दुई पक्षीय संयन्त्रको वैठक सुचारु

नयाा दिल्ली (एजेन्सी)/पछिल्लो केही समय यता अवरुद्ध जस्तै देखिएको नेपाल–भारतबीचको द्विपक्षीय संयन्त्रको वैठकहरु सुचारु हुने भएको छ ।
द्विपक्षीय संयन्त्रका वैठकहरु सुचारु भएसागै दुई देशबीचका सम्बन्धमा देखिएको केही असहजतामा सुधार हुने दुवै देशका उच्च पदस्थ अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
प्राप्त समाचार अनुसार यही जेष्ठ २७ र २८ गते दुई दिन सुरक्षा सम्बन्धी दुई पक्षीय परामर्श समितिको बैठक भारतको राजधानी नयाा दिल्लीमा बस्दै छ । सुरक्षा सम्बन्धी वैठकमा नेपाली सेनालाई आवश्यक पर्ने हातहतियार, तालिम, गोलीगट्ठा लगायत अन्य सैन्य सामाग्री सम्बन्धमा छलफल हुने बताइएको छ । नयाादिल्लीस्थित नेपाली दुतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार चरणवद्ध रुपमा हुने वैठकमा लामो समयदेखि थााति रहेका सबै प्रकारका विषयमा वैठक केन्द्रित हुनेछ ।
सुरक्षा सम्बन्धी द्विपक्षीय परामर्श समितिको वैठकपश्चात ऊर्जा, सीमा विवाद, अन्तर सरकारी समितिको बैठकहरु बस्नेछन् ।
कार्यवाहक राजदुत ढकालका अनुसार सन् १९५० को सन्धी सम्झौता पुनरावलोकन गर्न यस अगाडि बनेको प्रवुद्ध समुहको वैठक समेत बस्ने छ । नेपालमा मधेश आन्दोलनपश्चात पनि ग्याास आपूर्ति सहज नभएको भन्ने कुरामा केन्द्रीत रही नेपालमा ग्याास आपूर्ति समस्या समाधान गर्न दुवै देशका अधिकारीबीचमा छलफल भइरहेको, सिाचाई तथा पानी सम्बन्धी सह–सचिव
स्तरीय वैठक भइसकेको छ । खासगरी मधेश आन्दोलनपश्चात केही असहज देखिएको दुई देशबीचको सम्बन्ध गत फागुनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भएपछि सुध्रिएको थियो । तर नेपालका
राष्ट्रपति विद्यादेवी भण्डारीको यही जेठको पहिलो साता हुने भनिएको भारत भ्रमण एकाएक नेपाल सरकारले भारतीय पक्षलाई थाहै नदिई रद्ध, दिल्लीस्थित नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने काम भएपछि भारतीयपक्ष केही चिढिएको थियो ।
ढिलै भएपनि द्विपक्षीय संयन्त्रका वैठक शुरु भएपछि सम्बन्ध सुधारको रुपमा दुवै देशका अधिकारीहरुले लिएका छन् ।
भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले भने हाम्रो प्रयास सम्बन्ध सुधारमै केन्द्रित
रहने छ । यहाा स्मरणीय कुरा के छ भने २०७१ साल साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउादा लामो समयदेखि थााति रहेका विषयहरु अगाडि बढेका थिए । त्यसबेला पञ्चेश्वर वहुउद्देश्यीय परियोजना तथा ऊर्जा व्यापारको क्षेत्रमा महत्वपूर्ण प्रगति भएको थियो । त्यसबेला २३ बर्ष देखि बस्न नसकेका वैठकहरु पनि शुरु भएका थिए । तर २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएसागै दुईदेशको सम्बन्धमा केही चिसोपना आएको थियो । उता द्विपक्षीय संयन्त्रको बैठक चलिरहेकै अवस्थामा नेपालका परराष्ट्रमन्त्री कमल थापा जेष्ठ २८ गतेदेखि भारतको भ्रमणमा जान लाग्नुले सम्बन्ध सुधारमा थप मद्दत पुग्ने अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया