्याएछन् । बाजेको प्रस्ताव देखेर शेरबहादुर काजी फिस्स्स हाासेछन्, प्रचण्डाउले जुागामा ताउ लगाएछन्, झालेमालेका नेताहरुचाहिा गदगद भएछन्, ‘त्यत्रो महाभारत चलिरा बेला कैरवहरुलाई नै सहयोग पुग्ने प्रस्ताव ल्याएपछि त्यस्तो प्रस्ताव फुइय्याा पास हुन्थ्यो ? किन रामचन्द्रे बाजे पटक पटक गुल्टन्छन् त यसपालि प्रष्टै थाहा भयो ।
हावा बन्द भयो
जस्को झालेमालेका अध्येक्षे खप्रओ वा हावा खुस्किएको टायर जस्तै भा’छन् । हिजो आज उन्ले हावादारी गफ दिन छाडेका छन् । माउवादीले साथ छाडेर अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीको हावादारी गफ नै बन्द भएको छ । नत्र दिनैपिच्छे एउटा एउटा हावा फैल्याई हाल्थे , मान्छेका घरम चुलो नबलेर वित्याास परेका बेला पाइपबाट घरघरमा ग्याास पुर्याई दिन्छु, पानीको काम छैन हावाबाटै विजुली निकालिदिन्छु, काठमाण्डौ र पोखराका मानिसलाई खुट्टा उचालेर बस्नुहोस मेट्रो ट्रेन आइपुग्ने बेला भयो, पूर्व पश्चिम रेल दौडाइ दिन्छु जस्ता हावादारी गफ सुन्दा सुन्दा कानले साह्रै हैरानी पाको थ्यो । अब भने हाइसञ्चो हुने भयो । कमसेकम केही नभएपनि हावादारी गफ त सुन्नु नपर्ने भयो । नेप्लिज जनताले ।
कति हो उमेर हद
नेप्लीज लााग्रेसको भाते संगठन नेविसंघको अर्को कुनै अवरोध खडा नभए अधिवेशन होला होला जस्तो छ । एकपटक पदमा पुगेसी बर्षौसम्म बस्न पाइरहने कम्ता गजबको पद छैन भाते संगठनको । यो भन्दा पनि अर्को गजब त के छ भने यो संगठनको पदाधिकारीचाहिाा पााचदशक उमेर काटेकाहरु । यतिबेला आगामी अधिवेशनका लागि बोका नियोजन गरिसकेका, स्कुल कलेजबाट दुईदशक अगाडि नै फुर्सदिला भइसकेका, झण्डै झण्डै अध्येक्षेमा लड्न तम्तयार भएका छन् । अनि यस्ताले फुइय्यााको संगठन बनाउाछन् । नेताका वरिपरि घुमेर उही विकटक दिने त हुन नि । कि कसो हौ ?
सिध्याउने खेल
माउवादीले साथ दिउन्ज्याल पर्धानमन्तरी खप्रओको सानो हाइफाइ थिएन । माउवादीले छोडेपछि उन्को पानपायु नै बन्द भएको छ । अस्तिका दिन उन्ले भन्या माउवादी केन्द्र कम्युनिष्टका नाममा कम्युनिष्ट सिध्याउन खडा गरिएको बुख्यााचा हो रे । राजनीतिका नाममा आफूलाई फोहोरी खेलमा नलाग्ने सम्म भन्न भ्याएछन् । माउवादी एक मुठ्ठी घाास देखायो भने त्यसकै पछि पछि लाग्ने पार्टी हो रे । गफ पनि कति आ हो खप्रओलाई । माउवादीले जीवनभरि व्यवहार चाहिा अभद्र गर्ने, सत्तामा टिक्न साथ दिउन्ज्याल ठीक, नदिनासाथ बेइमानको पगरी गुथाइदिने ओलीको झेली खेलै त होला नि ?
व्यापार खुस्केला जस्तो छ
नियम कानुनलाई धोती लगाएर विचरा सोझा, आदर्शवान, अर्काको फुट्टी कौडी नखाइकनै चल्दिएका मनमोहन अधिकारीको नाममा व्यापार गरेर अकुत कमाउने सपना झालेमालेहरुको त्यतिकै सडला जस्तो छ । मानिसले अति गर्नु अत्याचार नगर्नु त्यस्तै भन्या हैनन् । दुई चार जना बोके डनलाई सडकमा उफारेर, संसदमा दुई चार सनकसिङ्गहरुलाई चर्को रुपमा बोल्न लगाएर थर्काकै भरमा मेडिकल कलेज चलाउन खोज्ने झालेमालेहरु यतिबेला नुन खाएका चरी जस्तै भएका छन् । हैन हौ मनमोहनका नाममा व्यापारै गर्नुछ भने मनमोहन होटल एण्ड लज, मनमोहन रिसोर्ट, मनमोहन उद्योग खोले भैगो नि । आखिरी यो पनि व्यापारै होला ? दुनियााका छोरा छेरीबाट पचास सय करोड एकैपटक कमाउन मेडिकल कलेज खोल्न लाग्या थे साह्रै पार लगाउलन् जस्तै छैन ।
राप्रपाले देखायो ठेटुवा
मर्नेलाई जुम्राले पनि पनि सरक्क छोड्छ भन्थे हो रै’छ । ओलीको
सरकारमा बडो फइफुइा गर्दै आएको
राप्रपा नेपालले पनि यसो अरु दलका सभासदको मुाख सुाघेपछि सरकारबाट बाहिरिने निर्नय गरेको छ । माछा देखे दुलाभित्र हात भ्यागुता देखे तीन हात परै भाग भनेझै राप्रपाले आफ्नो चरित्र देखाइछाड्यो । परेका बेलामा साथ देला भनेर ओली बाले राप्रपालाई कम्ता ठूलो विश्वास गर्या थेनन् । यसैगरी छाड्दै जाने हो भने त अश्विासको प्स्तावमा मतदान गरुन्ज्याल सम्ममा ओली बा त लिंठिङ्ग एक्लै हुने पो देखियो, गठबन्धनका जतिले ओली वालाई छोड्दै जान्छन् माकुन्याउ र झल्ला झलु त्यति नै काखी बजाउन थाल्या छन् रे । होला पनि हिजो माकुन्याउ र झल्ला झलु पर्धानमन्तरी हुादा खप्रओले टिकिखान द्या थेनन् । यसैलाई भन्छन् कहिले सासूको पालो कहिले बुहारीको पालो ।
अन्तेमा
योगदानले नभएर अपुतालिबाट नेता भै टोपलेकी कााग्रेसकी नेता सुजो हिजोआज अन्डर ग्राउन्ड भैछिन् कि क्या हो ? ओलीका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गराउनुभन्दा अगाडिसम्म ओलीकै बढाइचढाइ गरेर नथाकेकी सुजोलाई के चाल पर्यो कुन्नि चाइाचुइा छैन । अहिले चाइाचुईा नगरेर अब बन्ने मन्त्री मण्डलमा मन्त्रीको भाग पो खोजेकी हुन कि ? के बुझिसक्नु छ
र ? उपिन्द्र यादवसाग चुनाउ लड्दा आफूले हारेमा गिर्जाउको आत्माले शान्ति पाउादैन भनेर भाषण ठोकेझै अब बन्ने सरकारमा आफू मन्त्री नभए गिर्जाउको आत्माले शान्ति पाउादैन भनेर बूढा निलकष्ठतिर पुगेर भक्कानिदै छिन् कि क्या हो ? नत्र चाइचुई बन्द नहुनु पर्ने हो ।
