घुम्ती पुस्तकालय कार्यक्रम सम्पन्न

धरान/वृटिश काउन्सिलद्वारा आयोजित इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रम अन्तर्गत पर्ने दश विद्यालयहरुमध्ये घुम्ती पुस्तकालय कार्यक्रमको सम्बन्धमा किताब हाम्रो साथी हो विषयक अन्तरक्रिया युरेका उच्च माविमा शुक्रबार सम्पन्न भएको छ ।
सो अवसरमा युरेका उच्च माविमा अध्ययनरत कक्षा ६ का विद्यार्थी, शिक्षाविद्, विद्यालयका प्रिन्सिपल, शिक्षकहरु अन्तरक्रियामा सहभागी भएका थिए । शिक्षाविद् केशव वाग्लेले आजको मोवाइल, कम्प्युटरको समयमा किताब बढने बानी विस्तारै हराउदै गएकोले किताबलाई आफ्नो साथी ठानेर पढ्न सुझाव दिनुभएको थियो । यसैगरी विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङ्गले किताब पढ्ने बानी बसाल्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
घुम्ती पुस्तकालयका संयोजक भुवन सञ्जेलको अध्यक्षतामा भएको उक्त आइएसए कार्यक्रममा झण्डै एकसय जना कक्षा ६ मा अध्ययनरत छात्रछात्राहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया