कांग्रेसमा नयाँ उत्तराधिकारीको उदय, कोइराला परिवार र कांग्रेसमा खैलाबैला

राजधानी/ करिब ७० वर्षदेखि नेपाली राजनीतिमा प्रभाव राख्दै आएको कोइराला परिवारमा तेस्रो पुस्ताका दुई नयाँ पात्र शक्तिशाली बनेका छन् । यीमध्ये वीपी कोइरालाका कान्छा छोरा सशांक कोइराला चाँडै नै कााग्रेसको नेतृत्वमा वंश परम्परा धान्नेगरी स्थापित हुँदैछन् । अर्की पात्र मृदुला कोइराला प्रधानमन्त्री सुशील कोइरालाको नेपथ्यकी सत्ता सञ्चालकका रुपमा उदाएकी
छन् । पछिल्ला यी घटनाक्रमले
कोइराला परिवार र सिंगो कााग्रेसमै खैलाबैला मच्चिएको छ ।
दुई पटक कााग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका र दुई पटक नै संविधानसभा सदस्यमा निर्वाचित भइसकेका वीपीका कान्छा छोरा सशांक कोइरालाले अब कोइराला परिवारको उत्तराधिकारी बन्ने लगभग निश्चित भएको छ । शेखर, सुजाता र सशांकमध्ये कााग्रेसलाई हाँक्नका लागि सशांक नै उपयुक्त देखिएपछि उनलाई चाँडै नै १३ औं महाधिवेशनअघि नै महामन्त्री बनाएर नेतृत्वको अभ्यास गराउने खेल सुरु भएको छ । वीपी कोइरालाको
विरासतसमेत रहेकाले सशांकलाई वंश राजनीतिको मियो बनाउन लागिएको बालुवाटार स्रोतले जानकारी दिएको
छ ।
त्यसो त पाटी सभापति एवम प्रधानमन्त्री सुशील कोइराला पनि शेखर र सुजातालाई भन्दा सशांकलाई नै बढी विश्वास गर्छन् । वीपी जेल परेका बेला सशांकलाई हुर्काउने र रेखदेख गर्ने कामसमेत सुशीलले नै गरेको सम्झने कोइराला परिवारका सदस्यहरु उनको
रोजाइमा सशांक पर्नलाई आश्चर्य मान्दैनन् । सुशीलले यसबीचमा
परिवारमा छलफल गरी आफूबाट
पार नलाग्ने भन्दै सशांकलाई कमाणड सम्हाल्न संकेत गरिसकेका छन् । कार्यकर्ताको भरोसा सशांकप्रति रहेकाले सुशील उनलाई अघि सार्न बाध्य भएको बताइन्छ । महामन्त्री कृष्णा सिटौलालाई हटाएर सशांकलाई ल्याउने विषयमा पनि कााग्रेस वृत्तमा छलफल हुन थालेको छ ।
त्यस्तै प्रधानमन्त्री कोइरालाको किचन क्याबिनेटकी प्रमुख सदस्य मृदुला कोइराला भित्रिएपछि उनको भूमिकालाई लिएर कााग्रेस र कोइराला परिवारमै पनि विभिन्न टिप्पणाी भइरहेका छन् । यद्यपि मृदुला नियत खराब नभएकी महिलाका रुपमा सहकर्मीहरुमाझ चिनिन्छिन् ।

तपाईको प्रतिक्रिया