धरान/ माउन्टेन डिउको २ सय ५० एमएलको बोतलमाअखाद्य बस्तु फेला परेको छ । प्लाष्टिकजस्तो देखिने बस्तु उपभोक्ता संजय लिम्बूले खाने क्रममा भेटिएको हो
अत्यन्तै गर्मीको समयमा चिसो पिउने क्रममा धरान–१० कुमार गुरुङ किराना पसलबाट डिउ खरिद गरी पिउने क्रममा लिम्बूले च्याउ जस्तो
आकारको लेदो भेटेका थिए । उहाले खोल्ने क्रममासमेत ग्यास नआएको र पिउने क्रममाभित्र लेदो देखिएपछि आफूले पसलेलाई जानकारी गराएको
बताउनुभयो ।
गुरुङ किराना पसलकी सञ्चालिका टीका गुरुङले जेठ १६ गते मात्रै आफ्नो पसलमा ती डिउहरु धरान १२ चतरालाइनमा रहेको डिलरमार्फत मगाएको बताउनुभयो । उहाले अहिलेसम्म यस्तो प्रकारको डिउ नभेटिएको तर यो पहिलो पटक भेटिएको बताउनुभयो ।
सो माउन्टेन डिउको बोतलमा उत्पादक बरुण बेबरेज प्रालि कोटेश्वर काठमाडौं उल्लेख गरिएको छ । प्रहरीले फेला परेको लेदोको बोतलसहित अनुसन्धानका लागि लगिएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय
धरानका प्रहरी निरीक्षक रमेश श्रेष्ठले अनुसन्धान गरिने र सम्बन्धित निकायलाई ध्यानकर्षण गराउने जानकारी दिनुभयो ।
माउन्टेन डिउ अन्तर्राष्टिय कम्पनीको उत्पादन हो । गर्मी बढेसागै डिउ पिउनहरुका संख्यामा समेत वृद्धि भएको छ । केर्ही दिन अगाडि घरेलु तथा साना उद्योग कार्यालय इटहरीको अगुवाईमा धरानका १६ वटा पसलमा अनुगमन भयो । उपभोक्ताको हितका लागि बेला बेलामा गरिने अनुगमन भने प्रभाकारी हुन सकेको छैन । खाली अनुगमनको नाममा अनुगमन गरेर झारा टार्ने काम मात्र भएको छ । यसतर्फ सम्बन्धित निकाय र उपभोक्ताहरु सजक हुन आवश्यक भइसकेको छ ।
