इटहरी/इटहरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लिलम बस्नेतले संघको अधुरो र अपुरो भवन आगामी डेढ बर्षभित्रमा पूरा गर्ने घोषण गर्नुभएको छ ।
यही आषाढ २३ गते सम्पन्न इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा आÏना प्रतिद्वन्द्व भन्दा ४ सय ५५ मत बढी अन्तरले अध्यक्षमा निर्वाचित बस्नेतको उक्त घोषणसागै संघको भवनले पूर्णता पाउने इटहरीका उद्योग व्यवसाीहरुमा विश्वास पलाएको छ ।
अध्यक्षका लागि कूल तीन हजार ३ सय ३१ मत खसेकोमा लिलम बस्नेतले १ हजार ८ सय ५० मत प्राप्त गर्नुभएका थियो । अध्यक्षबाहेक निर्वाचित अन्य १८ जना सदस्यहरुमा लिलम बस्नेत प्यालका ११ जना निर्वाचित भएका छन् भने इश्वरी पराजुली प्यानलका मात्र ७ जना निर्वाचित भएका छन् । महिला सदस्यमा रञ्जु सिग्देल
(चौलागाई) र मुना तिम्सिना निर्वाचित हुनुभएको छ । उहााहरुले क्रमश: १ हजार ४ सय १९ र १ हजार ३ सय ८३ मत प्राप्त गर्नुभएको थियो भने उहााहरुका प्रतिद्वन्द्वीद्वय गायत्री भण्डारीले १ हजार ९६ र लक्की थापाले ९ सय ३६ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी वाणिज्यतर्फ २ हजार ९ सय ६० मत खसेकोमा बस्नेत प्यानलका ९ जना मध्ये ६ जना विजयी हुनुभएको छ भने पराजुली प्यानलका ३ जनाले विजयी हात पारेका छन् । बस्नेत प्यानलबाट वाण्ज्यितर्फको सदस्यमा निर्वाचित हुनेहरुमा सबैभन्दा बढी शैलेशकुमार विष्टले १ हजार ७ सय ८ मत प्राप्त गर्नुभएको थियो । यसैगरी कमल पौडेलले १ हजार ४ सय १३, टंकप्रसाद खनालले १ हजार ४ सय १३, भुपेन्द्र बरालले १ हजार ३ सय ५९, उमानाथ दाहाल (उमेश) ले १ हजार २ सय ७३, विश्वराज धिमालले १ हजार ३ य १८ मत प्राप्त गर्नुभएको थियो भने इश्वरी पराजुली प्यानलका अनिल सुब्बाले १ हजर ४ सय १८, भीम पौडेलले १ हजार ३ सय ३९ र श्याम रिजालले १ हजार २ सय ६० मत प्राप्त गरी विजयी हुनुभएको थियो । उता उद्योगतर्फ कुल खसेको ३ सय ४० मतमध्ये दिवस पोख्रेलेले २ सय १,
बजरंगलाल अग्रवालले १ सय ८०, लक्ष्मी हुमागाइले १ सय ६३ र राजेन्द्रकेशरी घिमिरेले १ सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उद्योग तर्फका निर्वाचित चारजनामध्ये राजेन्द्र केशरी घिमिरे र बजरंगलाल अग्रवाल बस्नेत प्यानलका हुनुहुन्छ भने पोखेल र हुमागाई पराजुली प्यानलका हुनुहुन्छ । वस्तुगततर्फ खसेको १३ मत मध्ये दुवै पराजुली प्यालनका नवराज काÏले र सन्तोष आचार्य विजयी भएका छन् । नवराज काÏलेले ९ मत प्राप्त गर्नु भएतापनि सन्तोष आचार्य र बस्नेत प्यानलका लक्ष्मी धितालले क्रमश ६–६ मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा सन्तोष आचार्य विजयी हुनुभएको थियो । यसैगरी एसोसिएट्सतर्फ ३३ मत खसेकोमा सुदिप घिमिरेले १७ मत ल्याई विजयी हुनुभएको थियो भने उहााका प्रतिद्वन्द्वी पराजुली प्यानलका रेवती दुलालले मत्र १६ मत प्राप्त गर्नुभएको थियो ।
इटहरी उद्योग वाणिज्य संघमा बस्नेत प्यानल भारी बहुमतले वहुमत संख्यामा विजयी भएपछि विभिन्न सामाजिक संघ संस्थाले दैनिकजसो उहााहरुलाई स्वागत एवम् सम्मान गर्न थालेका छन् । बस्नेत प्यानलका सबैजसो आÏना मतदाता उद्योगी व्यवसायीहरुको घर दैलोमा पुगेर धन्यवाद दिएका थिए । बस्नेतले आफ्नो जितसागै इटहरी
बजारमा सोलार बत्तिका लागि १ करोड १९ लाख रुपैयाा सरकारका तर्फबाट निकासा गराइसक्नु भएको छ । यसै सम्बन्धमा एक व्यवसायी भन्नुहुन्छ बस्नेतबाट इटहरीका उद्योगी व्यवसयीहरुले ठूलो अपेक्षा गरेका छन् । उहाामा आफूले बोलेको कुरा र गरेको निर्णय पूरा गरेरै छाड्ने प्रवृत्ति भएकोले व्यवसायी एवम् उद्योगीहरुले उहााबाट धेरै अपेक्षा गरेका छन् । अर्का एक व्यवसायी भन्नुहुन्छ, २० बर्ष देखिको इटहरीको सिण्डिकेट तोड्न प्राय: सबै व्यवसायी लालायित थिए । उद्योग वणिज्य संघलाई यसभन्दा अगाडिका पदाधिकारीहरुले दलाली गर्ने ठाउा बनाएका थिए । उद्योग वाणिज्य संघको काम व्यवायीहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने प्रकारको हुनुपथ्र्यो । तर विगतमा त्यो भएन । उल्टै राजस्व लगयतका निकायहरुसाग मिलेर यवसायीहरुलाई नै दु:ख दिइयो । व्यवसायीहरु उपयुक्त समयको पर्खाइमा थिए । आज आएर उनीहरुले आÏनो मत जाहेर गरेका छन् ।
