श्यामचौक सेवा समाजद्वारा वृक्षरोपण

धरान/ धरान स्थित बााझगरा सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा
रहेको चुरे क्षेत्रमा श्यामचौक सेवा समाजले वृक्षारोपण गरेको छ ।
धरानको वडा नं. १५ मा रहेको बााझगरा सामुदायिक वनमा समाजले १ हजार विरुवा रोपेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत उपभोक्ता समुहले शुरु गरेको वृक्षारोपण कार्यक्रम अभियानलाई सहयोग पुर्‍याउन शनिवार वृक्षारोपण कार्यक्रमको आयोजना
गरिएको थियो । वयोवृद्व द्वय जस बहादुर राई र सन्ज माया तामाङले संयुक्त रुपमा
वृक्षारोपणको उदघाटन गरेका थिए । १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण कार्यक्रम शुक्रबार देखि शुरु भएको थियो । सोही अवसरमा श्यामचौक सेवा समाजले १ हेक्टर क्षेत्रफलमा १ हजार विरुवा रोपेको समाजका अध्यक्ष रमेश बस्नेतले बताउनुभयो । उहााका अनुसार खयर, सिसौं, मलेसियन सखुवा, मसला, बबुल जातका विरुवाहरु रोपिएको छ ।
वनलाई हरियाली बनाउादै चुरे क्षेत्र संरक्षणका लागि जिल्ला वन कार्यालय सुनसरीले १६ हजार विरुवा उपभोक्ता समुहलाई उपलब्ध गराएको छ । वृक्षारोपण कार्यक्रममा फुलबारी आमा समुह, श्यामचौक महिला समुह, युवा समुहका सदस्यहरु सहित बद्रि नाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् । असार मसान्त सम्म १० हेक्टर क्षेत्रफलमा १६ हजार विरुवा रोपिसक्ने उपभोक्ता समुहका अध्यक्ष राजन मोक्तानले बताउनुभयो ।

तपाईको प्रतिक्रिया