राईसहितको पदाधिकारीको स्वागत

धरान/अखिल नेपाल फुटबल संघ
(एन्फा) बाट अनियमिताको विरोध गरेकै आधारमा कारबाहीमा परेका तीन उपाध्यक्ष र एक सदस्यको पुनर्वहाली भएपछि उहााहर्रु सबै सोमबार एकैसाथ एन्फा मुख्यालयमा प्रवेश गर्नुभएको छ ।
उपाध्यक्षहरु किशोर राई, कर्माछिरिङ्ग शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङ्ग एक साथ प्रवेश गर्दा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधार र अन्य कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।
उहााहरु एन्फा प्रवेश गर्दा सम्पूर्ण पदाधिकारीहरु स्वागतमा आए पनि एन्फाका कार्यवाहक अध्यक्ष र महासचिव उपस्थित भएनन् । जबकि पुनर्वहाली भएका पदाधिकारीहरुले उहााहरुसाग पहिल्यै सल्लाह गरिसकेका थिए । पुनर्वहाली भएका पदाधिकारीहरु जेष्ठ ३२ गते मंगलबार देखि नियमित एन्फा कार्यालय जान थालेका छन् । एन्फा कार्यसमितिको दुई साता अगाडि बसेको कार्यसमितिको बैठकले बर्खास्तमा परेका भनिएका ३ उपाध्यक्ष र एक सदस्यको पुनर्वहाली गर्ने निर्णय गरेको थियो । विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघले एन्फा उपाध्यक्षको निर्वाचत गराउन पटक पटक निर्देशन दिइसकेको छ । पदीय दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले १० बर्षे प्रतिबन्ध लगाइसकेको छ । थापाले नै एन्फाका चारजना पदाधिकारीलाई पूर्वाग्रह राखी बर्खास्त गरेका थिए ।
फिफा र एएफसीले वैसाख महिनामै एन्फालाई जेष्ठ १० गतेभित्र तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्वहाली गर्न निर्देशन दिएको थियो । तत्कालीन अध्यक्ष थापाले तीन उपाध्यक्षको स्थानमा बीरबहादुर खड्का, सन्तोष बानिया, मणि कुावर र एक सदस्यमा अरुण मान जोशीलाई मनोनित गरेका थिए । उनीहरु सबलाई जेष्ठ १९ गतेको बैठकले
राजीनामा गर्न लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया