नेपालका लागि भारतीय राजदूत
रन्जित रायले नेपाल–भारतबीचको सम्बन्ध अझ सुदढ र मजबुत बनाउन पहल
भइरहेका बताउनुभएको छ ।
भरतीय लगानीमा निर्माण सम्पन्न विद्यालय भवनको औपचारिक उद्घाटनमा आइतबार कास्कीको सन्धीखर्क पुग्नु भएको राजदुत रायले पत्रकारहरु सागको भेटघाटमा उक्त कुरा बताउनु भएको हो । उहााले भन्नुभयो नेपाल भारत बीचको सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउन दुवै देशका राष्ट्रपतिको भ्रमणका लागि कुटनैतिक पहल भइरहेको छ ।
पत्रकारहरुको जिज्ञासामा उहााले भन्नुभयो नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका लागि कुटनैतिक तहबाटै अन्तिम तयारी भइरहेको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउन इच्छुक रहेको समेत प्रष्ट पार्नुभयो । उहााले भन्नुभयो दुवै देशका राष्ट्रप्रमुखको उच्च स्तरीय वैठक बस्ने तयारी भइरहेको छ । नेपाल र
भारतबीच जुन सम्बन्ध छ त्यो संसारका कुनै पनि देशबीच नभएको प्रष्ट पार्दै
राजदुत रायले भन्नुभयो, दुई देशबीच
परापूर्व कालदेखि भौगोलिक, सामाजिक, धार्मिक सम्बन्ध रहेको छ ।
उहााले भन्नुभयो केही महिना अगडि नेपालको तराईमा भएको आन्दोलनले नेपाललाई मात्र नभएर भारतलाई समेत असर गरेको थियो । भारत सदैव नेपालमा शान्ति, समृद्धि, स्थिरता र विकास होस् भन्ने चाहन्छ । त्यसैले भारतले नेपालको राजनीतिमा चासो राख्नु स्वभाविक हो, उहााले भन्नुभयो । उहााले थप्नुभयो,
तराइको आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान गर्नुपर्छ । नेपालका जलविद्युत, पर्यटन र कृषिमा उच्च सम्भावना भएकोले भारत सहयोग गर्न तयार छ । कृषि, पर्यटन, जलविद्युत, सडक, विद्यालय, खानेपानी लगायतका सैयौ योजनाहरु भारतीय सहयोगमा सम्पन्न भएका छन् भने हाल ५ सय ३०
परियोजनाहरु सञ्चालनमा रहेका छन् ।
