रान/ सुनसरीको चतरास्थित रहेको प्राथमिक स्वास्थ्य उपचार केन्द्रका चिकित्सको लापारबाहीका कारण एक महिलाले ज्यान गुमाउनु परेको भन्दै आफन्तले कारबाहीको माग गरेका छन् ।
धनकुटाको आहाले गाविस वडा नं. ४ खलेखाकी २३ बर्षीया दिलकुमारी
राईको सुत्केरीपश्चात साल निकाल्ने क्रममा चतरा प्राथमिक स्वास्थ्य केन्द्रका अहेव र कार्यालय सहयोगीको लापारबाहीका
कारण मृत्यु भएको भन्दै उनका श्रीमान सुकबहादुर राईले उपचारमा संलग्न
रहेका अनमी र कार्यालय सहयोगीलाई कारबाहीको माग गरेका छन् ।
गत जेष्ठ२६ गते धनकुटा आहालेस्थित आफ्नै निवासमा छोरा जन्मिएपनि साल बाहिर ननिस्केपछि उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ल्याउने क्रममा बाटोमै पर्ने
चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका अनमी सरोजकुमारी मेहता र कार्यालय सहयोगी दिपक गिरीले साल निकाल्ने क्रममा लापारबाही गर्दा विरामीलाई
रक्तश्राव भई मृत्यु भएको मृतकका श्रीमान सुकबहादुर राईको भनाई छ ।
उपचारका क्रममा बढी रक्तश्राव भएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गरी उचित क्षतिपूर्तिको माग पीडितहरुले राखेका छन् ।
सोही विषयलाई लिएर चतराको प्राथमिक स्वास्थ्य केन्द्रमा जेष्ठ २८ गते जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण
अधिकारी, बराहक्षेत्र गाविसका सचिव हिरालाल विक सहित पीडितपक्षबीच छलफलमा बसेपनि छलफलमा केही निष्कर्ष नस्किएपछि अहिले उनीहरुले स्व. दिलकुमारी राई प्रकरण संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
सोही विषयमा मंगलबार उनीहरुले जिल्ला प्रहरी कार्यालय इनरुवामा अवेह र कार्यालय सहयोगीका विरुद्धमा किटानी जाहेरी समेत दिएका छन् । यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण अधिकारीले दोषी भनिएका अनमी र कार्यालय सहयोगीसहित पीडितसंग बसेर छलफल गर्दा छलफल निष्कर्षविहीन भएको बताउनुभयो । उहाले आफूले जिल्ला प्रशासन कार्यालय सुनसरीलाइ जानकारी गराएर एउटा छानबिन समिति गठन गरी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए पनि पीडितपक्षले भने उनीहरुलाई कारबाही गर्नुपर्ने अडानबाट नहटेपछि छलफल अगाडि बढन नसकेको बताउनुभयो । यस विषयमा जिल्ला प्रशासनको कार्यालयको रोवहवरमा एउटा छानबिन समिति गठन गरी तथ्यसत्य सार्वजनिक गर्ने उहाले प्रतिबद्धता जनाउनुभयो ।
