धरान/विगत १७ बर्षदेखि ग्राहकको मनमस्तिष्कमा सकारात्मक छाप छोड्न सफल गोरखा डिपार्टमेन्ट स्टोरको स्वादिष्ट बेकरी उत्पादन यतिबेला पूर्वाञ्चलमै लोकपिय बन्दै गएको छ ।
प्रारम्भमा आफनो डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुलाई लक्षित गरी शुद्ध घ्यु, दूधबाट उत्पादन थालेको बेकरी उद्योगले इटहरी, विराटचौक र दमकस्थित रहेको शाखाहरु बाहेक खुल्ला बजारमा समेत माग बढ्दै गएपछि गोरखाले उत्पादन गरेको वेकरी बााहिर पनि बिक्री गर्न शुरु गरेको हो ।
इटहरी ४ हलगडास्थित गोरखा बेकरी उद्योगका सहायक म्यानजर प्रेम केसीका अनुसार गोरखाका बेकरीहरुको यतिबेला पूर्वमा उच्च माग रहेको छ । ग्राहकहरुको माग बमोजिम उत्पादन पुर्याउन नै हामीलाई धौ धौ परेको छ । हरेक दिन उद्योग परिषरमै साइकल, मोटरसाइकल, साना सवारी साधनहरु लिएर व्यवसायीहरु विहानैदेखि आइपुग्छन । दर्जनौ प्रकारका स्वादिष्ट बेकरीका आइटम लिएर उहााहरु धरान, हाासपोसा, इटहरी, इनरुवा, खनार, दुहवी, विराटनगर,
बेलबारी, गछिया, मंगलबारे, उर्लाबारी, दमकसम्म पुग्ने गर्छन् ।
मोटरसाइकलबाटै गोरखा बेकरीको व्यवसाय गर्दै आउनु भएका विराटनगरका श्याम गिरी भन्नुहुन्छ गोरखाकै बेकरीका लागि ग्राहकहरु पर्खिबसेका हुन्छन् । स–साना पसल र घर घरमा सामान पुर्याउदै आएको बताउने गिरीले गोरखाका उत्पादनलाई आÏनो व्यवसाय नै बनाएका छन् । गोरखाका उत्पादन विक्री वितरण गरी जीविकोपार्जन गर्नेहरु यतिबला दर्जनभन्दा बढी रहेका छन् । सहायक म्यानेजर प्रेम केसीका अनुसर हाल गोरखा बेकरी उद्योगबाट मिल्क ब्रेड, मिनि मिल्क व्रेड, वन व्रेड, डुनट, सप्ट रोल आदि ब्रेडतर्फका उत्पादन हुन भने विस्कुटका आइटममा क्रिमरोल, वर्फि पप, तिल पप, राउन्ड स्विट, नास्ता नमकिन विस्कुट, वटर विस्कुट, बदाम विस्कुट, ओरेन्ज कोकोनट विस्कुट, गोरखा कोकोनट विस्कुट, चकलेटी विस्कुट, नमकिन विस्कुट, स्विट पिनट, सुजि विस्कुट, क्रिम कोकोनट विस्कुट, खजुरी विस्कुट काजु विस्कुट तिल विस्कुट, वर्फी विस्कुट रहेका छन् ।
यसैगरी कुकिज आइटमम आरेन्ज कुकिज, वटर कुकिज, हनि कुकिज, नमकिन कुकिज, काजु कुकिज र वटर कुकिज रहेका छन । टोस्टमा इलाइची टोस्ट, सुजि टोस्ट, केक आइटममा भेनेला Ïलेवर, चकलेट Ïलेबर, ओरेन्ज Ïलेवर, किवी Ïलेर, लेमनी एलो, स्टेबरी, ब्लाक फरेस्ट, पाइनापल, म्याङ्गो, ब्लु बेरी, ह्वाइट फरेस्ट र मोडल केक उत्पादन भइरहेका छन् । सहायक म्यानेजर प्रेम केसी भन्नुहुन्छ, चोको डेनिस, क्रिम विस्कुटको बजारमा अत्याधिक माग रहको छ । अरु उत्पादित आइटमको माग छैन भन्ने हैन, बजारमा सबै उत्पादन राम्रोसाग गइरहेका छन् । यसका अलावा खुवा, कालाकन्द, रसबरी लालमोहन लगायत विभिन्न स्वादका दर्जनौ मिठाइमा समेत पूर्वीली ग्राकहहरु लोभिएका छन् । इटहरी १ बीपी चौककी निर्मला सुनुवार भन्नुहुन्छ गोरखाका बेकरी आइटमको स्वादको के कुरा गर्नु ? विगत केही बर्षदेखि मैले अन्य उत्पादनका बेकरी खरिद गरेकै छैन । नानीहरुलाई स्कुल पठाउादा टिफिन खाजाको रुपमा मैले गोरखाकै बेकरी आइटम प्रयोग गर्दै आएको छु । नानीहरु पनि खुशी आफूलाई पनि १० थरी झन्झटबाट मुक्ति । यस्तै दैनिकी छ इटहरी ४ आइतबारेकी दिपिका केसीको । उनी पनि स्कुलमा आफ्ना नानीहरुलाई गोरखा बेकरीका विभिन्न आइटमहरुको प्रयोग गर्दै आइरहेकी छन् । यस्तो दैनिकी निर्मला र दिपिकाको मात्र हैन धेरैको छ । इटहरीमा मात्र हैन गोरखाका अन्य शाखाहरु विराटचौक, पथरी र दमकका स्थनीय गृहणीहरुको पनि दैनिकी यसैगरी चल्न थालेको छ ।
किचेनको बसाइको मज्जा नै बेग्लै
पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसाग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ ।
जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भेट्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिादै परिकारहरु खाादै थिए ।
गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छोटो अवधिम पूर्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुादा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाा भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८:३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउाछ ।
दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरम उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।
