इटहरी/यतिबेला उत्पात गर्मी छ । गर्मीका कारण कही निस्किसक्नु छैन, घरमा बस्यो लोडसेडिङ्ग, बाहिर निस्कियो शरीरै लपक्कै पसिनाले भिज्छ । त्यसमाथि टन्टलापुर घाम, गर्मीका कारण हरेक मानिसको दैनिक नै लथालिंग भएको छ ।
यस्तो अवस्थामा हरेक मानिस चीसो ठाउाको खोजीमा हुन्छ । चीसो खान लालायित हुन्छ । स्वभावैले मानिस उपयुक्त चिसो ठाउामा बसेर चिसो खाना चाहन्छ । यही वास्तविकतालाई मनन गरेर गोरखा डिपार्टमेन्ट स्टोरले इटहरी, विराटचौक, पथरी, दमकमा गोरखा किचनमार्फत यस्तो सुविधा उपलब्ध गराएको छ । गोरखा डिपार्टमेन्ट स्टोरको किचेन एसी जडित मात्र हैन अत्यन्तै मनमोहन दृश्य अवलोकन गर्न सक्ने किसिमको भएकोले किचेनमा ग्राहकहरुको दिनभरि नै भीडभाड हुने गरेको छ ।
किचेनको सबैभन्दा ठूलो विशेषता भने रु ५० मा स्वादिष्ट खाना र रु ९० मा चिकेन खाना, नेपाली थाली, इन्डियन थाली, चाइनिज थाली समेत हो । एसीको बसाई, रमणीय दृश्यको अवलोकनसागै फिल्टर गरेको मौसम अनुसारको चीसो तातो पानीले डिपार्टमेन्ट स्टोरका
चारवटै किचेनमा स्थानीय मात्र हैन टाढा–टाढाका ग्राहकहरु समेत पुग्ने गरेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्री प्रसाद गौतम भन्नुहुन्छ किचेनको रनिङ्ग हामीले सोचेभन्दा राम्रो छ । ५/६ बर्ष पछि मात्र अहिलेको चल्ति अवस्थामा आउला भन्ने हाम्रो अनुमान र सोच थियो । तर त्यसो भएन, हामीलाई अर्थात गोरखा डिपार्टमेन्ट स्टोरप्रतिको ग्राहकहरुको विश्वासकै कारण हामी प्रारम्भमै राम्रो अवस्थामा पुग्यौं ।
म्यानेजर गौतम भन्नुहुन्छ, दमकको डिपार्टमेन्ट स्टोरको किचेनमा आउने ग्राहकहरु प्राय: स्थानीय नै हुनुहुन्छ । छोटो समयमा स्थानीयले यस प्रकारको असिम मायाा दर्शाउनुलाई सकारात्मक मान्नुपर्छ । बजारमा एक बोतल चिसो पानी किन्नुपर्दा रु २५ पर्छ । तर यहाा चिसोपानी ग्राहकहरुले सित्तैमा पाउनुहुन्छ । किचेनमा सुद्ध चीसो बोतलको पानीको पैसा लाग्दैन । किचेनमा चीसोपानीको पैसा लाग्दैन भने एसीको मज्जा बेग्लै । अक्सर गरेर गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना किचेनहरु सबैभन्दा माथि राखेको छ । इटहरीस्थित रहेको स्टोरको पहिलो शाखामा छैठौ तलामा किचेन
रहेको छ, जहााबाट इटहरीको सम्पूर्ण दृश्वालोकनसागै हाासपोसा, पहाडी दृश्य नियाल्न पाइन्छ । विराटचौक र पथरीमा रहेको दोस्रो र तेस्रो शाखाको चौथो तलाबाट समेत स्थानीय सबै दृश्य नियाल्न सकिन्छ । हाल दमकस्थित यही जेठ ६ गते विहीबारदेखि सञ्चालनमा आएको
स्टोरको किचेन समेत आकर्षक रहेको छ । दमक स्थित किचेनबाट इलामका उत्तरी दृश्य, दक्षिणका दुरदराज सम्मका दृश्य, पूर्वको तोपगाछी, पाडाजुागी, केरखा र पश्चिम उर्लाबारी, मंगलबारे, पथरीसम्मका दृश्य देख्न सकिन्छ । स्टोरका म्यानेजर गौतम भन्नुहुन्छ, हाल दमकमा सबैभन्दा बढी ग्राहकको भीडभाड किचेन र ग्रोसरीमा देखिएको छ । इलेक्ट्रोनिक, किचन वायर, गिÏट आइटम, लत्ताकपडामा समेत ग्राहकहरुको कमी छैन । स्थानीयसागै इलाम, विर्तामोड, पााचथर, ताप्लेजुङ्ग, कााकडभिट्टासम्मका मात्र हैन छिमेकी देश भारतबाट समेत ग्राहकहरु आउन थाल्नु भएको छ ।
स्टोरका सुपरभाइजर खेम खत्री भन्नुहुन्छ गोरखा डिपार्टमेन्ट स्टोरलाई ग्राहकहरुले असाध्यै ठूलो माया गर्नुभएको छ । आइतबार एक बजेसम्मको किचेनको रेकर्ड हेर्दा साधारण खाना पााचसय जनाले खाइसेकेका थिए । चिकेन खाना अर्थात रु ९० को खाना खाने, नेपाली थाली, इन्डियन थाली खानेहरुको हामीले गन्ति गर्न नै भ्याएका छैनौंं, खत्रीले भन्नुभयो । उहााले भन्नुभयो, भारतको विभिन्न ठाउाबाट आएर धुलाबारीमा विदेशी ब्राण्डका सामान किन्नेहरु यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरको दमक शाखामा आउन थालेका छन् । किचेनमा विहान ८ बजेदेखि नै भीडभाड शुरु हुने गरेको किचनेमा कार्यरत भावना विष्ट बताउाछिन् । उनी भन्छिन्, खाना पश्चात सबैभन्दा ज्यादा भेज नन भेज म:म, चाउमिन, बेकरीका आइटम लगायत दुई दर्जन भन्दा बढी अन्य आइटम ग्राहकको रोजाइमा रहेका छन् । सुपर भाइजर खत्रीका अनुसार दमकस्थित गोरखा किचेनमा एकैपटक ४ सय ३० जनाले खाना तथा अन्य परिकारको स्वाद लिन सक्छन् । ग्राउन्ड Ïलोरमा भएको बेकरी आइटम विहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ला रहन्छ । गोरखा डिपार्टमेन्ट स्टोरको आफ्नै उत्पादन गोरखा बेकरी सुद्ध दूध, घिउबाट बनाइएकोले पनि ग्राहकहरुको भीड विहानैदेखि लाग्ने गरेको छ । इटहरी बालग्राम नजिक
रहेको गोरखा डेरी उद्योगबाट दैनिक उत्पादन भएको ५ सय भन्दा बढी लिटर दूध, घ्यु, सबै प्राय: बेकरी, मिठाइलगायतमा प्रयोग हुादै आएको छ खत्रीले भन्नुभयो । उहााका अनुसार चााडै नै बेकरी आइटम दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन गर्ने तयारी भइरहेको छ । दमकबाटै बेकरी आइटम उत्पादन भएपछि बजारमा समेत माग बमोजिमको सप्लाई गर्ने स्टोरको योजना रहेको उहााले सुनाउनुभयो ।
्गर्मीका कपडा र जुत्ता चप्पलमा ग्राहकको आकर्षण्
गोरखा डिपार्टमेन्ट स्टोरमा दैनिक उपभोग्य सामान, किचेनमा ग्राहकहरुको भीडभाडसागै गर्मीका कपडा र जुत्ता चप्पलमा समेत ग्राहकहरुको आकर्षण बढेको छ । स्वदेशी तथा विदेशी व्राण्डका हल्का, आकर्षक र टिकाउ गर्मीका कपडा र जुत्ता रोज्नेहरुको दमकस्थित स्टोरमा मात्र हैन अन्य शाखामा समेत उत्तिकै भीड देखिन्छ ।
ग्राकहरुले आफूलाई चाहिएको सामान खरिद गर्न स्टोरका सेल्समेनलाई मूल्य सोधी रहनु पर्दैन । हरेक सामानको मूल्य ग्राहकलाई सहजै थाहा हुन्छ । मोलमोलाइको झन्झट नहुने, स्वदेशी तथा विदेशी व्राण्डका कपडा र जुत्ता चप्पल फिक्स मूल्यमा प्राप्त हुने भएपछि ग्राहकहरु लोभिनु स्वभाविक हो ।
गोरखामा आएका ग्राहकहरुले कुनै पनि मन परेका सामान बजार मूल्य भन्दा सस्तो पाउनु, बार्गेनिङ्गको कुनै गुन्जायस नहुनुले पनि ग्राहकको आकर्षण गोरखाप्रति बढेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमको बुझाई छ । भर्खर जन्मेका बच्चादेखि वृद्धवृद्धा, युवायुवती सबैका लागि समय सुहाउादा कपडाहरु गोरखा डिपार्टमेन्ट स्टोरमा पाइन्छन् । अझ स्टोरले गर्मीलाई नै मध्यनजर
गरेर फेशनेवल कपडाहरु राखिदिएपछि कपडामा ग्राहकहरु ह्वात्तै बढेका छन् । यस प्रकरका कपडा स्टोरका चारवटै शाखामा उपलब्ध भएपछि आफ्नो सुविधा अनुसार ग्राहक इटहरी, विराटचौक, पथरी, दमकमा आफूखुशी पुग्ने गरेका छन् । जुत्ता चप्पलमा पनि ग्राहकहरु कपडामा जस्तै झुम्मिनेर् गरेका छन् ।
