धरान/सानो कुराले पनि ठूलो महत्व राख्छ । त्यसै भनिएको होइन स्माल इज व्युटिफुल । धरान वडा नं ४ का
वीरेन्द्रसिंह थापाले यहााका शैक्षिक क्षेत्रहरुलाई सानो भएपनि योगदान पुगोस् भन्ने हेतुले आफ्ना स्वर्गीय मातापिताको नाममा प्रतिष्ठान गठन गरेर सकारात्मक सन्देश दिनुभएको छ ।
आफ्ना माता पिताप्रति अघात स्नेहलिल थापा स्वयम् अध्यक्ष रहनु भएको सारा थापा स्मृति प्रतिष्ठान अर्थात शान्तिलता राजेन्द्रबहादुर थापा स्मृति प्रतिष्ठानको एक औपचारिक समारोहबीच स्थानीय सिद्धि नेवा: परिषद धरानमा सम्मानित व्यक्ति कृष्णप्रसाद श्रेष्ठ (विए) ले समुद्घाटन गर्नुभयो ।
जीवनका झण्डै ३० बर्ष बैकिङ्ग सेवामा समर्पित रही सेवा निवृत्त हुनुभएका वीरेन्द्रसिंह थापाले आफ्नो बार्षिक पेन्सनबाट आर्जन हुने २ लाख मध्ये १ लाख रुपैया प्रतिष्ठानका माध्यमबाट यहााका शैक्षिक संस्थाहरुमा खर्चने अठोट गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्वान कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो राजेन्द्रबहादुर थापा एउटा कुशल बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्धमा पत्नी वियोगको पीडा झेल्नु भएका थापाले विश्व जगतलाई नै चकित तुल्याउने शान्तिलता शोक खण्डकाव्य
(क्बलतष्बितब बल(भभिनथ)ं अंग्रेजी भाषामा लेख्नुभयो । धनकुटाको मुगामा जन्मि
भारतको बनारसबाट शिक्षा आर्जन गर्नुभएका स्व. थापाले आफनो कर्मथलो धरानलाई बनाउनु भएको थियो ।
स्व.राजेन्दबहादुर थापाद्वारा लेखिएको उक्त शोक खण्डकाव्य संयुक्त राष्ट्रसंघीय पुरस्कार युनेस्कोबाट पुरस्कृत समेत भएको थियो । आज सम्म नेपालका कुनैपनि विद्वान वा साहित्यकारहरुले लेखेको पुस्तक युनेस्कोबाट पुरस्कृत भएका छैनन्, श्रेष्ठले भन्नुभयो । युनेस्को पुरस्कार पाउने पहिलो व्यक्ति नै स्व. राजेन्द्रबहादुर थापा हुनुहुन्थ्यो नेपालमा । उहााले भन्नु भयो हाम्रो पूर्वीय दर्शन र सभ्यता अनुसार छोराले बाबु आमाप्रति गर्ने कर्तव्य श्राद्ध हो । तर सुयोग्य सुपुत्र वीरेन्द्र सिंह थापाले आमा बाबुप्रतिको स्नेहलाई एउटा श्राद्धमा मात्र सीमित राख्नु भएन । हरेक छोरा छोरीले आमाबाबुप्रतिको कर्तव्यलाई यसैगरी निर्वाह गरिदिए सभ्य समाज निर्माण हुने श्रेष्ठको कथन थियो ।
स्व. राजेन्दबहादुर थापाका बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै प्रा. राजविमल श्रेष्ठले भन्नुभयो उमेरमा हामीबीच धेरै अन्तर भएपनि घनिष्ट सम्बन्ध थियो । आग्रेजी भाषामा धारा प्रवाह बोल्नु हुने थापा हरेक क्षेत्रमा दख्खल
राख्नुहुन्थ्यो । आजका सन्तानले आफ्ना बृद्ध बाबु आमालाई बृद्धाश्रम पुर्याउने, अपमान गर्ने सास्कार विस्तारै मौलाउादै गएको अवस्थामा वीरेन्द्रसिंह थापाले आमा बुबाका नाममा प्रतिष्ठान खोलेर यहााका शैक्षिक संस्थाहरुलाई सहयोग पुर्याउने जुन पवित्र कामको शुरुवात गर्नुभएको छ यसबाट सबैले पाठ सिक्न जरुरी छ । यसैरी महेन्द्र वहुमुखी क्याम्पस
धरानका पूर्व क्याम्पस प्रमुख एवम् पूर्व अञ्चलाधीश कुमारबहादुर कार्कीले स्व. राजेन्द्रबहादुर थापा वहुआयामिक व्यक्तित्व भएको बताउनुभयो ।
राजसंस्थाप्रति दृढ आस्थावान स्व. थापा राजनीति, सामाजिक, आर्थिक सबै क्ष्ोत्रमा विचार विमर्श गर्न सक्नुहुन्थ्यो । अग्लो कदको, ठूलो बोली त्यसमाथि पनि मुगाली थापा भएकोले उहाालाई नबुझ्नेहरु सामन्तीको रुपमा हेर्थे । नरिबलको बाहिरी आवरणलाई मात्र बुझ्नेहरु जब उहाालाई राम्ररी बुझ्थे तव नरिवलको भित्री भागको रुपमा स्वीकार्थे, कार्कीले भन्नुभयो ।
सभापतिको आसनबाट बोल्दै प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका वीरेन्द्रसिंह थापाले भन्नुभयो म मेरा बुबा आमालाई आजको दिन बडो भावुक भएर सम्झिदैछु । समारोहमा उपस्थित भएकाहरुप्रति इङ्गित गर्दै उहााले भन्नुभयो–मेरा बुबा आमा प्रति श्रद्धा राखेर आइदिनु भएकोमा म शब्दमा व्याख्खा गर्न सक्दिना । मैले सबैबाट पाएको हौसला कै कारण आज सानो वृक्षारोपण गरेको छु । आगामी दिनमा बाटो देखाइदिनुहोस म सदैव समर्पित रहन्छु । उहाा बोल्दाबोल्दै भावुक बन्नुभयो मलाई यस कार्यका लागि श्रीमति अञ्जु थापाले, परिवारका अन्य सदस्य, आफन्त, शुभेच्छुकहरुले साथ दिएकोले नै प्रतिष्ठान गठन गर्न सफल भएको हुा । ३० बर्षको जागिरको दौरानमा म पोखरा, बाग्लुङ्ग, जनकपुर,
वीरगञ्ज लगायतका दर्जनौ ठाउामा
बसो । तर मेरी श्रीमतिले कहिल्यै मसाग जान्छु भनिनन् । आमा बुबाको सेवा सुश्रुगामा नै उनले आफूलाई समर्पित गरिन थापाले भन्नुभयो ।
सो अवसरमा वीरेन्द्रसिंह थापाले आफ्ना हजुरमुमा र हजुरबुबाका नाममा गठित वेदकुमारी खड्गबहादुर स्मृति पुरस्कार र शान्तिलता राजेन्द्रबहादुर थापा स्मृति पुरुस्कारबाट धरान ४ स्थित
रहेको सरस्वती प्रा.वि.लाई शैक्षिक समाग्री, बद्रीनाथ निमावि धरान १५ लाई खेलकुदको सामाग्री, दीपेन्द्र स्मृति प्रावि धरान १७ लाई नगद रु ५
हजार, सम्यक शिक्षा प्रावि धरान १७ लाई नगद ५ हजार, अनन्त शिक्षा ज्योति प्रावि धरान ११ लाई नगद ५ हजार, सम्यक शिक्षा समूहका छात्रवृत्तितर्फका दुई जनालाई जनही नगद रु २ हजार ५ सय, दृष्टिविहीन विद्यार्थीलाई नगद रु १० हजार बराबरको श्रवणयन्त्र, दृष्टिविहीन मनोज साह र सुस्मिता साहलाई जनही नगद २ हजार प्रदान गरिएको थियो । कार्यक्रमा पूर्व डिआइजी एवम् पर्यटन विकास बोर्डका पूर्व सदस्य रेवतबहादुर थापा, सगरमाथा कलेजका प्राचार्य मोहन श्रेष्ठले पनि बोल्नुभएको थियो भने सञ्चालन विष्णु बरालले गर्नुभएको थियो ।
त्र
