किरात राईहरुको उभौली पर्व

धरान/ किरात राईहरुको महान चाड साकेला पर्व उभौली शनिबारबाट शुरु भएको छ ।
यो चाड नेपालमा किरातीहरुको वाहुल्यता भएको स्थानमा धुमधाम मनाउनुका साथै किराती विदेशमा समेत मनाउने गरिएको छ ।
अन्यत्र जस्तै सुनसरीमा समेत किरात राई यायोख्खा सुनसरीको आयोजनामा साकेला पर्व शुरु भएको छ । १५ दिन सम्म चल्ने यो पर्वको पहिलो दिन शनिबार विहान धरान १४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको
दरबार क्षेत्र विजयपुर गढीमा धरान लगायत सुनसरीका विभिन्न स्थानबाट आएका किरातीहरुले पूजाआजा गरी ढोल झ्याम्टासहित नाचगान गरे । जेठ २२ गते सम्पन्न हुने यो पर्वको समापन भने धरान १७ साकेला साास्कृतिक पार्कमा सम्पन्न हुनेछ ।
‘किरात राईहरुले बजाउने ढोल झ्याम्टाहका तालहरुमा किरात स्वायत्त राज्यको आवाज भेटिनुपर्छ, किरात राईहरुले नाच्ने साकेला सिलीको प्रत्येक चालहरुमा किरात स्वायत्त राज्य देखिनुपर्छ’ भन्ने मूल नाराका साथ यसपटकको उभौली पर्व शुरु भएको छ । किरात राई यायाख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माणपश्चात पनि किरातीहरुको धेरै कुरा संविधानमा उल्लेख नगरिएकोले यो बर्षको साकेला पर्व भने छुटेका कुरालाई सविधानमा उल्लेख गराउन सरकारलाई सांस्कृतिक दबाब दिने उद्देश्यले पनि धुमधामका रुपमा मनाउन लागिएको बताउनुभयो । किरात राईहरुको साकेला पर्वमा नृत्यसागै सिली (अभिनय)को महत्वपूर्ण योगदान रहने गरेको छ । ठाउ र स्थानसागै ७५ वटा सिलीको प्रयोग गरिने भएपनि मुख्य गरेर तीनवटा सिलीलाई किरातीहरुले महत्व दिने गरेका छन् । सिली अर्थात अभिनयमा मानव उत्पत्ति कसरी भयो ?, अन्न बाली रोप्ने र भित्र्याउने गरी तीनवटा सिली सबै राई जातिहरुले प्रयोग गर्ने गरेका छन् । विगतमा आ आफ्नो तरिकाले आ आफ्नो गाउा ठाउामा आ आफ्नै तरिकाले मनाउने साकेला पर्व साकेला सिलीको मौलिकितालाई बचाइराख्न तथा साकेला सिलीको विकास, प्रचार प्रसार र प्रवद्र्धनको लागि २०५७ सालदेखि भने वृषमान राई साकेला सिली प्रतियोगिता शुरु गरेपछि भने यो पर्व सबै किरातीहरु मिलेर सामुहिक रुपमा मनाउन थालिएको किरात राई यायोख्खा सुनसरीका सदस्य उपेन्द्र चाम्लिङ्गले जानकारी दिनुभयो । उहाले त्यसबेलादेखि आफ्नो पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिदै भाविपुस्तासम्म यसको जर्गेना गर्नकै लागि यो पर्व सामुहिकरुपमा मनाउन थालिएको बताउनुभयो ।
शनिवार विधिवत पूजाआजा पछि शुरु भएको साकेला पर्व जेठ ९ गते धरानको भानुचौकमा साकेला नृत्य प्रस्तुत गरिएको थियो भने जेठ १३ गते बराहक्षेत्रको चतरामा, १४ गते इटहरीमा, १८ गते इनरुवामा र १७ गते धरान १७ स्थित साकेला सांस्कृति पार्कमा विभिन्न कार्यक्रमको आयोजनासहित समापन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया