अब बाबुरामको प्रतिस्पर्धी को ? कमल थापा, प्रचण्ड कि केपी ओली ?

० जेठ, काठमाडौं । नयाा शक्ति नेपाल पार्टी घोषणा कार्यक्रम नजिकादै गर्दा राजधानीमा धेरैले प्रश्न गर्थे
(बाबुराम भट्टराईले गरी खालान् ? उनको पार्टी कस्तो र कत्रो होला ?
आइतबार दशरथ रंगशालाबाट औपचारिकरुपमा पार्टी गठन गरिएपछि पनि बाबुराम नेतृत्वको पार्टीमाथि यही प्रश्न बााकी नै छ कि आगामी चुनावमा यो पार्टी कत्रो होला ? राप्रपा नेपाल वा माओवादी केन्ऽ जत्रै कि एमाले (कांग्रेस जत्रो ?
पार्टी घोषणासभामा शुभकामना मन्तव्य दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले १५/२० हजारको संख्यामा कार्यकर्ताहरुको उपस्थिति देखेपछि यो पार्टीले अब एमालेबाहेक अरु दललाई धक्का दिन सक्ने विश्लेषण सुनाए । आफैं एमालेको अध्यक्ष भएकाले ओलीले आफ्नो पार्टीलाई बचाऊ गर्नु स्वाभाविकै थियो । तर, प्रधानमन्त्रीको अभिव्यक्तिले अब नयाा शक्ति पार्टीले राप्रपा नेपाल, एमाओवादी, कांगेस र मधेसी मोर्चालाई धक्का दिने प्रष्ट पारेको छ ।
प्रधानमन्त्री ओलीको विश्लेषणलाई आधार मान्ने हो भने अब बाबुराम नेतृत्वको नयााशक्तिको प्रतिस्पर्धा कांग्रेस र एमालेसाग नै हुनेछ ।
पहिलो दल बन्ने दाबी
प्रधानमन्त्री ओलीले अब नयााशक्तिले एमालेबाहेक अरुलाई धक्का दिने बताए पनि नयााशक्तिका संयोजक डा. भट्टराईले चाहिा आगामी दुई वर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो दल बन्ने दाबी गरे ।
तर, प्रधानमन्त्री ओलीले भनेजस्तो आफूहरुले कसैलाई पनि धक्का नदिने र कुनै दलको पनि विरोधमा लाग्नुभन्दा मिलेर नीति कार्यक्रममा आधारमा अघि बढ्ने सन्तुलित अभिव्यक्ति दिए ।
प्रचण्डलाई जित्ने कि कांग्रेसलाई ?
नयााशक्तिको क्षमता कति होला भन्ने कुराको आाकलन सो पार्टीकै नेता कार्यकर्ताले पनि गर्न सकेका छैनन् । सात महिना अघिबाट गृहकार्य थालेर आइतबारमात्रै घोषणा गरिएको यो पार्टीले कुनै पनि चुनावमा भाग नलिएको हुादा यसको जनमत परीक्षण हुन बााकी छ ।
नयाा शक्ति पार्टीका कार्यकर्ताहरुमा आफ्नो शक्तिबारे दुई खालको मत पाइने गरेको छ । विशेषत: पूर्वमाओवादीहरुले अब प्रचण्ड नेतृत्वको माओवादी केन्ऽभन्दा आफ्नो दल ठूलो हुने दाबी गरेका छन् ।
तर, नयाा शक्तिभित्रको गैरमाओवादी खेमाले भने प्रचण्डको पार्टीलाई इण्डिकेटर बनाउन नहुने भन्दै आगामी चुनावमा कांग्रेस र एमालेलाई जित्ने लक्ष राख्नुपर्ने बताएका छन् । प्रचण्ड र कमल थापाको पार्टीलाई अहिले तत्कालै चुनाव लड्दा पनि जितिने उनीहरुको दाबी छ ।
रंगशालाको दृश्यले के भन्छ ?
निर्वाचनमा प्रतिस्पर्धा गरिनसकेको र भर्खरै जन्मिएको पार्टी भएकाले नयााशक्तिको क्षमता मापन गर्ने प्रमुख आधार आइतबार रंगशालामा देखिएको प्रदर्शनलाई बनाउनुपर्ने हुन्छ । रंगशालाको प्याराफिटबाहेक मैदानमा लगभग भरिएको अवस्थामा रहेको र गेटमा पनि मानिसको सामान्य ‘फ्लो’लाई हेर्दा त्यहाा १५/२० हजार मानिसहरु सहभागी भएको अनुमान गर्न सकिन्छ ।
रंगशालाको प्याराफिट माथिबाट पहरा दिइरहेका एक प्रहरीलाई हामीले सोध्यौं, तपाईको विचारमा यहाा कति मानिसहरु थिए होलान् ? उनले १५ देखि २० हजारसम्म मानिसहरु उपस्थित भएको हुन सक्ने अनुमान लगाए ।
कतिपयले रंगशालामा २५ हजार मानिस अट्न सक्ने बताएका छन् । डा. बाबुराम भट्टराईले चााहि पचास हजार अभियन्ताको उपस्थितिमा पार्टी घोषणा गरिएको र यतिधेरै मानिस एकै ठाउा भेला भएर पार्टी घोषणा गरिएको संसारमा पहिलो घटना भएको बताए ।
रंगशालामा एक लाख मानिस उतार्ने भनिएको थियो । तैपनि १५/२० हजारै सही, त्यति मानिसको उपस्थितिमा पार्टी घोषणा गरिनुलाई उत्साहजनक घटनाक्रम नै मान्न सकिन्छ । यो उपस्थितिलाई लिएर नयााशक्तिका अभियन्ताहरु उत्साही देखिएका छन् भने अन्य प्रतिस्पर्धी दलहरु झस्किएका छन् । बाबुरामको यो शक्ति देखेर सबैभन्दा बढी माओवादी केन्ऽका नेता कार्यकर्ताहरु झस्किएको महसुस गर्न सकिन्छ ।
रंगशालाको उत्साहजनक उपस्थिति र पार्टी सदस्यता लिनेहरुको संख्या देश विदेशमा गरेर एक लाख कटेको अवस्थालाई हेर्दा नयााशक्ति पार्टीलाई अब अन्य प्रतिस्पर्धी दलहरुले मान्यता दिनुपर्ने स्थिति आएको छ ।
र, कमसेकम अब यो पार्टीको भविश्यबारे बहस शुरु भएको छ आइतबारको कार्यक्रमपछि ।
कस्ता मान्छे थिए रंगशालामा ?
नयााशक्तिको पार्टी घोषणासभामा के–कस्ता मानिसहरु आएका छन् भनेर जान्नका लागि हामी कार्यक्रमस्थलमै पुग्यौं । त्यहाा मधेसी प्रौढ महिलाहरुको पनि बाक्लो उपस्थिति देखिन्थ्यो । धोती लगाएका सामान्य किसान परिवार मधेसी र थारुहरु पनि थिए । पहाडका जनजाति र क्षेत्रीबाहुन समुदायको बाहुल्य थियो । उमेर समूहको हिसाबले वृद्ध, प्रौढ, युवा र केही किशोरावस्थाका मानिस पनि थिए ।
ठूलो पार्टीको सभामा उपस्थित हुने मानिसहरुको विभिन्न समुदायजस्तै मिसमासे उपस्थिति देखिन्थ्यो । विभिन्न जिल्लाबाट बस रिजर्भ गरेर ती कार्यकर्ताहरु पार्टी घोषणामा सहभागिता जनाउन आएका थिए ।
विप्लव माओवादीले केही हप्ता अघि खुल्लामञ्चमा गरेको कार्यक्रममा विद्यालय उमेर समूहका विद्यार्थीहरु बढी सहभागी गराइएको थियो तर, नयााशक्तिको कार्यक्रममा त्यस्तो खास उमेर समूह वा खास जातीय समुदायको मात्रै सहभागी थिएन ।
नयााशक्ति घोषणा कार्यक्रममा तेस्रोलिङ्गीहरुको पनि उपस्थिति देखिएको थियो । कार्यक्रमस्थलमा देखिएको बहुआयामिक सहभागिताले रंगशालामा कुनै ठूलै राष्ट्रिय पार्टीको कार्यक्रमको झल्को दिइरहेको प्रतीत हुन्थ्यो ।
मनोवैज्ञानिक धक्का
आइतबारको कार्यक्रमले प्रधानमन्त्री ओलीले भनेजस्तै ‘धक्का’ दिएकै छ । सबैभन्दा बढी ‘धक्का’ शहरको मध्यमवर्गीय तप्कालाई दिएको छ । ‘बाबुरामले गरीखाादैनन’ भन्ने तप्कालाई धक्का दिन उनी मनोवैज्ञानिकरुपमा सफल भएका छन् । अब यसलाई कसरी निरन्तरता दिन्छन् र संस्थागत गर्छन्, त्यो चााहि आगामी दिनले देखाउला ।
यसका साथै माओवादी केन्ऽ र अन्य दलका नेताहरुलाई पनि बाबुरामको शक्ति प्रदर्शनले तरंगित बनाएको छ ।

तपाईको प्रतिक्रिया