धरान/आजको आधुनिक धरानको जग बसाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारको घोषणसागै उक्त पुरस्कारबाट धरानका अग्रज पत्रकार हर्ष सुब्बा पुरस्कृत भएका छन् ।
शनिवार यहाा आयेजित सुब्बा
रत्नप्रसादका छोरा स्व. गोपाल प्रसाद कायस्थ र पत्नी सरला कायस्थको नाममा उहााका छोरा मुकुल कायस्थ अध्यक्ष रहेको कायास्थ गोपाल पसाद सरल प्रतिष्ठानको गठन घोषणासागै अग्रज पत्रकार सुब्बालाई २१ हजार राशीसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रारम्भमा २५ लाखको अक्षय कोषबाट स्थापना गरिएको कायस्थ गोपाल प्रसाद
सरला प्रतिष्ठानमा क्रमश: अक्षय कोषमा वृद्धि गर्दै एक करोड पुर्याउने लक्ष्य रहेको प्रतिष्ठानकी संरक्षक समेत रहनु भएकी सरला कायस्थले जानकारी दिनुभयो । उहााले भन्नुभयो भक्तपुरबाट बनेपा हुादै धनकुटा आएपछि
धरान झर्नु भएका हाम्रा अग्रजहरु व्यापार व्यवसायमात्र नभएर समाज सेवामा समेत समर्पित हुनुहुन्थ्यो । स्व. सुब्बा रत्न प्रसादले धरान बजार बसाउन महत्वपूर्ण भूमिक निर्वाह गर्नुभएको थियो । त्यसताका धरान भनेको विजयपुर र दुईधारेदेखि मस्तिरमात्र थियो । उहााकै पदचाप पछ्याएर गोपालप्रसाद कायस्थले धरानमा पार्टी पौवा बनाउने, हस्पिटल ल्याउने, बस्ती बसाउने काम गरेको उहााले पै्रष्ट पार्नुभयो । पानमारामा डेड कट्टा जग्गामा खानेपानी ट्यांकी, गोठ गाउामा खानेपानीका लागि जग्गा प्रदान, धरान वडा नं. ४ मा बाटो खोलेर बस्ती व्यवस्थित बनाएकोले उहााकै नाममा गोपालप्रसाद मार्ग नामाकरण गरेको, धनकुटाको गोकुण्डेश्वर विद्यालयलाई डेढ रोपनी जग्गा प्रदान गरेको लगायत दर्जनौ अविस्मरणीय कार्य गरेको बताउनुभयो । उहााले गरेका कार्यलाई भावि पुस्ताले सदैव स्मरण गरुन् र समाजलाई केही योगदान दिन सकौ भन्ने उद्देश्यले प्रतिठानको गठन गरेको समेत सरक्षिका कायस्थले प्रष्टयाउनुभयो । उहााले थप्नुभयो सुब्बा रत्न प्रसादको पत्रकारिता, नाटक मञ्चनमा रुची भएकोले सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार गठन गरिएको हो ।
सो अवसरमा प्रतिष्ठानले धरान १७ मा निर्माण भइरहेको एकल महिलाको छहारी भवनका लागि रु ५१ हजार, यस्तै कक्षा १२ मा अध्ययनरत गोमा विक, मञ्जु जगेवुलाई एक बर्ष अध्ययनका लागि रु १५/१५ हजार राशीको छात्रवृत्ति, सरस्वती बाल अनाथाश्रमबाट एसएलसीको तयारी गरिरहेका सुर्यमाया लिम्बु र महेन्द्र वहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका पोष्टराज थापालाई रु १५/१५ हजार प्रदान गरिएको थियो ।
धरानका विद्वान कृष्ण प्रसाद श्रेष्ठ
(विए)को प्रमुख आतिथ्य तथा मुकुल कार्यथको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजविमल श्रेष्ठ, कुमार बहादुर कार्की लगायतले बोल्नुभएको थियो भने सञ्चालन मोहन श्रेष्ठले गर्नुभएको थियो ।
