गोरखा डिपार्टमेन्ट स्टोरले पूर्वाञ्चलको व्यस्त सहर दमकबाट कारोबार थाल्यो दैनिक सरदर ३० देखि ४० हजार मानिसको भीड : उपभोक्ताको आग्रहमा बन्दको दिन पनि खोलियो

धरान/ग्राहक तथा उपभोक्ताको
नजरमा अत्यन्तै विश्वासनीय ‘ब्राण्ड’ बनेको गोरखा डिपार्टमेन्ट स्टोरले आÏनो कारोबार जेठ ६ गतेदेखि झापाको दमकबाट समेत शरु गरेको छ ।
दमक १० स्थित स्टोरको चौथो शाखाको नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीका पृतनापति उपरथि प्रहलाद थापाले एक भव्य समारोहबीच समुद्घाटन गर्नुभयो । उद्घाटनका दिन झण्डै ६० हजार ग्राहक एवम् उपभोक्ता डिपार्टामेन्ट स्टोर पुगेका थिए । चौथो तलासम्म रहेको आलिसान भवनमा पुगेका उपभोक्ता तथा ग्राहकको भीड राति अवेरसम्म रहेको थियो ।
सो अवसरमा बोल्दै पृतानपति एवम् उपरथि प्रहलाद थापाले आफूले यस प्रकारको डिपार्टमेन्ट स्टोर पहिलोपटक अमेरिकाको नर्थ क्यालिफोर्नियामा देखेको बताउनुभयो । वि.सं. २०४३ सालमा आफू अमेरिका पुग्दा नर्थ क्याफिफोर्नियामा यस्तै आलिसान भवन, अत्यन्तै सफा, पार्किङ्गको समुचित व्यवस्था भएको डिपार्टमेन्ट पहिलो पटक देखेको स्मरण गर्दै आगामी दिनमा गोरखा डिपार्टमेन्ट स्टोरले उपभोक्ताको हितलाई ध्यानमा राखी थप शाखा विस्तार गर्दै जाओस् भन्ने शुभकामना दिनुभयो ।
स्टोरका सञ्चालक बलराम आचार्यले गोरखा डिपार्टमेन्ट स्टोरसाग हाल ४ लाख ५० हजार आइटमका सामाग्री रहको जानकारी दिनुभयो । उहााले ९ सय भन्दा बढी कर्मचारी रहेको र ९० प्रतिशत महिलालाई रोजगारीमा संलग्न गराइएको बताउनुभयो । विगतमा ६ महिनाभन्दा लामो समयसम्म मधेशमा भएको आन्दोलन, सीमा क्षेत्रको धर्नाको बेला समेत गोरखाले पूर्वी नेपालको
बजारलाई उत्ताउलो हुनबाट जोगाएको स्मरण गर्नुभयो । ६ महिना भएको मधेश आन्दोलनका क्रममा उपभोक्ताहरुले एक केजी नुनलाई ५० रुपैयाासम्म तिरेको, अन्य उपभोग्य सामानमासमेत उपभोक्ताले चर्को मूल्य तिर्नु परेको भएपनि गोरखामा पुगेका ग्राहकहरुले सुपथ मूल्यमा नै सामान पाएका थिए । सञ्चालक आचार्यले भन्नुभयो, हामीलाई यहााका सञ्चार माध्यम, प्रहरी प्रशासन सबैले सहयोग पुर्‍याउादै आउनु भएको छ । यद्यपि हामीबाट कुनै प्रकारका गल्ति भएको भए औल्याइदिन र गल्ति सच्याउने मौका दिन आग्रह गदै तीन चार महिना भित्रैमा धरानमा पााचौ शाखाको शुभारम्भ हुने जानकारी दिनुभयो ।
एकैपटक ७ सय मानिसले खाना खान सक्ने, ५ सय क्षमताका दुईवटा सेमिनार हल सहितको किचेन भएको दमकस्थित स्टोरको उद्घाटनमा पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल, दमक उपमहानगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष प्रकाश प्रसाई, पत्रकार मञ्च झापाका अध्यक्ष विष्णु पोख्रेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे लगायतले समेत स्टोरको उन्नतिका लागि शुभकामना दिनुभएको थियो भने पूर्व क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख गौरीशंकर उपाध्याय, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी प्रमुख सुरज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख महेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया