धरान/ सुनसरी जिल्लाबाट
राष्ट्रिय तथा अन्तर्राष्टिूय स्तरमा बक्सिङको प्रतिनिधित्व गराउने उद्देश्यले गठित सुनसरी बक्सिङ संघ सुनसरीको अध्यक्षमा विकासकुमार गुभाजु चयन हुनुभएको छ । १३ सदस्यीय कार्यसमिति रहेको सो समितका उपाध्यक्षमा निमा तामाङ, नबिन राजभण्डारी, सचिव राजेन्द्र लिम्बु, कोषाध्यक्षमा तारा शाक्य चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा राजेश गुरुङ, विष्णु तामाङ, बल वहादुर तामाङ, अनुषा गौतम, अनुप ताम्राकार, अमृत लिम्वु, विद्या देवान, प्रेसिका
निरौला रहनुभएको छ । यस्तै, सल्लाहाकारहरुमा नरेन्द्र लिम्बु पोमो, रुपम कुमार लामा, अनुप कुमार लामा, किशोर कुमार लिम्बु, दिपक राई, मान बहादुर वि.क., अनिल श्रेष्ठ, धनप्रसाद राई, नगेन्द्र कुमार चोङवाङ रहनुभएको छ ।
नया कार्यसमितिलाई सोमबार धरान–१० स्थित कबर्ड हलमामा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको थियो । दुई वर्षदेखि निरन्तर रुपमा सक्रिय
रहेको सो संघले हालसम्म ४ जना प्रतियोगिहरुलाई राष्ट्रिय स्तरको प्रतियोगितामा पुर््याउन सफल भएको अध्यक्ष गुभाजुले बताउनुभयो । उहााले खेलकुदको माध्यमबाट नयाँ खेलाडी उत्पादन गर्दै राष्ट्रिय
स्तरको खेलमा प्रतियोगिलाई पुर्याउने गरेको भन्दै बिराज राई, महेश आले मगर, सुलभराज तुलाधार, मिना तामाङलाई राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा पुर््याएको बताउनुभयो । उहाले राष्ट्रिय
स्तरमा पुगेका खेलाडीहरु खाली खेलमात्र नखेली राष्ट्रिय स्तरको मेडल र प्रमाणपत्र समेत प्राप्त गरिसकेको उहाको भनाई छ । सोही अवसरमा गत जेठ २२ गते काठमाडौंमा सम्पन्न नेपाल बक्सिङ संघको चौथो साधारण सभाबाट केन्द्रिय उपाध्यक्षमा पुर्वाञ्चल क्षेत्रिय बक्सिङ संघका अध्यक्ष नरेन्द्र लिम्वु पोमो तथा सुनसरी जिल्ला बक्सिङ संघका निवर्तमान अध्यक्ष देवेन्द्र लिम्वु केन्द्रिय सदस्यमा निर्वाचित भएको भन्दै उहाहरुलाई समेत सुनसरी जिल्ला बक्सिङ संघले स्वागत तथा सम्मान समेत गरेको
थियो ।
