धरान/शनिवार धरानको पुरानो बालिका स्कुलमा पुरुषको तुलनामा महिलाहरुको आहोरदोहोर निक्कै बाक्लो देखिन्थ्यो । उनीहरुको ओहोरदोहोरको प्रमुख कारण थियो बरिष्ठ स्त्री रोग तथा प्रसुति विभाग विशेषज्ञ प्रा.डा. धु्रव उप्रेति नि:शुल्क स्वास्य परीक्षण शिविरमा आउने समाचार ।
स्वास्थ्य परीक्षण शिविर तोकिएकै समयमा सञ्चालन भयो तर प्रा.डा. उप्रति कहाा कतै देखिनु भएन । झण्डै एक घण्टापछि जब उहाा शिविर सञ्चालनमा टुप्लुक्क देखिनुभयो त्यहाा पुगेका महिलाहरुमा बेग्लै खालको खुशी देखियो । स्त्री रोगीहरुका लागि राजधानीबाहिर सबैले विश्वास गर्ने चिकित्सकको रुपमा प्रा.डा. उप्रेतिलाई लिन्छन् । स्वास्थ्य शिविरमा आउनासाथ उहााले भटाभट महिलाहरुको स्वास्थ्य परीक्षण शुरु गर्नुभयो ।
महिला एकता मञ्च नेपाल, धरान २ वडा नागरिक मञ्चको आयोजनामा सौर्य हेल्थकेयर फाउन्डेशन धरान १८ र नेपाल रेडक्रस सोसाइटी विजयपुर उप–शाखाको सहयोगमा सम्पन्न एकदिने स्वास्थ्य शिविरमा ३ सय ३४ जनाको विभिन्न रोगीहरुको स्वास्थ्य शिविर भनिएकोले पछि अन्य परीक्षण नगवराई सुगरमात्र टेष्ट गरी अधिकांश फर्किएका थिए । स्वास्थ्य परीक्षणमा बरिष्ठ स्त्री तथा प्रसुति रोगा विशेषज्ञ प्रा.डा. उप्रेतिका अलवा डेन्टलकी डा. मोनिका अग्रवाल, रेडियो डाइग्नोसिका डा. प्रमोद अग्रवाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. तारा मानन्धर, डा. स्मृति स्पर्शसागै सहयोगी तथा नर्सहरु गंगा राई र महिमा तुलाधार हुनुहुन्थ्यो ।
