स्वराजको पत्रकार सम्मेलन : असमझदारी हट्यो

नयाादिल्ली (एजेन्सी) भारतीय विदेशमन्त्री सुस्मा स्वराजले नेपाल–
भारतबीचको असझारी हटेको बताउनुभएको छ । विदेशमन्त्री स्वराजले आइतबार नयाादिल्लीमा पत्रकार सम्मेलन गर्दै दुई देशबीच केही समयका लागि देखिएको असमझदारी हाटिसकेको बताउनुभएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि भारतले कुटनीतिक क्षेत्रमा गरेका प्रगतिका बारेमा मन्त्री स्वराजले पत्रकार सम्मेलनको आयोजना गरेर विस्तृत जानकारी गराउनु भएको थियो । उहााले भन्नुभयो–अन्य देशको तुलनामा नेपाल र भारतबीचको सम्बन्ध अलग प्रकारको छ । दुईदेशबीच साास्कृतिक, ऐतिहासिक, भौगोलिक र जनस्तरकै सम्बन्ध छ ।
मधेश आन्दोलनताका आन्दोलन कारीहरुले सीमा नाकासमेत बन्द
गराएपछि भारतबाट नेपालतर्फ निर्यात कम भएको थियो । त्यसबेला भारतले अघोषित नाकाबन्दी गर्‍यो भनेर
राजनैतिक तहमा चर्चा भएपनि अब त्यो स्थिति नरहेको स्वराजको कथन थियो । त्यसबेला नेपाल–भारतबीचको सम्बन्ध केही चिसिएको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुले भारत
सरकारले नेपाल, बंगलादेश लगायत सार्क मुलुकसाग भारतको विश्वास संकट बढेको हो ? भन्ने जिज्ञासा राखेका थिए । सो को जवाफ दिादै मन्त्री स्वराजले भन्नुभयो–सार्क मुलुकहरुसाग भारतको कुनै असमझदारी छैन । नेपालमाथि नै केन्द्रित रहेर उहााले भन्नुभयो नेपालसाग त अझ कुनै असमझदारी नै छैन । गत फागुनमा नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतको भ्रमण गर्दा नै भनिसक्नु भएको थियो दुई देशबीचको असमझदारी अब पूरै हट्यो । अब कुनै असमझदारी छैन ।
प्रधानमन्त्री ओलीको भ्रमण लगत्तै पोखरामा भएको सार्क मन्त्री परिषद्को वैठकमा भारतीय विदेशमन्त्री सुष्मा
स्वराजले नेपालका मन्त्री तथा नेताहरुसाग भेटघाट गर्नुभएको थियो । भर्खरै मात्र पनि सार्क विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिन नेपालका परराष्ट्रमन्त्री कमल थापा दिल्ली जानुभएको थियो । त्यसबेला पनि स्वराज र थापाबीच दुइर् देशको आपसी हितका विषयमा वार्ता भएको थियो । पत्रकार सम्मेलनमा भारत न्युक्लियर्स सप्लाई ग्रुप (एनएसजी) को सदस्य बनेमा छिमेकी मुलुकमा भारतको प्रभुत्व बढ्ने पत्रकारहरुको प्रश्नमा स्वराजले भन्नुभयो त्यसो हुादैन भारतको सार्क मुलुकहरुसागको सम्बन्ध अत्यन्तै राम्रो छ । आफ्ना छिमेकीहरुको संरक्षणका लागि भारत अगाडि आएको छ । नेपालमा गत बर्ष गएको विनाशकारी भुकम्पमा श्रीलंकामा गएको बाढीमा भारत सबैभन्दा पहिला पुगेर सहयोग गरेको स्वराजले जानकारी समेत गराउनुभयो ।

तपाईको प्रतिक्रिया