धरान/समाजसेवाको ध्वाास पिटेर एनजिओ र आइएनजिओको खेति गर्नेहरुका लागि धरान कम्युनिटीका युवाहरु उदाहरणी बनेर देखा परेका छन् ।
काम गर्ने जोश जाागर, उत्साह र सही मागदर्शन हुन सके उमेरले कसैलाई पनि छेक्दो रहेनछ । सााच्चै भन्नुपर्दा खेल्ने, उफ्रने, बरालिने उमेरका युवाहरु मिलेर आज भन्दा ९ महिना अगडि स्थापित धरान कम्युनिटीले सााच्चै नै उदाहरणीय कार्य गरेके छ ।
धरान कम्युनिटीले धरानको पुरानो अस्पतालमा बस्दै आएका विकलांग, अशक्तहरुलाई शौचालयसम्म आवातजावतमा सहजता होस् भनेर र्याम्पको निार्मण गरी हस्तान्तरण समेत गरिदिएका छन् । शनिवार पुरानो अस्पतालको प्रांगरणमा आयोजित एक कार्यक्रममा उनीहरुले र्याम्प हस्तान्तरण गरिदिएका हुन् । आफ्नै प्रयासमा र आफ्नै खर्चमा ९ हजार १ सय २५ रुपैयाको लागतमा र्याम्प निर्माण भएको धरान कम्युनिटीका अध्यक्ष लुइस मेवाहाङ्ग
राईले बताए । सदमुदायमा भएका मनिसको दक्षता, क्षमता र सीपलाई सही मुल्यांकन गरी सकारात्मक सन्देश दिनु, विभिन्न च्यारिटी मार्फत अवसर प्रदान गर्नु, अशक्तहरुको हितमा आवश्यक कार्य गर्दै जन धरान कम्युनिटीको उद्देश्य रहको अध्यक्ष राईले बताउनुभयो ।
भिम राईको प्रमुख आतिथ्य,लुईस मेवाहाङ्ग राईको अध्यक्षतामा सम्पन्न उक्त र्याम्प हस्तान्तरण कार्यक्रमको सञ्चालन भने गोमा कुलुङ्गले गर्नुभएको थियो ।
