धरान/ आफ्नो पेशामा आवद्ध सबैको परिचयपत्र हुन्छ । तर पछिल्लो समयमा कर्मकाण्ड गर्ने व्राम्हणहरुलाई पनि अब परिचय पत्रको व्यवस्था गरिने भएको छ ।
व्राम्हण समाजले नेपाल अधिराज्यभरि कर्मकाण्ड गर्ने व्राम्हणहरुलाई तालिमको आयोजनासंगै परिचयपत्र प्रदान गर्ने भएको हो । पछिल्लो समयमा पेशा र आम्दानीको रुपमा कर्मकाण्डलाई लिएर जसले पायो त्यसले कर्मकाण्ड गर्ने प्रवृत्तिको विकास भएपछि केही समय अगाडि ब्राम्हण समाज धरानले धरानमा कर्मकाण्ड गर्ने ब्राम्हणहरुलाई पाचदिने तालिमको समेत आयोजना गरेको थियो ।
यसैलाइ लक्षित गरी ब्राम्हण समाज धरानले सही व्राम्हणले कर्मकाण्ड गर्न सकोस् र कर्मकाण्डमा एकरुपता ल्याउन तालिमको समेत आयोजना गरेको आयोजकले जानकारी दिएको छ । समाजको आयोजनामा भएको तालिमको मुख्य उद्देश्य व्राम्हणहरुलाई कर्मकाण्डमा पोख्त बनाउदै परिचयपत्र वितरण गर्नु रहेको ब्राम्हण समाज धरानका अध्यक्ष उद्धव अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समयमा कर्मकाण्डका नाममा विकृति बढ्दै गएकोले यो अभियानलाई अगाडि सारेको उहााको भनाई छ ।
धरानको गीता मन्दिरमा भएको तालिममा ५० जना कर्मकाण्ड गर्ने ब्राम्हणहरु सहभागी रहेका थिए । यो व्राम्हण समाज नेपालले यो अभियान नेपाल अधिराज्यभरि नै चलाउने भएको छ । तालिमको उद्घाटन समारोहमा पं हेमलाल अर्याल, प्राध्यापक गोपीकृष्ण गौतम, प्रा.डा. भरतप्रसाद भट्राई, प्रा.डा. चन्द्रमणि नेपाल, पूर्व प्रनानि लालबहादुर कार्की, पूर्व डिएसपी राजकुमार श्रेष्ठ,
राप्रपा नेपालका नगर अध्यक्ष जुद्ध लोहनी, व्राम्हण समाज सुनसरीका सह सचिव केशव अधिकारी, नेपाल नागरिक समाज सुनसरीका अध्यक्ष प्रेमप्रसाद पौडेल, विजयपुर अध्यात्मिक मञ्च सुनसरीका अध्यक्ष पितरुमल अग्रवाल लगायतको उपस्थिति रहेको थियो । सहभागीहरुलाई
धर्मराज तिम्सिना र रमेश नेपालले प्रशिक्षण दिनुभएको थियो ।
