प्रतिपक्षी दल नालायक हुादा र अनिर्णयको बन्दी हुादा त्यस देशका जनताले चरम मानसिक पीडा, असुरक्षाका साथै राज्य समेत अद्योगतितर्फ उन्मुख हुन्छ । यतिबेला मुलुक यस्तै हविगतबाट गुज्रिरहेको छ ।
ओलीको नेतृत्व सरकार बनेको आज १० महिना भएको छ । यो दश महिना नेपाली जनताका लागि जति पीडादायी भयो सायद यस भन्द अगाडि कहिल्यै भएन । यो अवधिमा प्रधानमन्त्री केपी ओलीको कथित राष्ट्रवादबाहेक अरु केही हात लागू भएन । कुटनैतिक ज्ञानको अभावका कारण एउटा छिमेकीको आलोचना र अर्को छिमेकीको प्रशंसामै ओलीले दश महिना बिताए ।
राज्यका हरेक समस्यालाई हल्का रुपमा लिने, मर्यादाको ख्यालै नगरी अभिव्यक्तिहरु दिनाले वास्तवमा प्रधानन्त्री केपी ओलीको कद हदैसम्म घटेको छ । ओलीका गतिविधिबाट अवाक भएका सत्ता साझेदारी दल माओवादी एकता केन्द्र समेत पतन्मुख भएको छ । कहिले आफूहरुसाग भएको ९ बुादे सहमति प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको भाषण र वक्तव्यबाजी गदै माओवादी केन्द्रका अध्यक्ष र त्यसका अन्य नेताहरु हिाड्छन् । कहिले भद्र सहमति अनुसार सरकारको नेतृत्व आफूहरुले गर्न पाउनुपर्छ त कहिले एमालेले आÏना एजेन्डाहरु पूरा नगरेकोले आफूहरु सरकारका हरेक क्रियाकलापमा सहभागी बन्न नसक्ने बताउाछन् ।
यतिमात्र होइन केपी ओलीको सरकारले जनताका कुनैपनि अपेक्षा पूरा गर्न नसक्ने भन्दै त्यसको बहिर्गमन अनिवार्य भएको भन्दै नेपाली काग्रेससाग गठ जोड्न पुग्छन् । पछिल्लो पटक कााग्रेसकै साथ सहयोगबाट सत्तामा पुग्न मच्चिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेकै कारण पटक–पटक थच्चिदै आएका छन् । यस भन्दा अगाडि नेपाली कााग्रेससाग हारगुहार गरेर प्रचण्डले सरकरको नेतृत्व गर्ने मोटामोटी निर्णय गरिसकेका थिए । तर अचानक सााझमा वाल्वाटारमा ओली र प्रचण्डबीच गोप्यवार्ता भएपछि सरकार परिवर्तनको खेल त्यसै तुहिएको थियो ।
पछिल्लो पटक समेत त्यस्तै भयो । माओवादी केन्द्रको दोसो तहका नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, पम्फा भुसालहरु प्रचण्डसागै सल्लाह गरेर काागेससाग सरकार परिवर्तनका लागि गोप्य छलफलमा सहभागी भए । यसभन्दा अगाडि पनि नेपाली काागेलाई धोका दिएकोले कााग्रेले उनीहरुलाई त्यति विश्वास गर्न सक्ने अवस्थै थिएन । तैपनि उनीहरुको आग्रहलाई काागेसले दोस्रो पटक पनि साथ दिने मनस्थिति देखायो । तर दोस्रो पटक पनि माओवादीले बेइमानी देखायो । रातारात केपी ओली र प्रचण्डबीचमा वार्ता भयो । वहुमतीय सरकार बनाएर के फाइदा भन्दै प्रचण्डलाई फकाउन ओली सफल भए । बिना पिाधको लेटाको परिचय बनाएका प्रचण्ड ओलीसागको भेटघाटपश्चात सरकार गिराउने खेल तुहिदै गएको छ । प्रचण्ड ओलीको ललिपपमा दुईपटक फासिसकेक छन् भने नेपाली काागेसलाई दुईपटक धोका दिइसकेको छ । शायद त्यसैले होला यतिबेला केपी ओली अब सरकार परिवर्तन हुादैन, सरकार विस्तार हुन्छ भनेर बोल्न थालेक छन् । सायद प्रचण्डबाट धोका नहुनेमा उनी ढुक्क छन् । मुलुक जुनसुकै दुर्गतिमा जाओस् सत्ता टिकाउनु उनको अर्थात ओलीको पहिलो प्राथमिकता हो ।
