नेपाल भारत द्विपक्षीय सम्झौता अनुसार पेट्रोलियम पाइप लाइनको काम अगाडि बढ्दै ्रक्सौल–अमलेखगञ्जको ४१ किमीमा भारतले ५ अर्ब ६० करोड र नेपालले ९० करोड लगानी गद

धरान/नेपाल–भारतबीच भएको सम्झौता अनुसार रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको कार्य अब अगाडि बढ्ने भएको छ ।
केही दिन अगाडि दुई देशबीच देखिएको राजनैतिक असमझदारीका कारण पाइप लाइनको कार्य समेत प्रभावित भएको थियो । हाल आएर दुवै देशबीचको सम्बन्ध सृदृढ बन्दै गएपछि पाइपलाइनको कार्यले तिब्रता पाउने भएको हो ।
पाइप लाइन निर्माणका लागि सम्झौता भएको दश महिनासम्म कुनै काम अगाडि बढ्न सकेको थिएन । तर अब उक्त कार्यले तिब्रता पाउने भएको छ । कामलाई तिब्र रुपमा अगाडि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन सहमत भएका छन् । दुई देश बीच भएको राजनैतिक विषयमा व्यवसायिक कारोबार नरोक्ने प्रतिबद्धता नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनले गरेका छन् । दुवै देशका संस्थाका प्रतिनिधि मण्डलबीच केही दिन अगाडि यसै विषयमा छलफल भएको थियो । सोही छलफलमा भएको प्रतिबद्धता अनुरुप पेट्रोलियम पाइप लाइनको निर्माणको डिजाइन र रुटको अन्तिम रुप दिन असार ७ गते इन्डियन आयल
कर्पोरेशनको प्राविधिक टोली नेपाल आउने भएको छ ।
आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राजनैतिक मुद्दालाई व्यवसायिक कारोबारमा असर नपार्ने प्रतिबद्धता व्यक्त गर्दै पाइपलाइन निर्माण अगाडि बढाउने सहमति बनेको जानकारी दिनुभयो । यही प्राविधिक टोलीले पाइप लाइनको रुटलाई अन्तिम रुप दिनेछ आइसोसिकै टोली आएर प्रारम्भिक सर्वेक्षण गर्दै रुट पहिचान गरेको थियो । प्रारम्भिक सर्वेक्षणमा अहिले राजमार्गमा रहेको स्थानबाट पाइपलाइन ल्याउन सकिने प्रतिवेदन दिएको थियो । सार्वजनिक जग्गाबाट पाइपलाइन ल्याउादा मुआब्जाको समस्या कम हुने निष्कर्ष नेपाल आयल निगमले निकालेको थियो । घिमिरेका अनुसार पहिलाकै प्रतिबेदनलाई प्राविधिक टोलीले अन्तिम रुप दिने छ ।
रक्सौल अमलेखगञ्ज पाइपलाइन निर्माण गर्न सहमति पत्रमा हस्ताक्षर भएपनि नेपाल–भारत बीचको पछिल्लो राजनैतिक घट्नाक्रमले पाइप लाइन निर्मिाण अन्यौलमा थियो । समझदारी पत्रमा तत्कालीन वाविणज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए ।
रक्सौल अमलेखगञ्ज ४१ किलोमिटर लामो यो पाइपलाइन भारतले अनुदानमा बनाइदिन लागेको हो । यसवापत नेपालले आइओसीसाग १५ बर्षसम्म तेल किन्नुपर्ने हुन्छ । पााचबर्ष तेल किनेपछि अर्को दुई अवधि थपिने प्रावधान भएकोले आइओसिसाग १५ बर्ष किन्नुपर्ने बाध्यात्मक व्यवस्था सम्झौतामा छ । नेपालले रक्सौल–अमलेखगञ्ज रेल्वे लिकबाट ल्याउादा मुआब्जाको समस्या कम हुने भएकोले यही रुटमा पाइप राखिने भएको छ । अध्ययनका क्रममा केही घर टहरामात्र पाइपलाइनको क्षेत्रमा पर्ने देखिएको थियो । भारतले पाइपलाइनका लागि आवश्यक पर्ने भण्डारण निर्माणमा समेत सहयोग गर्ने भएको छ । पाइपलाइन निर्माण हुने बित्तिकै निगमको अमलेखगञ्जको डिपोको भण्डारण क्षमताले पुग्दैन । पाइप लाइनबाट तेल आउदा अमलेखगञ्जको डिपेको क्षमता बढाउनुपर्ने भएकोले यसको विस्तारमा समेत
भारतले सघाउने भएको हो । पाइपलाइन विस्तार र डिपो विस्तारका लागि भारतले ५ अर्ब ६० करोड रुपैयाा खर्च गर्नेछ भने नेपालले ९० करोड रुपैया लगानी गर्नुपर्ने छ । पाइपलाइन प्रयोग गरेवापत कुनै शुल्क नलाग्ने सहमति समेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया