{पुनस्र्थापना केन्द्रद्वारा कृषि तालिम

धरान/ लागु औषध प्रयोगकार्ताहरुको उपचारको लागी धेरै
सरकारी तथा गैर सरकारी संघ सस्थाहरु रहेका छन् । उनिहरुलाई कुलतवा छुटाउन प्राय सबैले काम गरे पनि उनिहरुको
पुनरस्थापनामा भने प्रायले चासो दिएको पाइदैन । धरानमा पछिल्लो समयमा उनिहरुलाई पुनरस्थापनमा सहज होस भन्ने हेतुले सिपमुलक तालिम सुरु गरिएको छ । अन्जानमा लागुऔषधको कुलतमा फसेका युवाहरु उपचारको क्रममा कृषि सम्वन्धी तालिम लिए पछि भने उनीहरुमा उपचार पछि केही गर्ने नया सोच पलाएको छ । उपचार पछि घर फर्किएर कृषि सम्वन्धी केही गर्ने सोचको विकास भएको छ ।
पुर्वी नेपालको धरान उपमहानगरपालिकामा करिव २ दशक अघि स्थापना भएको किरात याक्थुङ चुम्लुङ पुर्नजीवन केन्द्रले हजारौ युवालाई लागुऔषधबाट मुक्त वनाई सकेको छ । लागुऔषध नियन्त्रण र न्युनिकरणको क्षेत्रमा काम गर्दे आएको केन्द्रले लागुऔषध प्रयोगकर्ताहरुको उपचार संगै उनिहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु समेत गर्दे आएको छ । यो क्रममा किरात याक्थुङ चुम्लुङ पुर्नजीवन केन्द्रद्धारा संचालित पुर्नस्थापना केन्द्रमा उपचारका लागि आउने युवाहरुलाई विभिन्न सिपमुलक तालिमहरु पनि दिदै आएको छ । उपचारको क्रममा उनीहरुलाई ड्राईभिङ, कुक, कम्प्युटर, नेतृत्व विकास तालिम दिईसकेको छ । यही क्रममा यसपटक भने केन्द्रले कृषि सम्वन्धी पुर्नस्थापना केन्द्रमा उपचारमा बसेका युवाहरुलाई लक्षित गरेर तालिम दियो । उपचारमा आएका प्रयोगकर्ताहरुलाई सिप मुलक तालिम दिदा उनिहरुलाई समाजमा पुनरस्थापना गर्ने सहज हुने भएकोले यस्ता प्रकारका तालिमहरु सुरु गरिएको किरात याक्थुङ चुम्लुङ पुर्नजीवन केन्द्रका प्रबन्धक विजय लिम्वूको भनाई छ ।
यस्तो जीवन उपयोगी तालिम उपचारमा आएका युवाहरुलाई केन्द्रले प्रदान गरे पछि उपचारमा रहेका युवाहरु समेत निक्कै उत्साहित भएका छन् । दुईदिने कृषि सम्वन्धी तालिमले युवा पुस्ताको जीवनमा नसोचेको परिवर्तन ल्याउन सक्ने किरात याक्थुङ चुम्लुङ पुर्नजीवन केन्द्रका निर्देशक कमल तिगेलाले बताउनुभयो ।
मुलुक बेरोजगारी समस्याले झेलिरहेको त्यस माथि युवाहरु अन्जानमा लागुऔषधको कुलतमा फस्दा अभिभावकलाई निक्कै ठुलो समस्या आईपर्छ । अभिभावकले आफनो सन्तानको भविस्य राम्रो होस र केही गरोस भन्ने उदेश्यका साथ लागुऔषधको लतमा परेका युवाहरुलाई उपचारको लागि पुर्नस्थापना केन्द्र सम्म पुर्‍याउछन् । यसरी उपचारको क्रममा रहेका युवाहरुलाई लक्षित गरेर संचालन गरिएको तालिमहरुले उपचारमा आउने युवाको जीवनमा समेत सकाारत्मक प्रभाव पार्नै हुन्छ । त्यसैले यस्तो तालिम आयोजना गरेर युवाहरुलाई कृषि प्रति आकर्षित गर्नु भनेको उदाहरणिय काम हो । युवाहरु पनि तालिममा उत्साहित भएको तालिमका सहजकर्ता तथा नमुना कृषक कृष्ण राई बताउनुहुन्छ ।
पुर्नस्थापना केन्द्रमा उपचारमा वस्ने युवाहरुलाई केन्द्रित कृषि तालिमले पुर्नस्थापना केन्द्रमा उपचारमा आउने युवाहरुले आफैले पुर्नस्थापना केन्द्रमा ताजा आग्र्यायानिक तरकारी उत्पादन गरेर खाना सकुुन र उपचार पछि घर फर्केर पनि उपचारको क्रममा सिकेको जीवन उपयोगी तालिमलाई व्यावहारमा उतार्न सकुन भन्ने उदेश्य लिइएको छ । दुई दिनको कृषि तालिमले उदेश्य नजिक आफु पुगेको तालिममा सहभागिहरु बताउछन् । यहा सिकेको ज्ञानलाई घर फर्केर व्यावहारमा उतार्ने तालिममा सहभागी सहभागि
नारद लिम्वुले बताउनुभयो ।
दुई दिन सम्म लागुऔषध ाट मुक्त हुन उपचारका लागि आउने युवाहरुलाई कृषि तालिम दिए पछि
उपचारमा आएको युवाहरु निक्कै उत्साहित र कृषि पेसावाट आशावादी भएका छन् ।

तपाईको प्रतिक्रिया