सेवा निवृत्त हुन तीन महिना बााकी छादा सुनसरीका प्रजिअ कमाउ धन्दामा लागेको चर्चा उद्योगी, व्यवसायी, कार्यालय प्रमुखहरुलाई क्वाटरमै बोलाएर रकम माग्ने गरेको गुनासो

धरान/जिल्लाका हरेक अराजक गतिविधिको नियन्त्रणको जिम्मा लिएर बसेका व्यक्ति नै चन्दा संकलन गर्ने धन्दामा लागेको छ भन्दा एकपटक जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर यो तीतो यथार्थबाट सुनसरीका उद्योगी, व्यवसायीहरुमात्र नभएर सरकारी कार्यालयका प्रमुखहरुसमेत आजित भएका छन् ।
प्रसंग हो सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइको । सुदुर पश्चिमी जिल्ला कञ्चनपुरबाट पााच महिना अगाडि अर्थात् गत फागुन २५गते सरुवा भएर सुनसरी आएका चापागाईले यतिबेला आÏनो कमाउ
गोरस धन्दालाई तिब्रता दिएको चर्चा चल्न थालेको छ ।
धरान साप्ताहिकलाई प्राप्त समाचार अनुसार प्रमुख जिल्ला अधिकारी चापागाई सेवा निवृत्त हुन झण्डै चार महिना बााकी रहेको अवस्थामा विभिन्न बहाना बनाएर यहााका उद्योगी, व्यवसायी, सरकारी कार्यालयका प्रमुखहरुलाई क्वार्टरमै बोलाई रकम बार्गेनिङ्गमा व्यस्त हुन थालेका छन् । सुनसरी मोरङ्ग औद्योगिक करिडोर अन्तर्गत सोनापुरस्थित एक उद्योगीलाई केही समय अगाडि प्रमुख जिल्ला अधिकारी चापागाईले विहान क्वार्टरमै बोलाई रकम माग गरेका थिए । आफनो नाम उल्लेख नगर्ने शर्तमा उनले भने–२०७२ सालमा गएको भुकम्पले आफ्नो दोलखास्थित घर भत्किएकोले निर्माण गर्नुपर्न भएकोले सहयोग गर्न भनेको उनले सुुनाए । सिडिओले बोलाएपछि कुनै विशेष कामै होला भनेर आफू विहानै पुग्दा त्यस्तो कुरा सुनेपछि आफू एकछिन आश्चर्यमा परेको उनले सुनाए । उनले भने, उद्योग सञ्चालन गरेको यतिका बर्ष वित्यो तर आजसम्म कुनै पनि प्रमुख जिल्ला अधिकारीले त्यसरी चन्दा माग गरेका थिएनन् ।
इटहरीका अर्का एक व्यवसायीले भने सिडिओका कारण उद्योगी व्यवसायीहरु हैरान भइसकेका छन् तर खुलेर विरोध गर्ने हिम्मत पनि कोही गर्दैनन् । यथाशक्य दिएर पन्छिनु नै उनीहरु उचित ठान्छन् । ती व्यापारीका अनुसार कसैसाग सिमेन्ट, कसैसाग छड माग्छन् । केही समय अगाडि मारुती सिमेन्ट उद्योगबाट एक ट्रक सिमेन्ट व्यापारीहरुले किनेर पठाइदिए । त्यो सिमेन्ट उद्योगले दिएको होइन व्यापारीहरुले नै खरिद गरेर दिएका हुन् । सोनापुरस्थित पशुपति आइरनबाट टिएमटी छड दोलखा पुगेको छ । जिल्ला वन कार्यालय, पशुसेवा कार्यालयका गाडीले कार्टुनका कार्टुन सामान प्रअिजको काठमाण्डौस्थित निवासम पुर्‍याएर फर्किसकेका छन् । जिल्ला वन कार्यालय सुनसरीका एक कर्मचारीका अनुसार सिडिओ साहवले गाडी चाहियो भनेर मग्नुहुन्छ । सिडिओले नै मगिसकेपछि नदिउा भन्ने कुरा आउादैन ।
उता नेपाली कााग्रेस इटहरी उपमहानगर समितिका सभापति हेमकर्ण पौडललाई सिडिओले व्यापारी, उद्योगीहरुलाई साह्रै दु:ख दिएको भन्ने व्यापक गुनासो आइरहेको छ वास्तविकता केहो भन्ने जिज्ञासा राख्दा उहााले भन्नुभयो, मैले पनि यो कुरा सुनेके हुा । हल्ला सबैतिर छ । तर प्रमाण नभएकोले यसै हो भन्न सकिएन । नेपाल खाद्य तथा गुणनियन्त्रण कार्यालयका रमेश दाहाल भन्नुहुन्छ, सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईका सम्बन्धमा मैले पनि धेरै कुरा सुनेको हुा । म विराटनगरको कर्मचारी भएकोले उहाासाग त्यति उठबस छैन । उहाा कहाा जानुहुन्छ, कसलाई भेट्ेनुहुन्छ म जस्तो एउटा प्राविधिक मान्छेलाई थाहा पनि हुादैन । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशाकीय अधिकृत विश्वनाथ ओझासाग सम्पर्क राख्दा उहााले भन्नुभयो, हो भन्न पनि सकिएन र हैन भन्न पनि सकिएन । यसै सम्बन्धमा बुझ्न हामीले
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईसाग सम्पर्क राख्दा उहााको मोवाइल नै उठेन ।

तपाईको प्रतिक्रिया