दोष थोपर्नु राम्रो होइन

धरान/भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा सरकार बनाउने र गिराउने जस्ता झिनामसिना आन्तरिक मामलामा समेत नेपालका एकथरी
राजनीतिक दलका नेताहरुले भारतलाई दोष दिने गरिएको प्रति असन्तुष्टि जनाउनुभएको छ ।
भारतको गुजरत भुकम्प पछिको पुन: निर्माण सम्बन्धी अध्ययनका लागि साता व्यापी भारत भ्रमणमा गएको ससदको विकास समितिको टोलीसागको भेटमा विदेशमन्त्री स्वराजले त्यस प्रकारको असन्तुष्टि जनाउनुभएको हो ।
उहााले भन्नुभएको कुरा उद्यत गर्दै टोलीमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार नेपाल आफ्नो आन्तरिक मामिलामा निर्णय गर्न परिपक्व छ । नेपालका नेताहरु आफै निर्णय लिन्छन्, छलफल गर्छन् । अनि अर्कोपक्षले दोषचाहिा भारतलाई दिन्छन् । टोलीमा सहभागी अर्का सासदका अनुसार सरकार फेर्ने विषयमा पछिल्लो पटक के के भइरहेको छ त्यसमा आफू अनविज्ञ रहेको स्वराजको भनाई थियो ।
संसद विकास समितिका सांसदहहरुको टोलीसागको भेटमा विदेशमन्त्री स्वराजले भन्नुभयो भारतले आफ्नो सरकार ढाल्न लाग्यो भनेर वास्तविकता र यथार्थता नबुझी प्रधानमन्त्री केपी ओली र एमालेका केही नेताहरुले भारतले सरकार परिवर्तन
गराउन लागेको भनि दिएको पटक पटकको अभिव्यक्तिप्रति भारतले आपत्ति जनाउदै आएको छ । विदेशमन्त्री
स्वराजले मधेशवादी दलले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री कमल थापाले गरेको बचनबद्धता पूरा नभएको पनि उठाउनु भएको थियो । उहााले नेपाल भारतबीचको सम्बन्ध पछिल्ला दिनहरुमा सुदृढ बन्दै गएको र आगामी दिनमा थप मबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
भारतले विगतमा अघोषित नाकाबन्दी लगायो भन्ने सम्बन्धमा स्वराजले भन्नुभयो भारतले नेपालमा नाकाबन्दी गरेकै छैन । मधेशवादी दलहरुले नेपालमा आन्दोलन गर्छ, जसका कारण आपूर्तिमा कठिनाई हुन्छ अनि दोषचाहिा भारतलाई थोपरेर हुन्छ ? उहााको प्रश्न थियो ।

तपाईको प्रतिक्रिया