एमालेको धम्कीप्रति कर्मचारीको आपत्ति

धरान/सत्तारुढ दल नेकपा एमाले धरान नगरसमितिले भाद्र ५ गते नेपाल खानेपानी संस्थान धरानका कार्यालय प्रमुख र कर्मचारीहरुलाई एडिबीको विरोध गरेमा भौतिक कारबाहीसम्मको धम्की दिएको भन्दै कार्यालयका विभिन्न दलसाग आवद्ध कर्मचारी युनियनहरुले त्यसप्रति आपत्ति जनाउादै भत्र्सना गरेका छन् ।
आइतबार उनीहरुले एक विज्ञप्ती प्रकाशित गरी सत्तारुढ दलकै नेकपा एमाले धरान नगर कमिटीले नेपाल खानेपानी संस्थान धरान शाखा कार्यालय परिषरमा गरेको व्यवहारप्रति कर्मचारी युनियनहरुको गम्भीर ध्यानाकर्षणा भएको जनाएको छ । कार्यालयका कर्मचारीहरुले आफ्नो हकहितका लागि ट्रेड युनियनबाट प्राप्त अहिकारलाई बन्देज गर्ने खालका अभिव्यक्ति ‘किन विरोधमा व्यानर टाासेको ?’, कर्मचारीलाई भौतिक कारबाही गर्ने चेतावनी दिनु, कार्यालय प्रमुखको हैसियत के हो भन्ने जस्ता अभिव्यक्ति दिनु एक जिम्मेवार
राजनैतिक दलका प्रतिनिधिको अशोभनीय काम हो, जारी विज्ञप्तीमा भनिएको
छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ, कार्यालयका तर्फबाट उठान नभएका विषय वस्तुको गोयल्सवादी शैलीमा प्रचार गरिनु, त्यस्ता विषयमा कार्यालयका तर्फबाट आफ्नो पक्ष राख्न खोज्दा प्रवक्ता बनेर प्रस्तुत नहुन, कर्मचारीलाई धम्कीको शैलीमा भयभित पार्ने कम गर्नु कुनैपनि दृष्टिले जायज देखिदैन । यस कार्यालयका कुनै पनि कर्मचारीले कुनै पनि किसिमको आयोजनाको विरोध नगरेको तर आफ्नो सुरक्षा र हक अधिकारका कुरामा संवेदनशील हुन सबैबाट आशा राख्दै त्यस्ता क्रियाकलापहरु सम्बन्धित पक्षबाट पुन : नदोहोरिने कार्यालयमा कार्यरत कर्मचारी संगठनहरुले अपेक्षा गरेका छौं, विज्ञप्तीमा भनिएको छ । त्यसरी संयुक्त विज्ञप्ती प्रकाशित गर्नेहरुमा खानेपानी संस्थान कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी परिषद्, नेपाल खानेपानी संस्थान कर्मचारी संघ, नेपाल
राष्ट्रिय कर्मचारी परिषद्, नेपाल खानेपानी संस्थान कर्मचारी संघ, नेपाल राष्ट्रिय स्वतन्त्र कर्मचारी परिषद्, नेपाल खानेपानी संस्थान कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठन नेपाल, धरान शाखा रहेका छन् ।

तपाईको प्रतिक्रिया