नेपाल टेलिकम पुरानो हस्पिटलको हविगतमा पुग्दै, , खेलो, फड्को र कमिशनमा राजनैतिक दल धरान मृत सहरतर्फ उन्मुख : लेखाशाखासँगै अन्य शाखा विस्तारै इटहरीमा गाभिदै

धरान/धार्मिक तथा ऐतिहासिक पृष्ठभूमि भएको, पूर्वी पहाडको मुलद्वार धरान विस्तारै मृत सहरतर्फ उन्मुख भएको छ ।
विगतमा धरानमा भएका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरु विराटनगर, इनरुवा, इटहरीतर्फ सरेको दृष्टान्ट कसैबाट छुपेको छैन । पछिल्लो पटक अब नेपाल टेलिकमको लेखा शाखासागै विस्तारै अन्य शाखाहरु
इटहरी टेलिकममा गाभिने भएको छ ।
नेपाल टेलिकम कार्यालय धरान–४ स्थित रहेको पुरानो हस्पिटलको हविगतमा पुग्ने संकेत स्पष्ट भए पनि धरानलाई बदल्ने भाषणवाजी गदै हिड्ने यहााका राजनैतिक दल, पदीय आडमा खेलो फड्को र कमिशनमै निर्लिप्त हुनु धरानका लागि अभिषाप नै मान्नुपर्छ । धरान टेलिकमको लेखा शाखा इटहरीमा गाभ्ने निर्णयका सम्बन्धमा बुझ्न नेपाल टेलिकम धरान शाखाका प्रमुख सञ्जिव घिमिरेसाग सम्पर्क राख्दा उहााले भन्नुभयो म आउनु भन्दा अगावै केन्द्रीय स्तरबाटै यो निर्णय भइसकेको हो । प्रमुख घिमिरे दुई महिना अगाडिमात्र नेपाल टेलिकमको धरान शाखामा आउनु भएको हो ।
हामीलाई प्राप्त समाचार अनुसार नेपाल टेलिकमको केन्द्रीय कार्यालयले पुनसंरचनाको अभियानमा धरानको लेखा शाखा इटहरीमा केन्द्रित गर्न खोजेको
हो । टेलिकमका एक कर्मचारीले दिएको जानकारी अनुसार धरानबाट प्राय: सबै सरकारी कार्यालयहरु उठेर अन्यत्र गइसकेका छन् । धरानमा चहलपहल हुने एउटा कार्यालय नेपाल टेलिकम थियो यसलाई पनि धरासायी बनाउन खोजिदैछ । उनका अनुसार लेखा शाखा उठेर गइसकेपछि धरानमा एउटा कलेक्सन काउन्टर मात्र रहन्छ । जुन अधिकार विहीन हुन्छ । कहीा टेलिफोनको तार चुाडियो, पोल ढल्यो, प्राविधिक गडबडी भयो भने इटहरीबाट बजेट पाएपछि मात्र काम गर्नुपर्ने हुन्छ । कलेक्सन काउन्टरबाहेक केही नरहेपछि, भवन विस्तारै लावारिस, खण्डहर बन्दै जान्छ । विस्तारै धरानको पुरानो हस्पिटलको हविगतमा पुग्छ ।
हरेक दृष्टिले नेपाल टेलिकम धरान शाखा इटहरी भन्दा अगाडि छ । मोवाइल बाहेकको राजस्व संकलन मात्र प्रतिमहिना ७० लाख हुन्छ । ल्याण्डलाइन टेलिफोनका ग्राहकहरु १२ हजार १४ जना छन भने इन्टरनेट प्रयोगकर्ताका लागि ३१ सय लाइन वितरण गरिएको छ । वाइम्याक्स प्रयोगकर्ताहरु समेत धरानमा ठूलो संख्यामा रहेका छन् । यति हुाादा हुादै पनि लेखा शाखा इटहरीमा गाभ्न खोज्नु टेलिकम केन्द्रीय कार्यालयको बदनियत देखिन्छ अर्का एक कर्मचारीले भने । वि.सं. २०१८ सालमा धरानमा टेलिकम स्थापना भएको हो भने इटहरी टेलिकम २०४८ सालमा । ग्राहक संख्या लगायत सबै दृष्टिकोणले धरान टेलिकम अगाडि रहेको छ । बरु इटहरीको लेखा शाखा धरानमा समायोजन हुुनुपर्ने हो । लेखा शाखा नभएपछि
धरान टेलिकमलाई कुनै प्रकारको
खरिद अधिकार हुादैन । इटहरीलाइ नै गुहार्नुपर्छ । एक अर्का कर्मचारी भन्छन् धरानलाई कुनै खरिद आदेश नभएपछि एउटा डट, कुर्सी, सेÏटी बेल्ट किन्न पनि गुहार्नुपर्छ । त्यसमा पनि कमिशन खाने हाकिम पर्‍यो भने स्थिति अझ भयावह हुन्छ । उनी भन्छन्, आÏटर रिष्ट्रक्चरिङ्ग इटहरीमा ४२ जना,
राजविराजमा २१ जना, धनकुटामा २४ जना, इलामा २१ जना,
धरानमा ४० जना कर्मचारी रहन्छन् । धरानमा ४० जना कर्मचारी हुादा पनि लेखा शखा अन्य सार्ने तर यहाा भन्दा कम कर्मचारी भएका राजविराज, धनकुटा, इलाम लगायतका स्थानमाचाहिा लेखा शाखा राख्ने केन्द्रको निर्णय नै त्रटिपूर्ण छ ।
धरान टेलिकमको क्यापासिटी अफ वाइङ्ग अरुको भन्दा धेरै राम्रो छ । यहाा सम्पन्न र सुशिक्षित मानिसको बसोबास भएकोले पनि यसो भएको हो । यसले पानमारा, चतरा, विष्णुपादुका, भेडेटारसम्मको एरिया कभर गर्छ । सरकार अन्धो भएर यो निर्णय गरेको अर्का कर्मचारीको आरोप छ । यदि धरानबाट लेखा शाखा उठेर गयो भने धरान टेलिकमको अवस्था चतरा र पानमाराको जस्तै हुन्छ । यी ठाउामा टेलिकमका कार्यालय छन् तर त्यहााबाट स्थानीयले सेवा सुविधा पाउदैनन्, भवन रित्तै हुन्छ, कर्मचारी हुादैनन् । भोलि धरानको अवस्था पनि समयमै नरोक्ने हो भने त्यस्तै हुन्छ भवन हुन्छ, सेवा सुविधा
धरानेहरुले लिन इटहरीलाई सोध्नुपर्छ ।

तपाईको प्रतिक्रिया