धरान/ २ सय एमएलको रेडबुलमा फोहोर तथा अखाद्य वस्तु भेटिएको छ । धरान १५ पिण्डेश्वर चौकको सावित्री खाजा घरमा सोही स्थानका पदम खेवाङ्गले रेडबुल किनेर पिउने क्रममा बदमको दाना जस्तो देखिने वस्तु र कालो फोहोर भेटिएको हो ।
गोरखा बुअ्रअरी प्रा.लि. नेपालद्वारा उत्पादित यो रेडबुलमा यसभन्दा अगाडि कहिल्यै यस्तो नभेटिएको र आजभने ग्राहक खेवाङ्गले रेडबुल खोलेर गिलासमापिउने क्रममात्यस्तो बस्तु भेटाएको खाजाघर सञ्चालक सावित्री
राईले बताउनुभयो ।
अत्यन्तै गर्मी भएर त्यही ठाउमा बसेर तीनवटा रेडबुल किनेर खाएपनि एउटामा त्यस्तो बस्तु भेटिएको रेडबुल सेवनर्ता खेवाङ्गको भनाई छ ।
यो उद्योगको लापारबाही भएको र अनुगमनकर्ताले यस्ता कुरामा ध्यान नदिएको खाजा घर सञ्चालक राई र सेवनकर्ता खेवाङ्गले बताएका छन् । बेलाबेलामा आएको अनुगमन खाली नाममात्रको अनुगम नहुने गरेको यस्ता कुरामा कहिल्यै ध्यान नदिएको उनीहरुको भनाई छ ।
केही समय अगाडि धरान १० रागाचौकमा टिका गुरुङ्गको पसलमा समेत एक ग्राहकले ड्यु पिउने क्रममा लेदो भेटिएको थियो । लेदोको विषयमा इलाका प्रहरी कार्यालय धरानले सबै जानकारी लिएर गए पनि कारबाही भने हालसम्म भएको छैन ।
