म्यानपावर दलालहरुले प्रतिबन्धित अफगानस्थानमा बर्षौदेखि कामदर पठाउादा सरकार मौन अफगानस्थानको काबुलमा १२ नेपाली सहित २ जना नेपाली मुलका भारतीय नागरिकको हत्या

धरान/आतंकवादी संगठन तालिवानबाट बर्षौदेखि प्रभावित मुलुक अफगानस्थानमा सोमबार विहान १२ जना नेपाली सहित दुई जना नेपाली मुलका भारतीय नागरिकको हत्या भएको छ ।
अफगनास्थानको राजधानी काबुलमा आतंकवादी संगठनले आत्मघाती बम विस्फोट गराउादा उनीहरुको मृत्यु भएको हो भने अन्य सात जना नेपालीहरु घाइते भएका
छन् । रोजगाीका लागि बर्षौदेखि प्रतिबन्धित मुलुक अफगानस्थानमा मेनपावर कम्पनीका दललालहरुले लुकीछिपी चोर बाटोबाट कामदार पठाउादै आएपनि सरकारले मौनता सााध्दा आज अत्यन्तै दु:खद् घट्ना हुन पुगेको छ ।
राजधानी काबुल स्थित क्यानेडियन
राजदुतावासमा गार्डका रुपमा उनीहरु कार्यरत थिए । यसभन्दा अगडि प्रतिबन्धित मुलुक इराकमा समेत १२ जना नेपालीहरुको क्रुरतापूर्वक घााटी काटेर हत्या गरिएको थियो । वि.स. २०५८ सालमा इराकमा उनीहरुको पासविक हत्या हुादा आक्रोसित नेपालीहरुले
राजधानी लगायत देशका अन्य स्थानका मेनपावर कम्पनी तोडफोड, आगजनी गरेका थिए । काबुलको आत्मघाति विस्फोटमा मारिएका चौधजना बेलायती साब्र इन्टरनेशनल नामक सुरक्षा गार्ड भर्ति गर्ने कम्पनीमा आवद्ध रही क्यानेडेली दुतावासको सुरक्षार्थ खटिएका थिए । मारिएका १२ जना नेपाली भएको र दुई जना नेपाली मुलका भारतीय नागरिक भएको पुष्टि भइसकेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सोमबार घट्ना भएको एकघण्टा पछि ट्वीट गर्दैै अगफनास्थानमा मारिएका मध्ये दुईजना गणेश थापा र गोविन्द सिंह भारतीय नागरिक भएको जनाउनुभएको थियो । तर नेपालको
परराष्ट्र मन्त्रालय त्यसबेलासम्म अनविज्ञ रहेको थियो । पछि अन्य स्रोतको हवला दिादै परराष्ट्र मन्त्री कमल थापाले संसद वैठकमा काबुल घट्नाका बारेमा जानकारी गराएका थिए । मारिएका १२ जना नेपाली र दुई जना भारतीय
नागरिक क्यानेडियन राजदुतावासमा ड्युटी अदलबदल गर्ने क्रममा मिनिबसबाट त्यसतर्फ जाादै थिए । त्यहीबेला जलालवाद रोडमा विहान ५:४० बजे आतंककारी तालिवानीहरुले अन्धाधुन्ध गोली प्रहार
गरी बम आक्रामण गरेका थिए ।
आक्रमणमा मारिनेहरुमा काठमाण्डौका चन्द्रबहादुर राना
मगर, लमजुङ्गका अमृतबहादुर थापा, नुवाकोटका डम्बरबहादुर तामाङ्ग चितवनका कृष्णबहादुर ढुंगाना, स्याङ्जाका सुकबहादुर गुरुङ्ग, स्पन्देहीका जितेन्द्रसिंह थापा, नुवाकोटका मधुसुधन कोइराला, काठमाण्डौका विदुर बहादुर सुवेदी खत्री, नुवाकोटकै लिलबहादुर गुरुङ्ग, पर्वतका नविनबहादुर क्षेत्री, सुनसरीका अंकुर तामाङ्ग, काठमाण्डौका हरिबहादुर बरुवाल क्षेत्री रहेका छन् । यसैगरी घाइते हुने अन्य सात जनामा मोरङ्गका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाज शेरचन,
गोरखाका कुमार बहादुर गुरुङ्ग, चितवनका मानबहादुर थापा, कृष्णकुमार देउजा, सुर्खेतका अमृत रोकाया क्षेत्री र नुवाकोटाका च्याङ्गबा तमाङ्ग रहेका
छन् । घाइतेमध्ये पााचजनाको अवस्था अत्यन्तै नाजुक रहेको बताइएको छ । अफगानस्तानमा कति नेपाली कामदार रहेका छन् भन्ने सम्बन्धमा नेपाल
सरकारसाग आधिकारिक तथ्यांक नै
छैन । सरकारले १५ सयको हाराहारीमा अफगानस्थानमा नेपाली कामदार रहेका
ेबताएपनि ५ हजार भन्दा बढी रहेको स्रोतहरुले जनाएको छ । वैदेशिक
रोजगर विभागका अनुसार अफगानस्थान स्थित राष्ट्रसंघ लगायत अन्य
अन्तर्राष्ट्रिय एजेन्सीमा काम गर्न औपचारिक श्रम स्विकृत लिने नेपालीको संख्या ५ सय ५२ रहेको छ । तर दलालहरुले नेपाली कामदारसाग मोटो
रकम लिएर भारतको दिल्ली हुादै अफगानस्थान पुर्‍याएका नेपाली पुरुष तथा महिलाको यकिन तथ्यांक नेपाल सरकारसाग छैन ।
यसैबीच भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीले काबुल घट्नामा नेपाली मारिएकोप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सोमबारै ट्विट गर्दै नेपालले भोगिरहेको यस दु:खद्
परिस्थितिमा भारत सरकारले सक्दो सहयोग पुर्‍याउने उल्लेख गर्नुभएको
छ । यसैगरी नेपालस्थित भारतीय
राजदुत रन्जित रेले परराष्ट्र सचिव शंकरदाश वैरागीलाई टेलिफोन गरी अफगानस्थान हमलमा मारिएका नेपालीको सव नेपाल ल्याउन सहयोग गर्ने आश्वास दिनुभएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अफगानस्थानमा मारिएका १२ जना निर्दोष नेपालीप्रति दु:ख व्यक्त गर्नुभएको छ । उहााले सोमबार सााझ मात्र एक विज्ञप्ती प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सोकसन्तप्त
परिवारजनप्रति नेपाल सरकार र आÏनो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया