रान/केपी ओली सरकारमा सहभागी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सरकारबाट बाहिरिने हुनुभएको
छ ।
आठ महिना अगाडि केपी ओली
सरकार गठनका लागि गच्छदारले साना पार्टीहरुलाई मिलाउन अहम् भूमिका निर्वाह गर्नुभएको थियो । केही दिन अगाडिमात्र
सरकार परिवर्तन हुने संकेत छैन भनेर आÏनो धारणा सार्वजनिक गर्नुभएका गच्छदार एकाएक सरकार छोड्ने मनस्थितमा पुग्नु भएको फोरम लोकतान्त्रिक सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा भौतिक निर्माणमन्त्री समेत रहनु भएका गच्छदारले सरकार छोडेपछि सरकारको आयुका सम्बन्धमा चौतर्फी चर्चा हुन थालेको छ । स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी ओली हरेक गतिविधिमा असफल भएको, मधेशी, दलित, जनजाति, मुस्लिम,पिछडा वर्गको मागमा संवेदनशील नभएको, सरकारमा सहभागी हुनुभन्दा अगाडि फोरम लोकतान्त्रिकसाग भएका सहमति कार्यान्यवन नगरेकोले गच्छदार
सरकारबाट बाहिरिने तयारीमा लाग्नु भएको हो । सरकारमा सहभागी हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीसाग के के सम्झौता भएको थियो भन्ने सवालमा स्रोतले उल्लेख गर्न चाहेन ।
