भेडेटारमा खानेपानीको समस्या

धरान/ आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनको केन्द्रविन्दु मानिएको भेडेटारमा पछिल्लो समय खानेपानीको समस्या चुलिदै गएको छ ।
विगतमा बसोबासका हिसावले पानी आपूर्ति गरिए पनि पछिल्लो समयमा पर्यटकीय स्थलको गन्तव्यसंगै व्यवसाय समेत बढ्दै गएपछि खानेपानीको आपूर्ति जनसंख्या अनुरुप हुन नसकेपछि खानेपानीको सस्या चुलिदै गएको हो ।
अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुले जुनसुकै समय पनि भेडेटारका होटलहरु भरिएका हुन्छन् । उनीहरुको मुख्य आयस्रोत नै होटल व्यवसाय हो । तर पछिल्लो समय होटल व्यवसाय बढ्ने क्रम संगै भेडेटारमा पानीको अभाव पनि बढ्न थालेको छ ।
पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक भेडेटारमा दैनिक सयौं पर्यटकहरु पुग्छन, धरानबाट करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटारको प्राकृतिक सौन्दर्यले जो कोहीलाई पनि लोभ्याउछ । बाह्रै मास चिसो मौषम हुनु र छिनछिनमा कुहिरोले छोपिनु भेडेटारको बिशेषता हो । भेडेटारका स्थानियवासीको मुख्य आयस्रोत होटल व्यवसाय नै हो । दैनिक जसो स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । पर्यटकहरुको घुईचो लाग्न थाले पछि भेडेटारमा घरपिच्छे होटलहरु संचालनमा आएका छन् । घरै पिच्छे होटलहरु संचालन हुादा अहिले भेडेटारमा पानीको खडेरी लाग्न थालेको हो । व्यवसाय चल्ने मुख्य समयमा नै पानीको अभाव हुने गरेको होटल व्यवसायीहरु बताउाछन् । उनीहरुका अनुसार वैशाख देखी कार्तिक सम्म पिक समय हो, अहिले भेडेटारमा वैशाख देखिनै पानीको अभाव भएको छ । भौतिक संरचना बढे संगै प्रत्येक घरमा होटलहरु संचालन हुादा पानीको अभाव हुन थालेको होटल एसोसियसन अफ भेडेटारका अध्यक्ष लिला राज लावतीले बताउनुभयो ।
भेडेटारमा प्रति घर दैनिक ३ हजार लिटर पानीको आवश्यकता हुने गर्दछ तर अहिले ५ सय देखि १ हजार लिटर सम्म मात्रै आउने गरेको छ । २०४० साल देखि भेडेटारमा विभिन्न खोलाबाट पानी ल्याई वितरण गर्न थालिएको थियो । अव्यवस्थीत रुपमा वितरण गरिदै आएको खानेपानी २०६८ साल देखि गोर्खा वेलफेयर सोसाइटी धरानले ट्याङकी निर्माण गरिदिए पछि व्यवस्थित हुन थालेको थियो । तत्कालिन समयमा १ सय ५ घर धुरीलाई पानी वितरण गर्ने योजना सहित ट्याङ्की निर्माण भएको थियो । अहिले भेडेटारमा १ सय २५ घरधुरी रहेका छन् भने प्रत्येक घरमा होटल व्यवसाय संचालनमा आएका छन् । गत साल वैशाख १२ गतेको भुकम्पले जरुवा पानीको मुहान
पुरिदिएकाले पनि पानीको अभाव हुन थालेको स्थानियवासीको भनाई छ ।
पानीको अभाव महशुष हुन थाले पनि स्थानियको पहलमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको सहयोगमा खोलाको पानी बोरिङ गरि ल्याउने तयारीमा स्थानिय लागेका छन् । स्थानिय पटपटे खोलाबाट लिफटिङ गरि पानी ल्याउने योजनाका साथ काम अघि बढिसकेको भेडेटार खानेपानी तथा सरसफाई समितीका अध्यक्ष हरि बहादुर लिम्बुले बताउनुभयो ।
सरकारले पर्यटन व्यवसायलाई उद्योगको रुपमा विकाश गर्ने योजना अघि सारेको छ । पर्यटन व्यवसायका नयाा गन्तव्यहरुको खोजि भइरहेको अवश्थामा पुर्वकै मुख्य पर्यटकीय स्थलमा पानीको खडेरी लाग्नु पक्कै पनि सकारात्मक सुचक होइन । यसमा भेडेटारवासी पनि गम्भीर हुन आवश्यक
छ । अनावश्यक रुपमा बढेको होटल व्यवसायलाई व्यवस्थित गर्दै पानीको मुहानको खोजि गरि दिर्घकालीन समाधान तर्फ सचेत हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया