उनीहरु दुबैको उचाइा ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । तर यो जोडीले उचाइ प्रेम र सम्बन्धमा बाधक हुादैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।
ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमश: ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध सुरु भएको रहेछ । त्यसपछि उनीहरुले एमएसएन मेसेन्जरमा च्याट गर्न थालेछन् ।
३० वर्षीय पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउाछन् ।
मन परेपछि पाउलोले होसिनोलाई पर्पोज ठोकिहाले । तर होसिनोलाई मन परेन । उनी पाउलोसाग लभ गर्ने मूडमा थिइनन्, त्यसैले मेसन्जरमा उनलाई ब्लक हानिन् ।
तर १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरिन् र कथाले अर्कै मोड लियो । होसिनोले अनब्लक गरेको केही मिनेटमै फुरुंग हुादै पाउलोले हेलो भनिहाले । दुइ महिनापछि पाउलो १८६ किमी दूरी यात्रा गर्दै लोन्ड्रिनास्थित होसिनोको घर पुगे । ४ दिनसम्मको छलफल पछि त उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सागै बस्न थाले । पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसाग भएका कुराहरु आफ्नोलागि पहिलो अनुभवको रुपमा
रहेका होसिनो बताउाछिन् ।
अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् । आफ्नो सहर इटापेभाको मेयर बन्ने लक्ष्य छ पाउलोको ।
