धरान/ झरना बचत तथा ऋण सहकारी संस्था लि. पााचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ ।
धरानमा रहेका १६ व्यापारिक प्रतिष्ठानले भाग लिएको सो प्रतियोगिताको उपाधि होटल व्यवसायी संघ ए ले हासिल गरेको छ ।
धरान १८ बुढासुब्बा फुटसलमा भएको प्रतियोगितामा हार्डवेयर कस्मिेटिक संघलाई होटल व्यवसायीले ३ गोल गोलको विरुद्ध ८ गोल गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै विजयी होटल व्यवसायीले नगद २० हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको हार्डवेयर कस्मेटिक टिमले नगद १० हजार, टूफी र प्रमाणपत्र हात
पारेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी होटल व्यवसायीका तर्फबाट मनोज लिम्बु घोषित भए उनले नगद २ हजार प्राप्त गरे ।
प्रतियोगितामा जिल्ला सहकारी संघका उपाध्यक्ष नरेश इवारम,
झरना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र परालीले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो ।
धरानमा रहेका व्यापारी, व्यवसायी र व्यापारिक प्रतिष्ठानबीच सुमधुर सम्बन्ध राख्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना
गरिएको झरना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र परालीले जानकारी दिनुभयो ।
त्र
