घण्टाघरबाट हेर्दा

छोटी मुहँ बढी बात
हिन्दीमा एउटा उखान छ छोटी मुहा बडी बात । अर्थात हैसियत नभएकाले आफूभन्दा दिग्गज मान्छेको पिाध पखाल्नु । यतिबेला नेप्लीज कााग्रेसकी स्वघोषित नेता माने
विरासतको राजनीति गर्ने जर्मनदेखि नेपाल आएकी सुजाता जोष्ठसाग छोटी मुहा बडी बातको कहावत ठ्याक्कै मिल्न पुगेको छ । उन्ले अस्तिका दिन संसारले नै उत्कृष्ट अर्थविद मानेका डा. रामशरण महतलाई कारबाही गर्नुपर्छ, जेल हाल्नुपर्छ भनेर बोलिन्.् । कुन हैसियतले सुजोले त्यसरी बोलेकी हुन् कुन्नि ? हुन त आकाशतिर थुक्दा आफ्नै मुखमा छिटा भनेझौ महतलाई गाली गर्दा सुजोलाई कस्ले पो राम्रो भन्यो र ? सामाजिक सञ्जालमा उन्लाई अनेकौ पगरी गुथेर गाली गर्नेहरु ह्वार्रह्वार्ती देखिए । अब त सुजोको घौटोमा घाम लायो होला नि । त्यसैले हाम्रा बूढापाकाहरुले त्यसै भनेका होइनन् घााटी हेरेर हाड निल्नुपर्छ ।
दिएछ दनक
यो देशका काइते नेताहरु आफूलाई कतिसम्म शक्तिशाली सम्झन थालेछन् भने अदालतको विरुद्धमा बोल्ने । कहिले यो अदालत भनेको के हो भन्ने, कहिले आÏना भाते संगठनका पदाधिकारीहरुलाई तथानाम थुनुतोमा आएसम्मको फलाकेजस्तै फलाक्ने । न्यायाधीश आफ्नोमा चाकडी गर्न आउनुपर्छ जस्तो गर्ने । स्वतन्त्र अदालतको अस्तित्व नै नामेट पार्न खोजेपछि न्यायाधीशहरुको कन्सिरी नतातिने कुरै भएन । त्यसैले त्यस्ता नेताको थुतुनो नै बन्द गर्ने गरी अस्तिका दिन अदालतले दिएछ दनक । पहिला नै दनक दिनुपथ्र्यो ढिलो पो भएछ । अति गर्नु अत्याचार नगर्नु त्यसै भनेको होइन । अति गरेपछि खति हुन्छ । मापाको भएर अदालतका विरुद्धमा बोलेकैे त्यसरी नबोल्न अदालतले दनक दिएसी’ माउवादीका प्रचण्डाउ र कााग्रेसका नामात्रका शेरबहादुरको यतिबेला अपानवायु बन्द हुन पुगेको छ । खुबै अदालतलाई गाली गरेर स्यााठ पल्टन खोज्या थे खुच्चिङ पर्‍यो ।
गलेछन् विचरा
खप्रओले माउवादी केन्द्रका अध्येक्ष प्रचण्डाउलाई कडै औषधि चडाइदिएछन् कि क्या हो ? हिजो आज त साइसुइा छैन । गोडा पााचेक हप्ता अगाडिसम्म खप्रओको काम कारबाहीबाट आफू सन्तुष्ट नभएको, सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं, आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउाछौ भनेर कस्ता गुड्डी हााकेनन् । नेप्लिज कााग्रेसका सभापति शेरबहादुर देउवासाग चोचोमोसो समेत बढाए । देउवा काजीले पनि प्रचण्डाउलाई प्रधानमन्त्रीमा समर्थन गर्ने भनेर प्वाक्क बालिदिए । त्यसपछि ओलीले के चटाइदिए कुन्नि हिजो आज सफेराले विन बजाएर सर्पलाई आफ्नो बसमा पारेझै ओलीले प्रचण्डाउलाई बसमा पारेका छन् । सरकारको विरुद्धमा चुाइसम्म बोल्दैनन् । हिजोआज त
सरकार परिवर्तनको कुरै गर्दैनन्, विस्तारै भद्र सहभति पनि विर्सदै गएका छन् । भद्र सहमतिको कुरा कसैले नउठाएदिए हुन्थ्यो भन्न थालेका छन् । ओलीको औषधिले विचरा खखर्लापखुर्लुप गलेछन् ।
उडाइदिने रे
हैन हौ यो मुलुकमा जसले जे बोल्दा पनि हुन्छ कि क्या हो हा ? अब
हेरौ न ती उपिद्र जादवलाई । अस्तिका दिन उन्ले अहिलेको संविधान विद्रोह
गरेर उडाइदिने धम्की दिए । संविधानमा मधेशी, आदिवासी, दलित, मुस्लिम कसैका पनि अधिकार सुनिश्चित छैन रे जादवले भन्या । यहाा के चाहिा कुराको सुनिश्चितता छ र ? सबै अनिश्चित छ । अब त्यत्रो खर्च गरेर बनाएको संविधान उडाइदिएसी’ अर्को संविधान बन्नु आकासको फल जस्र्तै हो । कहिले संविधान उडाउन मधेश आन्दोलन, कहिले सिंहदरबार घेराउ, कहिले वाल्वाटार घेराउ, कहिले सडकमा धर्ना, कहिले रत्नर्पाकमा रिले अनसन जस्ता नौटंगी गर्देै आएका जादवको कुरा सरकारमा बस्नेले सुन्दै नसुनेसी’जादव कडा बोल्न थाल्या छन् । जो गजरता है वो वरसता नही भन्ने कुरा खप्रओले
राम्ररी बुझेका छन् । विचरा जादवलाई आन्दोलन गर्दैको हैरानी छ ।
सहमतीय सरकार
नेपाली कााग्रेसका एक गनगने नेता प्रकाशसरण महतलाई सरकारमा जान साह्रै हतारो भएछ कि क्या हो ? उन्ले भनेको सुन्दा घण्टाघरलाई पनि विरत्त लागेर आएको छ । अब हेरौ न महतले अब कााग्रेसको नेतृत्वमा सहमतीय
सरकार बन्छ रे । कताबाट बन्छ होला ? कस्ले पत्याउने ? सत्तामा छउन्ज्याल सााढ भएर हिड्ने अनि सत्ताबाट हटेपछि हारगुहार गरेर त भएन नि । कहिले माउवादीलाई उचालेर हिड्या छ, कहिले मधेशवादी दललाई उचल्या छ, गफ गर्दा आकाश पाताल छेडने गर्‍यो, खालो सार्ने केही छैन । माले, मण्डले र मसालेको एउटै धर्म, जात हो भन्ने कुरा गनगने महतलाई पत्तै रै’नछ । बरु प्यार प्यार बोल्नुको सट्टा चुप्प लागेर कााग्रेस बसेकै ेवेस । कि कसो हौ ?
नयाँको तडकभडक
नयाा भनेपछि जे कुराको पनि तडकभडक हुन्छ । नयाा जोगीले आफूलाई धुरन्धर देखाउन शरीरै भरि खरानी
घस्छ । नयाा जोडीले सामाजिक मर्यादा नै विर्सन्छन् । अर्थात नयाा चिजले केही समय आफ्नो फारफुर देखाउाछ । यतिबेला बाउरामको नयाा शक्ति त्यस्तै देखिएको छ । अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा भनेर पार्टी गठन हुनु अगावै यमानका विज्ञापन गराएर जगतै हासाए । वाफरे वाफ त्यत्रो विज्ञापन गर्ने पैसा बाउरामले कहााबाट ल्याए हा ? पार्टी गठन हुनु अगावै त्यत्रो खर्च गर्ने सर्वहारा वर्गका नेता भनाउने बाउरामकै पछि लाग्नुपर्छ कि क्या हो ? अरु पार्टीको पछि लाग्यो भने सबै कन्जुस छन् । बरु बाउरामकै पछि लाग्यो भने राम्रै कमाइ होला जस्तो देखियो । नेपालका युवाहरु विदेश जाने क्रम अबचाहिा कम होला जस्तो छ ।
एकता
नेपालका पार्टीहरु जुट्नु र फुट्नु कुनै नौलो कुरा हुादै होइन । प्रचण्डाउको पार्टी फुट्दा सिद्धिन लाग्या थ्यो । फेरि उन्ले चोइटिएर गएका गजडी, जड्याहा, भङ्ज्याहा, पापातिहरुलाई सिलोसाङ्लो गरेर एकै ठाउामा जम्मा गरेर ठूलो पार्टी बनाए भनेर गजक्क परेका छन् । अब अहिले यो प्रचण्डाउको रोगले संघीय समाजवादी फोरमका अध्येक्षे उपेन्द्र जादवलाई गााजेको छ कामै नभएका, कसैले नपत्याएकाहरुलाई उनी धमाधम आफ्नो पार्टीमा हुल्दैछन् । अस्तिका दिन लिम्बुवान मुक्ति मोर्चालाई आफनो पार्टीमा हुलेछन् । वीर नेम्बाङ्गलाई धोका दिएर बसेका पदम अधिकारीलाई आफ्नो पार्टीमा हुलेछन् । अनि दुवै पार्टीबीचमा एकता भयो भनेर समाचार ठोक्न लगाएछन् । आखिरी उही समाचार बन्ने त हो । बााकी त उही तल्कुरे कु । कि कसो हौ ?
अन्तेमा
माउवादीको विप्लव समूह यतिबेला राम्रैसाग जाग्न थाल्या छ । सरकारी र अर्धसरकारी कार्यालयहरुको संरक्षण गर्ने विदेशी लगानीका योजनाहरु ध्वस्त बनाउने भन्दै त्यो खै के जाति हो पड्काउन थाल्या छन् । अस्तिका दिन उनेरले विदेशी लगानीमा चलेका एनसेलका चार जिल्लाका टावरहरुमा दह्रैसाग पड्काएछन् । चार जिल्लाका चारवटा एनसेलका टावर उडाएपछि ती जिल्लाका बासिन्दाहरले कही कतै वातचित गर्नै पाएका छ्ैनन् । जे होस् विप्लव माओवादी हिजोकै माओवादीको रुपमा जागा भएछ अब के के हुने भो । सरकार यही हो । कुन दिन विप्लवका कार्जेकर्तालाई पाइपबाटै कारबाहीको व्यवस्था हुन्छ भनेर खप्रओ बोल्न बेर छैन ।न ।

तपाईको प्रतिक्रिया