धरान/ उपत्यका बाहिर पहिलो पटक धरानमा नेवा:चलचित्र महोत्सवको आयोजना गरिएको
छ ।
विगतमा काठमाण्डौमा केन्द्रित रहने यस्ता महोसत्व जेष्ठ ३१ गते नेवा : फिल्म सोसाइटी गठन भएसंगै पूर्वमा पनि यसलाई सक्रिय बनाउन मंगलबार पहिलो पटक
धरानको सैनिक भवनमा नेवा : चलचित्र महोत्वसवको आयोजना गरिएको हो ।
महोत्सवमा नेवारी म्युजिक भिडियो, ईखाबाख : (समयको कथा), पखा (पर्खाल), धरानमानिर्मित चलचित्र निनी प्रदर्शन गर्नुका साथै कलाकारीता क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै नेवार चलचित्र महोत्सव संकिपा पुरस्कारबाट
धरानका दुई जना कलाकारहरु समेत सम्मानित गरिएको छ । नेवा: चलचित्र महोत्सव–०७३ को अवसरमा प्रेम सुब्बा र सारदा शाक्यलाई सम्मान गरिएको हो ।
महोत्सवमा ३ सय भन्दा बढीको सहभागिता रहेको थियो । आदिवासीमा रहेका राई, लिम्बु, मगर, गुरुङ्ग, सुनुवार, थारु, तामाङ्ग, मुगाल, राजवंशी र नेवार चलचित्रकर्मीहरुको छाता संगठन आदिवासी जनजाति चलचित्र महासंघ गठन भएसंगै सबै जातजातिको चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले नेवा:फिल्म सोसाइटी गठन भएको थियो । काठमाण्डौमा मात्र सीमित
रहने गरेका यस्ता महोत्सवलाई काठमाण्डौ बाहिर पनि आदिवासीहरुको चलचित्र प्रवद्र्धन उद्देश्यले जेष्ठ ३१ गते सोसाइटीको सुनसरी शाखा गठनसंगै पहिलो पटक धरानमा नेवा:चलचित्रमहोसत्व गरिएको हो । यो संस्थाले आगामी दिनमा नेवारी संस्कृतिलाई जीवन्त राख्न विविध कार्यक्रमको आयोजना समेत गर्ने आयोजकले जानकारी दिएको छ ।
