घण्टाघरबाट हेर्दा

जाँड नपाउँदा सरुवा
राप्रपा नेपालका अध्येक्षे माने अहिलेको ताइतुई सरकारमा उपप्रर्धानमन्तरी तथा स्थानीय विकास मन्तरी पड्काएर बसेका परराष्ट्र समेत रहेका कमलाउले बझाङ्गतिर पुगेर अस्तिका दिन जोरीपारी हाास्ने गरी खुट्टा हल्लाएछन् । कुत्तिको पुच्छर १२ बर्ष ढुंग्रा जाक्दा पनि बाागाको बााग्यै भन्थे हो रै’छ । खप्रओले सत्तामा लैजानु भन्दा अगाडि सम्म जहाा तही भाटा ढुंगाको झट्टी खाने, भ्याकुरो झौ लघारिने कमलाउ अबचाहिा भुई न भााडामा भएछन् । अब हेरौ न आर्थिक बर्ष सिद्धिन सिद्धिन लाग्दा नेपालका मन्त्रीहरु चर्न बाहिर जिल्ला जान्छन् । कमलाउले पनि त्यसै गरे । लौ यहाासम्म त ठीकै छ तर बझाङ्ग पुगेर कमलाउ एलडिओ आत्माराम सत्यालले आफ्ना आउरे भाउरे कर्जेकर्तालाई बास र जााड पानीको व्यवस्था नगरेको भन्दै २४ घण्टाभित्र सरुवा गर्देछन् । यतिमात्र कहाा हो र ? एलडिओ सत्यालले स्वागत सत्कार समेत गरेनन् भनेर कमलाउ बझाङ्गमा बुरुक–बुरुक उफ्रेका थे’ रे । सरकारका मन्त्री त यस्ता भएसी फुइय्याा बन्छ देश ?
स्थगित
अष्ट्रेलिया जान भनेर प्रचण्डाउले धेरै दिन अगाडि देखि जोर खुट्टा उचालेर हल्लीखल्ली मच्चाएका थिए अन्तेमा विचरो त्यसै थच्चिएछन् । उनी किन थच्चिएछन् त भनेर घण्टाघरले यसो वाल्वाटारतिर खप्रओको गाइागुइा सुन्या त बात अकै पो रै’छ । द्वन्द्वकालमा धेरैको प्राणपखेरु उडाइदिएका प्रचण्डाउ अस्ट्रेलिया पुग्नासथ अस्ट्रेलियन सरकारले झ्याइाकुट्टी पार्दै थुन्ने योजना बनाएको खप्रओको कामसम्म आइपुग्या रै’छ । कुमार लामाझै प्रचण्डाउ पनि अस्ट्रेलियातिर थन्के भने सरकार नै वित्याासमा पर्ने देखेसी अन्तेमा उन्लाई ललाइफकाई अस्ट्रेलिया जानबाट
रोकेछन् । खप्रओको अरु कुरा जस्तै यो कुरा पनि हावा थियो कि ? प्रचण्डाउले खै कुरा बुझेको ?
चल्नै नदिने रे
भुकम्प पीडितको अवस्था देखेर कााग्रेसका सभासदहरुको हिजोआज घुाडाबाट आाशु आउन थाल्या छ रे । होला पनि । नत्र भुकम्प पीडितलाई एकमुष्ट २ लाख रुपैयाा नदिए सम्म संसद चल्नै नदिने भनेर किन संसद भवनमा लडीबुडी गर्थे ? पैसा दिनु भनेको खाजा बााडे जस्तो हो र भनेर पर्धानमन्तरी खप्रओले ओठे जवाफ दे’सी काागेसका बुढानिलकण्ठे काजी आगो भा’छन रे । काजी आगो भएर केही होला जस्तो छैन । ह्याउ भए त अस्ति नै वाल्वटाराा छिरी सक्थे । शायद काजीले बोलेको आफ्नैले पनि नबुझेर त्यसो भा’ हो कि ? सभापति र संसदीय दलको नेतामा जितेपछि घण्टाघरलाइ पनि काजीले केही लछार्लान् कि भन्ने लाग्या थ्यो । खप्रओलाई संसद चल्न दिएपनि नदिए पनि लुतो न कन्याई । कि कसो हौ ?
गाई कि त्रिशुल
राप्रपा र राप्रपा नेपाल एकीकरण भ्यागुताको धार्नीजस्तो भएको छ । अब चाहिा एकीकरण हुन्छ, भैहाल्छ, हुनै लाग्यो भनेर सुनेको पनि निक्कै भैसक्यो । दुई वटाको एकीकरणको जिल्ली–गाठी कहाा अड्किएछत भनेर यसो गम खाको त गाई कि त्रिशुल पो रै’छ । कमलाउका जत्था गाईलाई झण्डामा राख्नुपर्छ भनेर अड्डी कस्ता रै’छन् । उता चन्दका आसेपासेचाहिा हुन्न भन्दा रै’छन् । चुनाउ चिन्ह चाहिा दुवैले हलोलाइ नै मानेका छन् रे । कमलाउ कुनै पनि हालतमा गाई छाड्न नसक्ने अर्के पक्षे मान्दै नमान्ने क्या फसाद । हुन त यी दुवै एक भएपनि केही लोप्रिनेवालाचाहिा छैन । अहिलेलाई उही मुतको न्यानोमात्र हो ।
ठेट्नाको चैन
नेपालमा नयाा महासामन्त जन्मिए भन्थे हो रै’छ । को रै’छन् त त्यस्ता नयाा महासमान्त भनेर घण्टाघर पनि धेरै दिनदेखि अल्मलिइ रहेको थियो । तर अब भने कन्परोमा घुसेको छ । अब उप्रान्त
राष्ट्रपति, पर्धानमन्तन्तरी, मन्तरीहरुको खाना परीक्षण गरेर मात्र उनीहरुलाई खुवाउने रे । खाद्य नियन्त्रण तथा गुणस्तर विभागले उनीहरुको खाना विहान बेलुकै परीक्षण गर्ने रे । नानी भन्दा आाची ठूलो भन्या यही हो । एक छाक खान नपाई पटुका कसेर बस्ने, एउटा सिटामोल नपाएर ज्यान गुमाउने जनता छन् तर नयाा महा सामान्तका ठेट्नाहरुको खाना पोसिलो स्वादिस्ट छैन भनेर परीक्षण गरेर खुवाउने रे । राणा, राजा, हिजोका पञ्चहरु नि यति साह्रो गर्दैननथे । अहिलेका ठेट्नाहरुले चाहिा अति गर्न थाले । बूढापाकाहरु अति गर्‍यो भने खति हुन्छ भन्थे । हेर्दै जाऊ….।
वित्याँस पर्छ रे
सद्भावना पार्टीका अध्यक्ष राजिन्दर महतोले भन्या काठमाण्डौबाट मधेशी गठबन्धनको आन्दोलन फेरि मधेश पस्यो भने वित्याास पर्छ रे । हैन हौ ती महतोले के भन्न खोज्या हा ? जहिले नि आन्दोलनकै धम्की दिन्छन् । अस्तिका दिन काठमाण्डौको आन्दोलन मधेश झर्‍यो भने वित्यास आउाछ भनेर धम्की दिए । हुन त राजिन्दर महतोको बोली र पर्धानमन्तन्तरी खप्रओको बोली उस्तै उस्तै हो । पानीमा छाडेको अपानवायु जस्तै । कसैलाई, केही असर नगर्ने । यत्तिका दिनदेखि काठमाण्डौमा आन्दोलन गर्दा नि केही नझरेसी
राजिन्दर तराईतिर झर्ने मनस्थितिमा पुग्या छन् रे । मान्छे बूढो भएसी निहुा खोज्छ गोरु बूढो भएसी भीर खोज्छ रे । राजिन्दर महतो पनि त्यस्तै हुन् ।
आखिरी कुनै खालो सार्ने चाहिा हैनन् । अब त मधेशककै जनताले तिन्का
करङ्ग गन्लान् जस्तो छ । बरु अहिले चााडै मधेश झर्ने तरखरमा गरे बेस । कि कसो हौ ?
बाउरामले नेता मान्ने रे
ठूलो भाग खान माउवादीबाट घुर्‍क्याएर हिडेका बाउराम र फोरमका नेता उपिन्द्रबीचमा हिजो आज दह्रै लगानगााठो कस्सिदै गा’छ रे । नयाा शक्तिको हावा गफ जोतेर करोडौ खर्च गरी टुाडिखेलमा रमिता देखाएका बाउरामले पार्टी बनाउनै सक्या छैनन् रे । पार्टी त्यसै बन्छ ? त्यसैले हिजो आज उन्ले नयाा आइडिया लगाएका छन् रे । त्यो के भन्देखि उपिन्द्रलाई नेता मानेर उन्कै पार्टीमा छिर्ने । घण्टाघरलाई त अझै विश्वास लाग्या छैन । तर नहुने कुरा पनि छैन । अशोक राईजस्ता झालेमाले छोडेकाहरु त उपिन्द्र शरणम भन्दै गा’छन भने बाउराम कुन खेतका मुली हुन र ?
अन्तेमा
छिमेकी मुलुक बंगलादेशले फेरि नेपालका भूपू भुकम्प पीडितहरुका लागि चामल पठाइ देछ । त्योपनि थोरै हो र ? एकलाख क्विन्टल । त्यतिका चामल किन द्या होलान् ? पहिला पठाएको एक लाख क्विन्टल चामल सबै यहाा सत्तामा बस्ने कन्जुस स्वााठहरुले वितरण नै नगरी गोदाममै सडाइदिए ।
विचाराहरुले त्यत्रो चामल आफ्नै खर्चमा ढुवानी गरेर नेपालको भन्सारसम्म ल्याइदिए , यता सरकारमा बसेका स्वााठहरुचाहिा चामल थन्क्याउने गोदम खोज्दैछने रे । सडाउने भए फेरि बगलादेशको चामल । विचरा भुकम्प पीडितहरु अभागी नै रहेछन् । सरकारले त दिएन दिएन । अरुले दिएको पनि लगेर बााड्दैन । सायद राष्ट्रवादी
सरकार भएर पो यसो भा’को हो कि ?

तपाईको प्रतिक्रिया