अम्बरले सार्वजनिक गर्न नदिएको गीत

अम्बर गुरुङको संगीत र स्वरको यो ’विवादित र ऐतिहासिक’ गीत उनले बााचुन्जेल नेपालमा सार्वजनिक गर्न दिइएन, जबकि उनी दार्जि्लिङ छाडेर नेपाल आउनुमा यो गीतको पनि ठूलो भूमिका थियो।
आफैंले दार्जि्लिङ, खर्साङ, कालिम्पोङ, सिक्किम, मिरिकतिरका गाउागाउामा गाउादै हिाडेको यो गीतलाई नेपालमा एकपटक मात्र गुरुङले गाए, त्यो पनि लामो आग्रह र अनुरोधपछि। ’दुई वटा सर्त राखेर मात्र अम्बर दाइले उक्त गीत गाउनुभयो, पहिलो– त्यो गीत उनी बााचुन्जेल कहीा कतैबाट सार्वजनिक नगर्ने र अर्को– सो गीत गाउादागाउादै बीचमा केही कुरा आफ्नो भन्ने,’ रेडियो सगरमाथाका तत्कालीन निर्देशक रघु मैनाली सम्झन्छन्।
उनका दुवै इच्छा पूरा गरिदिने सर्त मन्जुर भएपछि गुरुङले त्यो गीत एकपटक मात्र गाए, डिल्लीबजारस्थित फ्रान्सेली सांस्कृतिक केन्ऽमा, २०५४ असार ६ गते ।
बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि पश्चिम बंगाल सरकारले नेपाली भाषा र संस्कृतिमाथि निकै तीव्र आक्रमण गर्न थाल्यो। आफ्नो कला, संस्कृति र भाषामा चरम आक्रमणले असह्य भएपछि विऽोहस्वरुप गुरुङले त्यो गीत अगमसिंह गिरीसाग मिलेर लेखे, जसलाई आफ्नै स्वर र संगीतमा ढाल्दै अभियानका रुपमा नेपालीभाषी बस्तीमा गाउादै पनि हिाडे ।
पश्चिम बंगाल सरकारले नेपाली भाषा, कला र संस्कृतिमाथि आक्रमण गर्न थालेपछि नेपालीभाषीहरुले विऽोह गर्न थाले। साहित्यतर्फ इन्ऽबहादुर राई र अगमसिंहहरु अग्रपंक्तिमा रहे भने संगीततर्फ अमृत योन्जन, अम्बर गुरुङ र गोपाल योन्जनहरु सक्रिय रहे ।
त्यतिबेला नै तीव्र रुपमा दार्जि्लिङ आसपासमा दसैं मनाउने, दौरासुरुवाल लगाउने, भानुभक्त आचार्यलाई आदिकवि मान्ने जस्ता जागरण अभियान पनि अभियानका रुपमा नै चलाइएको थियो। त्यही क्रममा ’सुगौली सन्धि…’ बोलको उक्त गीतले जन्म लिएको थियो ।
यो १४–१५ सालतिरको कुरा हो। पश्चिम बंगालले सरकारले नेपालभाषी बस्तीबस्तीमा गाउादै हिाड्ने गुरुङ र
गिरीहरुलाई अवरोध मात्र गर्न खोजेन, उनका कार्यक्रममा नेपालीभाषीलाई उपस्थित नहुनका लागि मनोवैज्ञानिक रुपमा त्रास उत्पन्न गराउने काम पनि सागसागै गर्‍यो ।
गुरुङले आफ्ना नजिकका साग पछिसम्म भन्थे, ’पहिला त मेरा जागरण गीत सुन्न धेरै मान्छे आउाथे, पछि त ती पनि पातलिादै गएा।’ गुरुङका गीत सुन्ने भारत सरकारको निशानामा पर्ने भय उत्पन्न भएपछि सर्वसाधारण पनि अचानक पातलो हुादै गए ।
स्टेज कार्यक्रमहरुमा मात्र गाइएको उक्त गीत त्यो बेलादेखि अम्बरले गाउन छाडे, जुन बेला खर्साङ स्टेसनमा रेकर्ड गरिएको ’नौलाख तारा उदाए…’ भन्ने गुरुङको गीतलाई भारत सरकारले ’राष्ट्रदोही गीत’ भनेर प्रतिवन्ध नै लगाइदियो। त्यसपछि स्टेज कार्यक्रममा मात्र सीमित सुगौली सन्धि… बोलको सो गीत भने कहीा कतै रेकर्ड भएन, तर दार्जि्लिङतिर भने त्यो चर्चित भइसकेको थियो ।
कुनै समय भारत सरकारलाई तर्साएको उक्त गीतलाई पुनर्जीवन दिनका लागि
रेडियो सगरमाथाका तत्कालीन निर्देशक मैनालीसहित वसन्त श्रेष्ठ, आभाष, सुनिल पोखरेलहरुको टोली गुरुङको बसुन्धारास्थित निवासमा पटकपटक पुगे। उक्त गीत रेकर्ड गराउन कयौं अनुरोध गरे तर गुरुङले कहिल्यै पनि त्यसलाई स्वीकार गरेनन्। मेचीपारिका स्टेजहरुमा मात्र गाइएको उक्त गीत रेकर्ड गर्न पनि मानेनन् ।
’यहााको सरकार नै भारतले चलाउाछ, त्यो गीतलाई किन पुनर्जीवन दिनुपर्यो भनेर टारिरहनुभयो,’ मैनाली सम्झन्छन्। एकपटक ०४५ सालको नाकाबन्दीताका पनि उक्त गीत रेकर्ड गर्न अनुरोध गरिएको रहेछ, तर त्यो बेला पनि गुरुङले मानेका रहेनछन ्।
लामो र अनवरत प्रयासपछि गुरुङ उक्त गीत गाउन दुई वटा सर्तसहित २०५४ जेठ अन्तिमतिर बल्ल मन्जुर भए तर रेकर्डिङ स्टुडियोमा गएर रेकर्ड गर्न गरेको अनुरोधलाई उनले ठाडै अस्वीकार गरिदिए ।
र, सो गीत सुन्ने पनि र रेकर्ड पनि गर्ने उद्देश्यसहित फ्रान्सेली केन्ऽ, डिल्लीबजारमा ’सगरमाथा अम्बर सााझ’ भन्ने अलग्गै कार्यक्रम आयोजना गर्नुपरेको मैनाली बताउाछन्। स्टुडियोमा जान नमानेपछि सो गीत स्टेजमा गाएकै बेला रेकर्ड गर्ने उद्देश्य राखियो। केही प्रविधि र प्राविधिकहरु भाडामा लिएर उक्त गीत स्टेजमा गाउादागाउादै रेकर्ड गरियो ।
मेचीपारिका नेपाली बस्तीमा गाइएको उक्त गीत नेपालमा पहिलो पटक त्यहाा बोलाइएका संगीतकार, साहित्यकार, पत्रकार, रंगकर्मीसहित ५० जनाले गुरुङको स्वरबाट सुन्न पाएका थिए ।

तपाईको प्रतिक्रिया