द्वारिकानाथको दु:खद् निधन

धरान/नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि, कुशल संगठनकर्ता, सामाजिक संघ संस्थामा आवद्ध एवम् धरान १२ स्थित पब्लिक उच्च माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष धरान १६ निवासी
द्वारिकानाथ श्रेष्ठको आइतबार अपरान्ह सवारी दुर्घटनामा परी दु:खद् निधन भएको छ ।
धरान ८ भोटेपुलस्थित ना ५ ख ६३६६ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका उहाालाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । घर जग्गाको व्यवसाय समेत गर्दै आउनु भएका श्रेष्ठ को २४ प ७३७६ नम्बरको स्कुटीमा इटहरीतर्फ जाादै गर्दा भोटेपुल मोडमा श्रेष्ठलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र त्यसका चालक भोजपुर मुलपानीका रुद्रमणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अत्यन्तै मिजासिला, सदैव हासिलो देखिने श्रेष्ठको आइतबारको हाउभाउ अलि अनौठो देखिएको उहााको नातामा भतिज पर्ने नविन श्रेष्ठ बताउनुहुन्छ । आइतबार अचानक घर छेउमै भेटिएका श्रेष्ठ अलिकति हडबडमा देखिन्थे । कहिल्यै घर जाऊ नभन्ने श्रेष्ठले उक्त दिन घरमै गएर गफ गरौ भनेर घर पुर्‍याएको तर केही खोजेजस्तो हडबडमा देखिनुहुन्थ्यो । हामीबीच धेरै बेर गफ पनि भएन त्यसपछि उहाा नगरपालिका आउनुभएका थियो । त्यसको एक घण्टापछि उहाा दुर्घटनामा परी निधन भएको खबर आयो । पहिला त आफूले पत्याउनै नसकेको श्रेष्ठले बताउनुभयो । पचास बर्षीय श्रेष्ठको एक श्रीमति एक छोरा र एक छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया