प्रचण्डलाई गलहत्याएर वैद्यलाई बालुवाटारको निम्तो

अरुणा बराल
उच्चस्तरीय राजनीति समिति गठन गर्ने भनी चारबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका कााग्रेस र एमालेका नेताले प्रचणडलाई ‘बाइपास’ गरेर वैधलाई बालुवाटारको निम्तो पठाएका छन् । काठमाडौं बाहिर रहेका वैध सोमबारमात्रै राजधानी फकँर्दैछन् ।
शनिबार बिहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा कााग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीसँग भएको चारबुँदे सहमति कार्यान्वयन नगर्ने र उच्चस्तरीय
राजनीतिक समिति गठन नगर्ने बताएपछि एमाओवादीले बैठक बहिस्कार गरेको
छ । पौडेलको अभिव्यक्तिले प्रमुख प्रतिपक्षी दललाई भड्काउने काम गरेको छ । प्रचणडलाई भड्काएर प्रधानमन्त्रीले बालुवाटारमा वैधलाई बोलाएका छन् ।
संविधानसभाको दोस्रो निर्वाचनपछि संविधानसभामा सहभागी हुनै नमानेको एमाओवादीलाई फकाउन कााग्रेस र एमालेका नेताहरुले चारबुँदे सहमति
गरेका थिए । सो सहमतिमा उच्च
स्तरीय राजनीतिक समिति गठन गर्ने लगायतका विषय समेटिएका थिए । समितिको नेतृत्व प्रचणडलाई दिने भद्र सहमति भएको एमाओवादीले दाबी गर्दै आएको छ ।
शुक्रवार बालुवाटारमै बसेको कााग्रेस र एमालेको दुई दलीय बैठकले उच्चस्तरीय राजनीतिक समति नबनाउने निर्णाय गरेको शनिबार रामचन्द्र पौडेलले खुलासा गरेपछि एमाओवादी नेताहरु झस्किएका हुन् । यही घटनाका कारणा एमाओवादीसँग सम्वादहीन अवस्था सिर्जना भएको छ ।
तीन दलको बैठक असफल भएपछि सञ्चार माध्यममाप्रतिक्रिया दिने क्रममा कााग्रेस नेता पौडेलले उच्चस्तरीय राजनीतिक समिति संविधान बाहिर हुने भएकाले यसलाई स्वीकार्न नसकिने बताएका छन् ।
उता दुई दलीय र तीन दलीय बैठकहरुमा सहभागी भएका एमाले नेता अग्नी खरेलले पनि सञ्चारमाध्यमलाइर् प्रतिक्रिया दिँदै विपक्षी दलको नेता प्रचणडलाई त्यस्तो संयन्त्रको प्रमुख बनाउन नसकिने बताएका छन् ।
त्यस्तो समिति बनाउने संवैधानिक प्रावधानसमेत नरहेको र प्रचणडले त्यस्तो समितिको प्रमुखमा बसेर राजनेता हुन खोजेको अधिवक्तासमेत रहेका एमाले नेता खरेलको आरोप छ ।
संविधानसभा अन्तरगत राजनीतिक सहमति तथा सम्वाद समितिमा एमाओवादीकै नेता डा. बाबुराम
भट्टराईको नेतृत्व रहेकाले विपक्षी दलले थप दाबी गर्नु जायज नभएको खरेलले तर्क अघि सारेका छन् ।
बैठक बहिस्कार गरेर हिँडेको एमाओवादीले भने उच्चस्तरीय
राजनीतिक समिति नबन्दासम्म कुनै वार्तामा नबस्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया