वैदेशिक रोजगारीमा ठगी धन्दा मौलाउदै

धरान/वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने नाममा धरान लगायत जिल्लाका विभिन्न स्थानका युवाहरु ठगिने क्रम पछिल्लो केही समय यता ह्वात्तै बढेको छ ।
धरान वडा नं. १७ का सन्देश पौडेलले इटहरीस्थित रहेको ओरियन ओभरसिज प्रा.लि.को कोपभाजनमा परेर एक बर्षको समय त्यतिकै खेर फाल्नु परेको गुनासो गरेका छन् । सन्देश पौडेलका पिता केदार पौडेलले उक्त
ओभरसिजका सञ्चालक सोहनकुमार मास्केलाई एक बर्ष अगाडि अर्थात २०७२ असारमा अग्रिम ७५ हजार र पासपोर्ट बुझाएका थिए ।
मास्केले खाडी मुलुक अवुधावीमा काममा पठाइदिन्छु, यसका लागि ४ लाख २० हजार लाग्ने बताएको र पछि चिनेजानेको भएकोले ४ लाखमै पठाइदिन्छु भनेर अग्रिम ७५ हजार र पासपोर्ट लिएको पौडेलले जानकारी दिए । भिसा आउन तीन चार महिना लाग्छ त्यसपछि बााकी
रकम दिने सहमति भएको थियो पौडेलले भने । तीन महिना वित्यो, चार महिना वित्यो, ५ महिना वित्यो भिषा आएन । सञ्चालक मास्केले महिना, १५ दिन, १० दिन, हप्तादिन पर्खन भन्दै गए । हामी पनि आशामा बस्यौं । फोन गर्‍यो कि मोवाइल स्विचअफ हुने, फोन लागेपनि नउठाउने गर्न थाले । सात महिनापछि काठमाण्डौमा मेनपावरमा नाम हालिदिएको छु भने, पछि फेरि काठमाण्डौको मेनपावरमा सरकारले ताला लगाइदिएको छ भने । अति भएपछि अब म छोरा पठाउदिन पैसा र पासपोर्ट फिर्ता चाहियो भने ।
जिल्ला हुलाक कार्यालय सुनसरी धरानमा सामान्य जागिरे समेत रहेका पौडेलले मास्केलाई दिएको ७५ हजार रुपैयाा २ रुपैया ५० पैसा व्याजमा ऋण लिएको र प्रति महिना आफूले व्याज तिर्दै आएको बताए । बारम्बारको तागेता पछि जेठ २३ गते आइतबार मास्केले ७५ हजार सावा मात्र एनआइसी बैंकको चेक काटेर दिए । पासपोर्ट माग्दा काठमाण्डौमा छ फोटोकपी लैजा भनेर मास्केले भनेको उन्ले सुनाए । पछि चर्काचर्की परेपछि टेवलको ड्रबाट पासपोर्ट निकालेर दिएको पौडेलले धरानसाप्ताहिक सागको भटमा बताए । यही कारणले
परिवारमा खटपटी भयो, छोरो रिसाएर हिड्न थाल्यो । पासपोर्ट नभएकै कारण फ्रि भिषामा अन्य देशबाट आएको रोजागरीको अवसर समेत छोराले गुमाएको पौडेलले दु:खेसो गर्नुभयो । यसै सम्बन्धमा बुझ्न ओरियन ओभरसिजका सञ्चालक सोहनकुमार मास्केसाग ९८५२०५४७२२ मा सम्पर्क गर्दा फोन स्वीचअफ थियो भने पछि फोन लाग्दा पनि उठेन ।
यस सम्बन्धमा हामीले कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवन खरेललाई जनताका छोराहरु यसरी दिनदहाडै
ठगिइरहेका छन् । तपाईहरु त्यस्ता
मेनपावरका सम्बन्धका के गर्दै हुनुहुन्छ भन्ने जिज्ञासामा उहााले भन्नुभयो, यस्तो अराजक पवृत्ति हामी रोक्ने गृहकार्यमा लागेका छौं । पीडितहरुसाग पर्याप्त प्रमाण नहुादा हामीलाई केही अप्ठेरो परिरहेको छ । अब हामी यहााका मेनपावर कम्पनीहरुमा छापा मारी छानबिन थाल्छौं । यस सम्बन्धमा सुनसरी प्रहरी प्रमुख पोषराज पोख्रेल भन्नुहुन्छ हामी चााडै नै मनपावर कम्पनीको वैधता, त्यसबाट पीडितहरुको सम्बन्धमा अभियानकै रुपमा कारबाही, छानबिन अगाडि बढाउाछौं । उहााले भन्नुभयो एक हप्ता भित्रैमा हामी अभियान सञ्चालन गछौंं । ठगी गर्ने, बर्षौसम्म विदेश पठाइदिन्छु भनेर रकम र पासपोर्ट लिने तर नपठाउनेहरुलाई हामी कारबाहीको दायरामा ल्याउाछौं । यसका लागि इटहरीका डिएसपीको संयोजकत्वमा एउटा कमिटी बनाएका छौं । उता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारी भन्न ुहुन्छ, पीडित व्यक्ति मसाग आउनुपर्‍यो । पीडित नआए हामीले कसरी थाहा पाउने ? वैदेशिक
रोजगार विभागले समेत सूचना प्रकाशित गरेर ठग्ने, झुलाउनेका सम्बन्धमा जानकारी दिन अपिल जारी गरिसकेको छ । केही दिन यता इटहरी प्रहरीले आठ नौ जनालाई पक्राउ गरी कारबाहीका लागि पठाइसकेको छ, उहााले भन्नुभयो ।

तपाईको प्रतिक्रिया