धरान/ सात दिन अगाडिदेखि लगातार रुपमा आन्दोलनरत सुरक्षाच मजदुरको आन्दोलन आज भएको वार्तापश्चात टुंगिएको छ ।
गत असर २८ गतेबाट निष्काष्ति गोपी योगीलाई पुनर्वहाली गर्नुपर्ने माग राखी आन्दोलनरत पक्ष र केटिएम सेक्युरिटी सर्भिस तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुबीच भएको वार्तामा निष्काषित योगीलाई नियुक्ति गर्ने सहमति पश्चात मंगलबार वार्ता मिलेको छ ।
वार्ता मिलेसंगै सुरक्षा मजदुरहरु काममा फर्किएका छन् । वार्तामा बसेको केटिएम सेक्युरिटी सर्भिसले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी गोपी योगीले क्षमा याचनासहितको निवेदन दिएमा कम्पनीको नियमानुसार प्रक्रिया पुर्याई नियुक्त गर्ने सहमति भएको कम्पनीका महाप्रबन्ध भरतप्रसाद संग्रौलाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाले सहमतिमा योगीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेकको अन्य स्थनमा कम्पनिीको नियमानुसार डिउटी खटाउने, कम्पनीको नियममा कसैले हस्क्षेप नगर्ने, सुरक्षाकर्मीको आवश्यकता अनुसार जुनसुकै स्थान, सिफ्ट र पोष्टमा खटाउने, सुरक्षा गार्डको लापारबाहीबाट हुने कुनै पनि क्षतिको जिम्मेवारी स्वयम् सुरक्षा गार्ड हुने, सुरक्षा कर्मीहरु अनुशाति र कर्तव्य निष्ट हुने र कम्पनीको नियमानुसार गरिने कार्यमा हस्तक्षेप नगर्ने र सहमतिसागै मंगलबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने सहमति भएको महाप्रवन्धक संग्रौलाले जानकारी दिनुभयो ।
यता आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन वीपी केआइएचएसका अध्यक्ष दिपक कार्कीले भने निष्कासित योगीलाई पुर्नवहाली गरेको जिकिर गर्नुभएको छ । उहाले पुनर्ववहाली भएको दुई तीन महिना क्षेत्रीय स्तरमा जहा पनि काम खटाउने र पछि प्रतिष्ठानमै काम लगाउने सहमति भएको जिकिर गर्नुभयो ।
