सिआइवीको टोली बीपीमा

धरान/गत शुक्रबार र शनिवार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले
राजधानी लगायत देशका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी ३६ जना चिकित्सकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएसागै यहाास्थित वीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत आइतबार सिआइवीको टोली आएको बुझिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले सिआइवीको टोली आएको जानकारी दिएको हो । प्रतिष्ठानमा कार्यरत केही चिकित्सकको समेत एलएलसी, आइएस्सी, एमविविएस, एमडी, विडिएसको सर्टिफिकेट नक्कली
रहेको स्रोतले जानकारी दिएको छ । यसै सम्बन्धमा हामीले पतिष्ठानका एक बरिष्ठ चिकित्सकसाग सम्पर्क
राख्दा उहााले भन्नुभयो पर्सनल फाइल अरुलाई हेर्न दिइादैन । यस्तो सर्टिफिकेटका सम्बन्धमा कि मेडिकल काउन्सिललाई थाहा हुन्छ कि त प्रतिष्ठानका पदाधिकारीलाई । यतिका चिकित्सक काम गर्ने ठाउामा नक्कली प्रमाणपत्रधारी छैनन् होला भन्न
सकिदैन । कसैले यहीका विद्यालयबाट एलएलसी गरेपनि आइएस्सी भारतको पट्नाबाट गरेका होलान् कसैले एलएसीको सर्टिफिकेटसमेत भारतबाटै ल्याएका होलान् । अब यसको छानबिन त मेडिकल काउन्सिलको रेकर्ड अनुसार सिआइवीले गर्ने हो । स्रोतका अनुसार सिआइवीको टोली आउादा जुन चिकित्सकको खोजी भयो कि उनीहरु विदामा थिए कि त बाहिर गएको
पाइयो । सिआइवीको टोली सोमबारै फर्किसकेको छ ।

तपाईको प्रतिक्रिया