धरान/ आाइतबार विश्व वातावरण दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइयो । मानिसको अव्यवस्थित बस्ती र मानिसले गरेको फोहोरकै कारण वातावरण विग्रिदै गएको छ । वातावरण दिवसको अवसर झारा टार्ने किसिमले सरसफाइ गर्ने,
वृक्षरोपण गर्ने तर त्यसको संरक्षणमा कसैले ध्यान नदिएको अवस्थामा धरान २० का एक कृषकले भने वातावरण सफा राख्दै आम्दानीमा समेत जोड दिनुभएको छ । उहाले हामीले प्रयोग गर्ने गरेको मिनिरल वाटर लगायत विभिन्न प्लाष्टिकका बोतललाई प्रयोग गरेर थोपे सिाचाइ शुरु गर्नुभएको छ । दैनिक जसो प्रयोगमा आउने प्लाष्टिकको बोटल एक पटक प्रयोग गरी फयाल्नाले बातावरणमा प्रदुषणसंगै हाम्रो घर आगन वरपर फोहर र अव्यावस्थीत देखिन्छ । फालिएका यस्ता प्लाष्टिकका बोटललाई उहाले तरकारीको थोपे सिचाईको लागि प्रयोग गर्नुभएको छ । जसले वातावरणलाई स्वच्छ राख्नुका साथै आम्दानीको स्रोत समेत बनेको छ ।
फालिएका विभिन्न पेय पदार्थका यी बोटलहरुलाई सुनसरी धरान उपमहानगरपालिका २० निवासी कृष्ण राईले आफनो कृर्षि फर्ममा थोपे सिचाईकोलागि प्रयोग गर्नुभएको छ । स्लाईन पानीको बोटलमा प्रयोग गरिने प्लाष्टिकको सानो पाईपबाट तरकारी तथा अन्य बोट विरुवामा थोपा सिचाई गर्ने गर्नुहुन्छ । दैनिक पानी थापेर विरुवामा लगाउनुको साटो उहाले जम्बो प्लाष्टिकको बोटलमा पानी भरेर थोपा थोपा विरुवामा चुहाएर थोपा सिचाई गर्नुभएको छ । यसरी सिचाई गर्दा समयको पनि बचत हुने अनि पानीको पनि बचत हुने बताउनुहुदै उहाा भन्नुहुन्छ ।
प्लाष्टिकका बोटलहरु जाही पायो त्यही फाल्नाले बातावरण नराम्रो हुन्छ । त्यसले गर्दा हामीले प्रयोग गर्ने गरेको यस्ता प्लाष्टिकका बोटलहरु कि त हामीले घरमा जम्मा गरेर फाल्ने गर्दछौ त कहिले जलाउने गर्दछौ । तर १८ बर्ष देखि व्यावसायिक कृषि फर्म खुलेर व्यावसाय गर्दे आउनुभएका कृष्ण राईले भने यस्ता बोटलहरुको सहीरुपमा सदुपयोग गर्नुभएको छ । एउटा बोटलको पानीले दुई दुईवटा गमलामा र विरुवालाई सिचाई हुने उहा बताउनुहुन्छ ।
प्लाष्टिकका यस्ता बोटलहरुलाई व्यावस्थापन गर्न हामीलाई चुनौती
भईरहेको अवस्थामा कृष्ण राईको यो प्रयास नमुना भएको छ । उहाले यही प्रविधि अर्थात प्लाष्टिकको बोटलबाट विरुवामा थोपे सिचाई गर्नुको साथै यसै माध्यमबाट विरुवालाई चाहिने आवश्यक पौष्टिक तत्व पनि लगाउनुहुन्छ । उहाले यो कही कतैबाट सिकेर यस्तो बनाउनुभएको हैन । तर उहाले थोपा सिचाई सम्वन्धी जानकार भएकोले उहा आफैले यो विधि अपनाएको बताउनुहुन्छ ।
कृष्ण राई सुनसरीको मात्रै होईन पुर्वकै नमुना कृषक हुनुहुन्छ । उहाले १८ वर्ष देखि यही कृषि पेशा अंगाल्दै आउनुभएको छ । यो १८ वर्ष सम्मको निरन्तर कृषि कर्मले नयाा नयाा प्रयोगहरु सिकाएको उहाको अनुभव छ । प्लाष्टिकको बोटलवाट गरिने थोपे सिचाईले पानी अभाव भएको ठाउमा समेत मज्जाले यो प्रविधिवाट तरकारी उत्पादन गर्न सकिने उहाको दावी छ । पानी हालीरहनु पर्ने र समयको बचत संगै पानी पनि थोरै मात्रै हुने भएकोले यो प्रविधि सवैलाई सहज हुने छ । विषेश गरी गमलामा फुल रोप्दा लगाईने पानी भन्दा यो प्रविधिले पानी हाल्नु निक्कै राम्रो हुने गर्दछ । त्यो संगै हामीले दैनिक प्रयोग गरेका प्लाष्टिकका बोटलहरुको पनि राम्रो र सही सदुपयोग भई वातावरण समेत स्वच्छ हुन्छ । यस प्रति सबैको चासो जान सके यो प्रविधि निक्कै राम्रो र लोकप्रिय मात्र हैन आम्दानीको स्रोत समेत बन्ने निश्चित छ ।
त्र
